दसैं मान्न दुई लाख यात्रु उपत्यकाबाट बाहिरिए

काठमाडौं । कोरोना संक्रमणका कारण यस वर्ष थोरै मान्छेले मात्रै काठमाडौं छाडे । विभिन्न नाकाहरुबाट उपत्यका छाड्ने यात्रुको संख्या दुई लाखको हाराहारीमा रहेको छ ।

बिगतका वर्षमा दसैं २० देखि २२ लाख काठमाण्डौबाट बाहिरिने गरेकोमा यसपालि थोरै मान्छेले उपत्यका छाडेको यातायात व्यवसायीको भनाई छ ।

निजी गाडी हुनेहरु प्रायजसो गए पनि लामो दुरीका सार्वजनिक गाडी चढेर केही मात्रै गाउँ घर पुगेका छन् । कोरोना महामारीका कारण यसपालिको दशैँमा ३० देखि ३५ प्रतिशत मात्रै गाडी चलेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए । उनले यात्रु नभएकाले सबै सवारी साधन चलाउन नसकिएको जानकारी दिए ।

आइतबार बिहानसम्ममा दुई लाख यात्रुले उपत्यका छाडेको सिटौलाको भनाई छ । गएको २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै २० हजार नौ सय ८२ जना बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ । यो अवधिमा आठ हजार चार सय ९४ यात्रु भने काठमाण्डौ भित्रिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाले रेणुको गुनगान गाए, दाहालले झस्काए