मर्यादपुरमा प्रतिगामी षड्यन्त्र, नागरिकद्वारा प्रतिकार

गौर। मौलापुर नगरपालिकाको मर्यादपुरमा आयोजित शुभकामना आदानप्रदान प्रदान तथा जनचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

सोमबार नेकपा नेता तथा सांसद प्रभु साहद्वारा आयोजित कार्यक्रमलाई बिथोल्न खोजेकालाई स्थानीयले निस्तेज गरेका हुन् । अभिव्यक्ति स्वतन्त्रतामाथि रोक लगाउन र खुला सभा सम्मेलन गर्न नदिन षडयन्त्र गर्नेहरु राजावादी भुत रहेको भन्दै मर्यादपुरका स्थानीयले प्रतिकार गरेका हुन् । विभिन्न गाउँबाट आएका विभिन्न पार्टीका कार्यकर्ताहरुले कार्यक्रममा अवरोध पुर्याउन प्रयास गरेपनि त्यो सम्भव हुन सकेन ।

पथराबुधराम गाउँ निवासी फोरमका लखिन्द्र यादव, सोनरनिया वडाध्यक्ष राजपाका वसन्त यादव, बैरगनिया गाउँ निवासी नेपाली कांग्रेसका पप्पु यादव र मर्यादपुरकै वडाध्यक्ष नेकपाकै रामप्रवेश यादवले योजनाबद्ध रुपमा कार्यक्रम बिथोल्ने योजना बनाएको एक स्थानीयले बताए । आफुहरुले गरेको गलत काम’bout सांसद प्रभु साह एवम् अन्य नेताहरूले पर्दाफास गर्ने डरले उनीहरूले कार्यक्रम बिथोल्न खोजेको आरोप स्थानीयको छ ।

अभिव्यक्ति स्वतन्त्रतामाथि रोक लगाउने राजावादी सोच बोकेकाहरुलाई निस्तेज गरेर आफुहरुले विजयादशमी मनाएको स्थानीयहरुको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपाको पनि खुल्यो खाता, गोडैतामा यादव र कुशवाहा निर्वाचित