काठमाडौं । पूर्वमन्त्री एवं नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ लाई कोरोना संक्रमण पुष्टि भएको छ । हल्का ज्वरोपछि गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको हो ।
आइतबार बिहान फेसबुकमा स्टाटस राख्दै नेता शर्माले आफूलाई संक्रमण भएको जानकारी दिएका छन् । केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन प्रभाकरले अनुरोध गरेका छन् ।
शर्माका भाइ एवम् नेकपाका युवा नेता अनिल शर्मालाई पनि कोरोना संक्रमण देखिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)