यस्ताे छ गायिका नवनीतकाे दसैं गीत

काठमाडौं। लोक गायिका नवनीत आदित्य वाइबाले दशैँको महिमा झल्काउने ‘तिन धाङ तिन धाङ मादल बज्यो’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छिन्।

गायिका नवनीत आदित्य वाइबाको स्वरमा रहेको यस गीतलाई गायिका वाइबाका हजुरबुवा सिंहमान सिंह वाइबाले संगीतवद्द गरेका हुन्। यो गीतको रेकर्डिङ सिलिगुडी र कुटुम्ब स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको हो।

स्वयम् गायिका वाइबा फिचर्ड रहेको भिडियोलाई शिखर क्षेत्रीले छायांकन गरेका हुन् भने सत्य आदित्य वाइबाले सम्पादन गरेका हुन्। भिडियो स्वयम् गायिका वाइबाको अफिसिएल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गायिका नवनीत आदित्य वाइबा , स्वर्गीय बरिस्ठ लोक गायिका हिरा देवी वाइबाकी सुपुत्री हुन् । एयरलाइन्सको जागिर पश्चात हाल उनि आफ्नी आमाकै पेशामा फर्किएकी छिन । आमाकै पुराना गीतहरुलाई उनी र उनका भाइ मिलेर पुन प्रकाशनमा ल्याएर यसघि सन् २०१७ मा “आमालाई श्रदान्जली” नामक एल्वम समेत प्रकाशनमा ळ्याइसकिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बर्दगोरिया अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी