२८५६ नयाँ संक्रमित थपिए, ३३३६ जना संक्रमणमुक्त

काठमाडौं । विगत २४ घन्टामा नेपालमा २ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ३ सय ३६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । १२ हजार ३ सय ११ जनाको पीसीआर टेस्ट गर्दा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन् । संक्रमितमध्ये १ हजार ६७ जना महिला र १ हजार ७ सय ८९ जना पुरुष रहेका छन् ।

प्रदेश १ मा ५ सय ३९, प्रदेश २ मा ५९, बागमति प्रदेशमा १ हजार ८ सय ४९, गण्डकी प्रदेशमा १ सय ७८, लुम्बिनी प्रदेशमा १ सय ४६, कर्णालीमा ९ र सुदूरपश्चिममा ७६ जना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा १ हजार ५ सय ३५ जना संक्रमित थपिएका छन् । त्यसमध्ये ६ सय २९ महिा र ९ सय ६ जना पुरुष रहेका छन् । त्यसमध्ये काठमाडौं उपत्यकाबाट १ हजार २ सय २५, भक्तपुरबाट १ सय ६३ र ललितपुरबाट १ सय ४७ जना नयाँ संक्रमित थपिएका छन् ।

आइतबार संक्रमणबाट थप ५ जनाको निधन भएको छ । आज थप भएको ५ सहित नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४७ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारका एजेन्डा: विकासभन्दा सुशासन प्राथमिकता