Saturday, December 5, 2020
Home प्रमुख ३ वर्षमा ९० वन्यजन्तु राजमार्ग दुर्घटनामा मरे

३ वर्षमा ९० वन्यजन्तु राजमार्ग दुर्घटनामा मरे

वन्यजन्तुका लागि धराप बन्दै राजमार्ग

बर्दिया । ३ वर्षको अवधीमा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गमा सवारीसाधनको ठक्करबाट ९० वटा वन्यजन्तु मरेको पाइएको छ । जसमा गत आर्थिक वर्ष २०७६/०७७ मा सबै भन्दा बढी वन्यजन्तु राजमार्ग दुर्घटनामा परि मरेका छन् । निकुञ्जको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा ३५ वटा वन्यजन्तु राजमार्ग दुर्घटनामा परेर मरेका छन् ।

यसैगरि आर्थिक वर्ष २०७५/०७६ मा २६ वटा र ०७४/०७५ मा २९ वटा वन्यजन्तु राजमार्ग दुर्घटनामा परि मरेका छन् । मर्ने मध्ये सबैभन्दा बढी मृग प्रजाती रहेको निकुञ्जले जनाएको छ । यसपछि मर्ने वन्यजन्तुमा अधिकाशं बँदेल र बादर रहेको पाइएको छ । ३ वर्षको अवधीमा राजमार्गमा सवारीसाधनको ठक्करबाट एउटा वयस्क पाटेबाघ पनि मरेको छ ।

निकुञ्ज क्षेत्रमा सिँचाईका लागि बनाइएको संरचनामा परेर पनि अधिकाशं वन्यजन्तु मर्ने गरेका छन् । सिँचाईका लागि निमार्ण गरिएको नहरमा खसेर वन्यजन्तु मरेका छन् । गत आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा बढी २१ वटा वन्यजन्तु नहरमा खसेर मरेको निकुञ्जको तथ्याङ्क छ । यसैगरि २०७५/०७६मा १७ वटा र २०७४/०७५ मा ४ गरि ३ वर्षको अवधीमा ४२ वटा वन्यजन्तु सिँचाईको नहरमा खसेर मरेका छन् ।

वन्यजन्तुको महत्व बुझाउनका लागि विभिन्न स्थानमा सचेतनामूलक बोर्ड राखिएको छ । वन्यजन्तु ओहोरदोहर गर्ने संवेदनशिल क्षेत्र संकेत गरिएको छ । गति नियन्त्रणका लागि टाइम कार्ड लागू गरिएको छ । तै पनी चालकले सावधानी नअपउँदा दुर्घटना हुने गरेको छ

३ वर्षको अवधीमा चोरीसिकारका कारण ९ वटा वन्यजन्तु मरेका छन् । जसमा गत आर्थिक वर्ष २०७६/०७७ मा ३ वटा र ०७५/०७६ मा ६ वटा वन्यजन्तु चोरीसिकारका कारण मारिएको निकुञ्ज स्रोतले जनाएको छ । प्राकृतिक कारणले ३ वर्षको अवधीमा ५३ वटा वन्यजन्तु मरेको निकुञ्जको तथ्याङ्क छ ।

यसैगरि ३ वर्षको अवधीमा राजमार्ग दुर्घटना र नहरमा खसेर घाइते भएका १५७ वन्यजन्तुलाई निकुञ्जले उद्धार गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा दुर्घटनामा परेर घाइते भएका सबैभन्दा बढी ७७ वटा वन्यजन्तुलाई निकुञ्जले उद्धार गरेको छ । भने २०७५/०७६ मा ६२ वटा र २०७४/०७५ मा १८ वटा वन्यजन्तुलाई उद्धार गरिएको निकुञ्जले जनाएको छ । उद्धार गरिएका मध्ये मृग प्रजातीका वन्यजन्तु नै धेरै छन् । ३ वर्षको तथ्याङ्क हेर्दा राजमार्ग दुर्घटना र नहरमा खसेर वन्यजन्तु मर्ने क्रम बढ्दो देखिएको छ ।

निकुञ्ज क्षेत्रमा निमार्ण गरिएका पूर्वाधारका संरचना वन्यजन्तु मैत्री नहुनु नै वन्यजन्तु दुर्घटनामा परेर मर्ने प्रमुख कारण भएको निकुञ्जको भनाई छ । निकुञ्ज क्षेत्रमा रहेको राजमार्ग वन्यजन्तु मैत्री छैन । सडक पार गर्ने क्रममा नै वन्यजन्तु सवारीसाधनको चपेटामा परेर दुर्घटनामा पर्ने गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापा बताउँछन् । निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा सवारीसाधन अत्याधिक गतीले चलाउनाले पनि वन्यजन्तु दुर्घटनामा पर्ने गरेको निकुञ्जले जनाएको छ । वन्यजन्तुलाई राजमार्ग क्रस गर्नका लागि अण्डर ब्रिज वा ओभर ब्रिजको आवश्यक्ता पर्छ । तर निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा कतै पनि अण्डर ब्रिज वा ओभर ब्रिज बनाइएको छैन । निकुञ्ज क्षेत्रमा बनाइएका नहरमा तारजाली नलगाएका कारण वन्यजन्तु नहरमा खसेर मर्ने गरेको निकुञ्जले जनाएको छ ।

यो पनि पढ्नुहोस   छिमेकबाट भएका पछिल्ला नेपाल भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री

बाँकेका चिसापानीदेखि हर्रेसम्मको रत्नराजमार्ग निकुञ्ज क्षेत्रमा पर्छ । यसैगरि बर्दियाको रम्मापुरदेखि सैनवार र अम्रेनीदेखि कर्णाली चिसापानीसम्म राजमार्ग निकुञ्ज क्षेत्रमा पर्छ । वन्यजन्तुको सडक दुर्घटना न्यूनिकरण गर्नका लागि विभिन्न प्रयासहरु गरिएको निकुञ्जको भनाई छ । निकुञ् वभिन्न स्थानमा सचेतनामूलक होडिङ्ग र्बोड राखिएको छ ।सवारीसाधनको गति नियन्त्रण गर्नका लागि निकुञ्ज क्षेत्रमा सवारी टाइम कार्ड लागू गरिएको निकुञ्जले जनाएको छ । यसको निगरानी नेपाली सेनाले गर्छ । टाइम कार्डमा निकुञ्ज क्षेत्रमा प्रतिघण्टा ४० किलोमिटरका दरले सवारी चलाउनु पर्ने नियम छ । यो नियम कसैले उलंघन गरेमा जरिवाना तिर्नु पर्ने हुन्छ । तैपनि निकुञ्ज क्षेत्रमा वन्यजन्तु दुर्घटनामा पर्ने क्रम नरोकिएको संरक्षणकर्मी बताउँछन् ।

निकुञ्जका सहकायक संरक्षण अधिकृत अशिम थापा भन्छन्, ‘वन्यजन्तु मैत्री सडक संरचाना नहुँनु र सवारी चालकले निकुञ्ज क्षेत्रमा सावधानी नअपनाउँनु नै वन्यजन्तु सडक दुर्घटना पर्ने मुख्य कारण हो । ’उनी भन्छन्, ‘वन्यजन्तुको महत्व बुझाउनका लागि विभिन्न स्थानमा सचेतनामूलक बोर्ड राखिएको छ । वन्यजन्तु ओहोरदोहर गर्ने संवेदनशिल क्षेत्र संकेत गरिएको छ । गति नियन्त्रणका लागि टाइम कार्ड लागू गरिएको छ । तै पनी चालकले सावधानी नअपउँदा दुर्घटना हुने गरेको हो । ’
पछिल्लो समय निकुञ्ज क्षेत्रमा सवारीको गती जाँच गर्नका लागि स्पिड गन पनि प्रयोग गरेको सहायक संरक्षण अधिकृत थापाले जानकारी दिए । पहिलो चरणमा स्पिड गन अम्रेनी कर्णाली चिसापानी क्षेत्रमा प्रयोग गरेको उनले बताए । आगामी दिनमा अन्य क्षेत्रमा पनि स्पिड गन प्रयोगमा ल्याउने निकुञ्जले तयारी गरेको सहायक संरक्षण अधिकृत थापाले जानकारी दिए ।

(Visited 72 times, 1 visits today)
Loading comments...

आजको समाचार

विदेशमा दुःख, स्वदेशमा ढुक्क

दैलेख । दैलेखको गुराँस गाउँपालिका–५ गैरीगाउँका ३८ वर्षीय गणेश डाँगी पैसा कमाउने सपना देखेर दुबई हानिए । ९ महिनासम्म दुबईको एक कम्पनीमा काम गरेर...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

स्याङ्जा । स्याङ्जाका उद्योगी व्यवसायीले नेपालको एक मात्र नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् । नीजि क्षेत्रको समस्यामा सरकारले देखाएको उदासिनता प्रतिको...

वैदेशिक मुद्रा भण्डारण हालसम्मकै उच्च

काठमाडौं । कोरोना महामारीका कारण मुलुकको आर्थिक गतिविधि कमजोर भएको अवस्थामा वैदेशिक मुद्रा भण्डारण (सञ्चिती) भने वृद्धि भएको छ । राष्ट्र बैंकले वैदेशिक मुद्रा सञ्चिती...

क्यानडाले आफ्ना नागरिकलाई जनावरीदेखी खोप दिने

ओटावा । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टिनले...

साताका लोकप्रिय समाचार

मंसिर १८ गते माङसेबुङमा सार्वजनिक विदा

इलाम । इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेनको जन्मोत्सवमा सार्वजनिक विदा दिएको छ । गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार मंसिर १८ गते धर्मगुरु आत्मानन्दको...

२ प्रतिशत ब्याजमा ५० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

काठमाडौं । नवीनतम ज्ञान, सीप र क्षमता भएको आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई नवप्रवर्तनकारी उद्यम तथा व्यवसाय (स्टार्टअप) सञ्चालनका लागि सुरुवाती पुँजी उपलब्ध गराउन सरकारले...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

अध्यक्ष शेरचन विज्ञापन बोर्डमा नियुक्त

काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक महेन्द्र शेरचन विज्ञापन बोर्डमामा नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शेरचनसहित पाँच जनालाई...

सिंजा राजाको हिउँदे राजधानी पुनर्निर्माणको पर्खाइमा

दैलेख, दुल्लू । जुम्लाका सिंजा राजाको हिउँदे राजधानीका रूपमा चिनिएको दुल्लू दरबार पुनर्निर्माणको पर्खाइमा छ । तत्कालीन द्वन्द्वको समयमा नेकपा माओवादीले बम पड्काएर दरबारलाई ध्वस्त...

ट्रेन्डिङ

तीन महिनाको विपद् : कूल १५५ जनाको मृत्यु, ५२ बेपत्ता

काठमाडौँ । मुलुकभर गत वैशाखयता विपद्जन्य घटनाबाट धेरै मानिसले अकालमा ज्यान गुमाउन पुगेका छन् । मुख्य गरी पहिराका कारण अकल्पनीय क्षति भएको छ । राष्ट्रिय...

नेपालमा ११ देशका कलाकारले देखाए नृत्य

काठमाडौं । कोरोनाको सन्त्रास नेपालमा बढिरहेको बेला एभरेस्ट नेपाल कल्चरल ग्रुपले काठमाडौंलगायतका केही सहरमा १०औं संस्करणको अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला मंगलबार सम्मन्न गरेको छ ।
यो पनि पढ्नुहोस   कोमल ओलीले गरिन् दुई गाउँलाई जोड्ने पुलको शिलान्यास
‘पर्यटक...

लकडाउनमा कास्कीमा चोरी बढ्यो

पोखरा । कास्की जिल्लामा अघिल्लो महिनामा एउटा पनि चोरीको घटना नभएकोमा वैशाखमा ९ वटा चोरीको घटना भएको छ । कोराना भाइरस (कोभिड–१०) संक्रमण रोकथामका...

कोरोनाको उपचारका लागि छैन नीजि अस्पतालसँग तयारी

धनगढी । कैलालीका अधिकाँस नीजि अस्पतालहरुले कोरोना संक्रमितको उपचारका लागि कुनै तयारी गर्न सकेका छैनन् । सर्वोच्चले निजी स्वास्थ्य संस्थालाई...

सप्तरीमा एकैरात तीन पसलमा चोरी

राजविराज । निषेधाज्ञामा मानिसलाई घर बाहिर निस्कन समेत रोक लगाइएको बेला यहाँ तीनवटा पसलमा एकै पटक चोरी भएको छ । राजविराज ७ स्थित शिवमन्दिर...

संविधान संशोधनः कालापानीबाट सैनिक फर्काउन भारतसँग माग

काठमाडौँ । राजनीतिक रुपमा विभिन्न दल तथा विचारमा आबद्ध दल राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा भने एकै स्थानमा उभिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा...

प्रदेश १ को बजेट ४० अर्ब ८९ करोड

मोरङ । आर्थिक वर्ष ०७७/०७८ का लागि प्रदेश नं १ सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला...

महामारी र भोकमरीका जुम्ल्याहा पहाड

पुर्खाले भन्थे, ‘हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु ।’ खेतीपातीको काम पनि सुरु भइसकेको छ । कोरोना महामारीबाट निम्तिन सक्ने खाद्यसंकटको लागि अन्नपातको जोहो...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

राष्ट्रिय गौरवका आयोजनाप्रति प्रधानमन्त्रीको गम्भीर चासो

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावकारी रूपमा सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काममा तीव्रता ल्याउन आफ्ना प्रतिनिधिमार्फत देशव्यापी अनुगमन थालेका छन् ।...

हुम्लामा बिरामी बाेकेकाे जिप दुर्घटना, चारको मृत्यु सात घाइते

हुम्ला ।  हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु...

भर्खरै

‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

स्याङ्जा । स्याङ्जाका उद्योगी व्यवसायीले नेपालको एक मात्र नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् । नीजि क्षेत्रको समस्यामा सरकारले देखाएको उदासिनता प्रतिको...

बीरगञ्जमा नक्कली जग्गा प्रकरण : अग्रवाल पक्राउ

वीरगन्ज । नम्बरी जग्गाको नक्कली कागजात बनाएर ५० करोड मूल्य बराबरको जग्गा रजिष्ट्रेशन गराएको प्रकरणमा वीरगन्जका गिरधारीलाल अग्रवाल पक्राउ परेका छन् । उनलाई पर्सा...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

विदेशमा दुःख, स्वदेशमा ढुक्क

दैलेख । दैलेखको गुराँस गाउँपालिका–५ गैरीगाउँका ३८ वर्षीय गणेश डाँगी पैसा कमाउने सपना देखेर दुबई हानिए । ९ महिनासम्म दुबईको एक कम्पनीमा काम गरेर...

धेरै पढिएका

रौतहटका ८ वटा क्रसर उद्योग बन्द गर्ने प्रशासनको निर्णय

रौतहट । मापदण्ड बिपरित चलेका रौतहटका ८ वटा क्रसर उद्योग बन्द हुनेभएका छन् । मंगलबार क्रसर उद्योगहरुको बिस्तृत अध्ययन तथा अनुगमन समितिको बैठकले मापदण्ड...

जनस्वास्थ्यका न्यूनतम मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिने

काठमाडौं । कोरोना भाइरस संक्रमणले बन्द शैक्षिक संस्था क्रमशः खुल्दै थालेका छन् । जनस्वास्थ्यका न्यूनतम मापदण्ड कार्यान्वयन गर्दै विद्यालय सञ्चालनमा आउन थालेका हुन् । कोरोनाका...

सिंजा राजाको हिउँदे राजधानी पुनर्निर्माणको पर्खाइमा

दैलेख, दुल्लू । जुम्लाका सिंजा राजाको हिउँदे राजधानीका रूपमा चिनिएको दुल्लू दरबार पुनर्निर्माणको पर्खाइमा छ । तत्कालीन द्वन्द्वको समयमा नेकपा माओवादीले बम पड्काएर दरबारलाई ध्वस्त...

२ प्रतिशत ब्याजमा ५० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

काठमाडौं । नवीनतम ज्ञान, सीप र क्षमता भएको आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई नवप्रवर्तनकारी उद्यम तथा व्यवसाय (स्टार्टअप) सञ्चालनका लागि सुरुवाती पुँजी उपलब्ध गराउन सरकारले...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)