चुपचाप बदलियोमा श्रृष्टि र जीवनको रोमान्स

काठमाडौं । दशैँको कोशेली स्वरूप गायक नितिन गजुरेलले आफ्नो नयाँ गजल गीत ‘चुपचाप बदलियो’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गजल गीतमा स्वर , शब्द र संगीत स्वयम् गायक नितिन गजुरेलको रहेको छ। यस गीतलाई भुपेन्द्र रायमाझीले संगीत संयोजन गरेका हुन्।

सन् ८० को दशकको झझल्को म्युजिक भिडियोमा कलाकार श्रृष्टी खड्का र जीवन भट्टराई फिचर्ड छन्। काठमाण्डौको राम मन्दिरमा छायांकन भएको भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने बिष्णु खड्काले सम्पादन गरेका हुन्। जया शर्माको कन्सेप्ट रहेको भिडियोलाई चर्चित भिडियो निर्देशक सुब्रत राज आचार्यको निर्देशन तयार पारिएको हो।

मोफसलमा रहेर नेपाली र मैथली गीत संगीत मार्फत आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक गजुरेलका यसअघि ‘अनुपम रंग’, ‘दिलके डायरी’ , ‘आँखाले हेर्यौ’, ‘झुक्याएरै किन होला’, ‘आकाशका तारा’ लगायत दर्जनौ गीतहरु सार्वजनिक गरिसकेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 271 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
' ठाउँ र अवस्थाअनुसार तालमेल गर्नू'