Tuesday, December 1, 2020
Home प्रमुख कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिंह उच्च मावि कक्षा ८ की छात्रा उनलाई प्रदेश २ सरकारले सञ्चालनमा ल्याएको ‘बेटी पढाउ बेटी बँचाउ’ कार्यक्रम अन्तर्गत साईकल दिँदा उनी निकै उत्साहित थिईन् । घरबाट दुई किलोमिटर टाढाको विद्यालय आफ्ना अन्य संगीसितै एक महिनाजति उनले साईकलमै धाईन् । तर करीब एक महिनापछि रोकिएको उनको विद्यालयसम्मको यात्रा अहिले पनि सुचारु बनेको छैन । कोरोनाको संक्रमण फैलिन थालेपछि चैत ११ देखि भएको लकडाउन तथा त्यसपछिको निषेधाज्ञाका कारण बन्द भएको विद्यालय हालसम्म नखुल्दा पाएको नयाँ साईकल अहिले थन्कयाएर राखेकी छिन् उनले । ‘सुरुका केही दिनसम्म त विद्यालय खुल्ला र पढ्न जान पाईएला भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘महिनौं बित्दा पनि नखुलेपछि साईकल थन्क्याएर राखिदिएकी छु ।’

पहिला विद्यालय नियमित चल्दा समयमा तयार भई जाने,घरमा पनि गृहकार्य गर्ने बानी रहेको भएपनि अहिले लामो समयको विद्यालय बन्दका कारण पढाई समेत निरन्तर हुन नसकेको उनको भनाई छ । सुरुका दिन त माथिल्लो कक्षाका पुराना किताब ल्याएर पढ्ने गरेको भएपनि शिक्षक अभावका कारण धेरै कुरा बुझ्न नसकिएको उनको अनुभव छ । यही कारणले पठनपाठन भन्दा पनि घरको कामकाज गर्ने,वस्तुभाउ चराउने तथा आमालाई काममा सघाउनेतिर लागेपछि उनको पढाईको निरन्तरता टुटेको छ ।

विद्यालयमा क्वारेन्टिन

कोरोनाका कारण विद्यालय बन्द रहँदा पठनपाठन बिथोलिनेमा संगीता एक्ली होईनन् । चैत ११देखि बन्द भएका जिल्लाका ५ सय १३ सामुदायिक तथा एक सय ७७ निजी विद्यालयका अधिकांश विद्यार्थीको अवस्था यस्तै बनेको छ । कोरोना संक्रमण बढ्न थालेपछि जिल्लाका सबै विद्यालय बन्द भएका तथा केहीमा क्वारेण्टाईन पनि सञ्चालन गरिएको थियो । हाल विद्यालयलाई क्वारेण्टाईन मुक्त गरिएको भए पनि पठनपाठन सुचारु हुन सकेको छैन ।

कोरोनाको बढ्दो जोखिमका वीच कसरी अघि बढ्ने भन्ने विषयमा सरकारले ठोस योजना नल्याए वालवालिकाको पढाई अझै चौपट बन्ने अभिभावकहरुको भनाई छ

लामो समय विद्यालय बन्दले विद्यार्थीको पढाई बिग्रेको महशुस गरी जिल्लाको खडक नगरपालिकाले करीब दुई साता अघि उक्त नगर क्षेत्र भित्रका विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । तर,संक्रमण बढ्दै गएको समयमा विद्यालय खोल्न नहुने भन्दै अभिभावकहरु नै बिरोधमा उत्रेपछि चार दिन सञ्चालन गरेर विद्यालयहरु बन्द गरिए । उसै पनि विद्यालयमा फर्निचर पर्याप्त नरहेका कारण सामाजिक दूरी कायम गराएर विद्यार्थीलाई राख्न सम्भव नरहेको तथा भिडभाडमा संक्रमणको जोखिम पनि बढ्ने भन्दै नगरपालिका स्तरीय निर्णयबाट विद्यालय खोल्ने निर्णय भए पनि अभिभावक बिरोधमा उत्रेका हुन् ।

१ लाख ३५ हजार विद्यार्थी विद्यालय जान पाएनन्

जिल्ला शिक्षा तथा समन्वय ईकाई सप्तरीका प्रमुख फणिन्द्र खत्रीका अनुसार सामूदायिक तर्फ एक लाख सात सय ६ तथा निजी विद्यालयका ३४ हजार ६ सय २९ गरी कक्षा १ देखि १२सम्म कूल एक लाख ३५ हजार ३ सय ३५ विद्यार्थी सप्तरीमा अध्ययनरत छन् । कोरोना कहरका कारणले ती सबै कुनै न कुनै रुपले प्रभावित रहेको खत्रीको कथन छ । लामो समय बन्द रहेका कारण शैक्षिक क्यालेण्डर पनि प्रभावित हुने अवस्था आईसकेको बताउँदै उनले भने,‘अवस्था यस्तै रहने हो भने तोकिएको समयमा पाठ्यभार पूरा गर्न समेत समस्या हुनेछ ।’ विद्यालय लामो समय बन्द रहेको तथा अवस्था सामान्य कहिले हुने भन्ने निश्चित न रहेका कारण अनलाईन कक्षाको विकल्प दिन सकिन्न र ? भन्ने प्रश्नमा खत्रीको कथन छ,अनलाईन बिधिमा सबैको पहुँचको अवस्था छैन । सबै ठाउँमा ईन्टरनेटको पहुँच पनि नरहेको तथा विपन्नताका कारणले पनि जिल्लाका सबै विद्यार्थीको यसमा पहुँचको अवस्था नरहेको उनले बताए । जिल्लाकै तिलाठी कोईलाडी गाउँपालिकाले लामो समय विद्यालय बन्द रहेका कारण केही समय एफएम मार्फत कक्षा सञ्चालनको उपाय पनि अबलम्बन नगरेको होईन ।

यो पनि पढ्नुहोस   स्वास्थ्यकर्मी आन्दोलनमा, सरकार मौन

स्थानीय सी एफएमसित सम्झौता गरेर गत असारसम्म करीब तीन महिना यस्तो कक्षा सञ्चालन गरेको भए पनि कोरोना संक्रमण बढ्दै गएपछि उत्पन्न विभिन्न कठिनाईका कारण निरन्तरता दिन नसकिएको गाउँपालिका अध्यक्ष सतिषकुमार सिंह बताउँछन् । कुनै समय सबैभन्दा बढी शिक्षितहरुको बसोबास रहेको तिलाठीमा पछि खस्कँदै गएको शैक्षिक स्तर उकास्नका लागि आफूहरुले सकेसम्म प्रयास गरेको बताउँदै उनले भने,समय नै प्रतिकूल बनेको छ तथापि हामी सकेसम्म प्रयासमै छौं । गाउँपालिकाकै बजेटबाट दलित बस्तीका वालवालिकालाई निःशुल्क अभ्यास पुस्तिका वितरणका साथै विद्यालयका बालबालिकामा पढाईप्रति उत्प्रेरणा जगाउनकालागि एसईईमा उत्कृष्ट १० स्थान ल्याउने गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत छात्रछात्रालाई गाउँपालिकाको स्रोतबाटै एक एक थान साईकल र ल्यापटप दिने व्यवस्था समेत मिलाईएको सिंहको कथन छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले मुख्यमन्त्री बेटी पढाउ बेटी बँचाउ कार्यक्रम मार्फत विद्यालयमा वालिकाको आकर्षण बढाउन ल्याएको साईकल वितरणको व्यवस्था सकारात्मक रहेको अवस्थामा गाउँपालिका स्तरबाट पनि आफूहरुले सक्दो प्रयास गरी नै रहेको र यसमा कुनै कसर बाँकी नराखिने उनको दृढोक्ति छ । हामी त सक्दो गरि नै रहेका छौं,उनले भने,समय नै विकराल बनेपछि कसको के लाग्दो रहेछ र ? कोरोनाको बढ्दो जोखिमका वीच कसरी अघि बढ्ने भन्ने विषयमा सरकारले ठोस योजना नल्याए वालवालिकाको पढाई अझै चौपट बन्ने अभिभावकहरुको भनाई छ । कोरोनाको कहर कहिलेसम्म रहन्छ त्यसको यकीन नरहेको बताउँदै तिलाठीका अभिभावक श्यामकान्त मिश्र भन्छन्,बालवालिकाको सुरक्षालाई ध्यानमा राख्दै पठनपाठन कसरी अघि बढाउन सकिन्छ भन्नेमा सोच्न जरुरी भईसकेको छ ।

यस्तै राजविराज ७ निवासी अर्का अभिभावक वालवालिकाको पढाई कसरी अघि बढाउने भन्ने विषयमा अब पनि सोचिएन भने यसले उनीहरुमा अझै बिचलन आउन सक्ने भन्दै चिन्ता व्यक्त गरे । दैनिक सात, आठ घण्टा विद्यालयमा शिक्षकको प्रत्यक्ष निगरानीमा पढ्दै आएका बालवालिकालाई पढाईमा टिकाई राख्न यसरी विद्यालय बन्द गरेर मात्र दायित्व पूरा नहुने भन्दै समयसापेक्ष विकल्प सरकारले नै दिन जरुरी रहेको बताए । तिलाठी कोईलाडी ३ स्थित उग्रकान्त माविका प्रधानाध्यापक उग्रकान्त झाले लामो समयदेखि विद्यालय बन्द रहनाले विद्यार्थीको पढाईबाट रुची हराउन थालेको बताए । गाउँघरमा अभिभावक आफ्नै कामले बेफुर्सद रहने गरेको तथा विद्यालय नगई घर बसेका वालवालिकामा पढाईको चिन्ता हट्दै गएका कारण खेल्न तथा अन्य अबाञ्छित गतिबिधिमा लाग्ने सम्भावना बढेको बताउँदै उनले थपे,कतिपय विद्यार्थी त नशा सेवनको कुलतमा परेको सम्म हामीले जानकारी पाएका छौं । जिल्ला शिक्षा तथा समन्वय इकाई शाखा सप्तरीका प्रमुख खत्रीले जोखिमको यस अवस्थामा कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा जिल्लाका १८ वटै स्थानीय तहका प्रमुख,उपप्रमुख,विद्यालयका प्रधानाध्यापक,नागरिक अगुवा तथा अन्य सरोकारवालासित नियमित छलफल जारी रहेको बताएका छन् । जिल्लाको वस्तुस्थितिका बारेमा केन्द्रलाई नियमित जानकारी गराईएको बताउँदै उनले भने,अहिले पनि शैक्षिक क्यालेण्डर पूर्णरुपमा प्रभावित भईसकेको छैन हामी सरकारको बैकल्पिक योजनाको प्रतीक्षामा छौं ।

(Visited 59 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेकपाको ‘दस्तावेज युद्ध’

मौसम चिसिँदो छ । महामारीको त्रास कायमै छ तर खोपको अनुसन्धान र परीक्षणमा भएको हालसम्मको प्रगतिले आशा जगाएको छ । छिमेकी मुलुकहरू भारत र...

रोल्पाको लाँकुरीको शवस्टेशन चार्ज

रोल्पा । रोल्पाको लाँकुरीमा नेपाल विद्युत प्राधिकरणको ३३÷११ केभी शवस्टेशन चार्ज भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले प्राधिकरणको पूर्ण स्वामित्वमा...

जहाँ विद्यापतिले १२ वर्ष अध्ययन गरे

जनकपुरधाम । मैथिली भाषाका महाकवि विद्यापतिले १२ वर्षसम्म बसेको ठाउँमा सौन्दर्यकरण गर्ने भएको छ । महोत्तरीको बनौली गाउँमा प्रदेश सरकारले १२ करोड रुपैयाँको लागतमा...

सिन्धुपाल्चोकको विपदग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन

सिन्धुपाल्चोक । ३९ जनाको एकै चिहान भएको जुगल गाउँपालिकाको लिदीलगायतका जोखिम बस्तीहरुको भौगर्भिक अध्ययनका लागि पुगेको विज्ञहरुको टोली स्थलगत अध्ययन गरी फर्किएको छ ।...

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

साताका लोकप्रिय समाचार

पहिलो पटक जिल्ला स्तरीय फुटसल, ५० हजार पुरस्कार

सिन्धुपाल्चोक । कोरोना भाइरस कोभीड–१९ को माहामारी बिच बन्द रहेको सिन्धुपाल्चोकको खेल क्षेत्र बिस्तारै चलायमान हुन सुरु भएको छ । बलेफी गाउँपालिकाको सहयोगमा सिन्धुपाल्चोकमा...

व्यवसायी सुधीर बस्नेतको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सहकारीबाट करोडौं रकम ठगेको आरोपमा मुद्दा खेपिरहेका व्यवसायी सुधीर बस्नेतको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको...

ओलीको प्रतिवेदन निकास दिने खालको भएन : प्रभु साह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले केन्द्रिय अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमा पेश गरेको...

अभिलाषालाई स्वर्ण

काठमाडौं । नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले आईटीएफ इस्लामाबाद जुनियर्स यु–१८ प्रतियोगिताको सर्किट १ मा शनिबार स्वर्ण जितेकी छन् । गल्र्स डबल्स फाइनलमा अभिलाषाले...

विप्लवका  नेता खोज्न गाउँगाउँमा प्रहरी

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा नेता कार्यकर्तालक्षित निगरानी बढाउँदै गाउँगाउँमा सुरक्षा गस्ती बढाएको छ । प्रतिबन्धित दलका नेता खोज्न र सो समूहबाट हुने...

ट्रेन्डिङ

बलिउडमा नातावाद भएको आमिरको कथन

मुम्बई । तीन वर्षअघि आफूले दिएको अन्तर्वार्ता भाइरल भएपछि बलिउडमा अभिनेता आमिर खानले पुरानै भनाइलाई समर्थन जनाएका छन् ।
यो पनि पढ्नुहोस   नेकपा सचिवालय बैठक आज : दुवै प्रस्तावलाई एकरूपता दिलाउने प्रयाश
आमिरले तीन वर्षअघि एक टेलिभिजन अन्तर्वार्ताका...

आजबाट देशै ‘लकडाउन’

काठमाडौं । कोरोना संक्रमण (कोभिड १९) पोजेटिभ बिरामी फेला परेलगत्तै सरकारले मंगलबार (आज)देखि लागू हुने गरी एक साता अर्थात् १८ चैतसम्मका लागि...

४ लाख घुससहित गौतमबुद्ध विमानस्थलका कर्मचारी पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु चार लाख घुससहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका सहयोगी विश्वनाथप्रसाद लोध र स्थानीय महेन्द्रप्रसाद यादवलाई पक्राउ गरेको छ...

सिरहामा एक कोरोना संक्रमितको मृत्यु

सिरहा । सिरहामा कोरोना भाइरस संक्रमित भएर उपचाररत एक जनाको आज (शुक्रबार) मृत्यु भएको छ । आज विहान करिब ११ बजे लहान नगरपालिका-९ खुट्टीपारी...

विदेशबाट नेपाली ल्याउन शुरु, म्यान्माबाट २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया शुरु गरेको छ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने...

मोटरसाइकल चोरी गर्ने गिरोह २४ घण्टामा पक्राउ

बारा । मोटरसाइकल चोरी गर्ने गिरोहलाई २४ घण्टा भित्र नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको छ । चोरी भएको मोटरसाइकल धनीले दिएको सुचनाको अधारमा...

आमाबुबाको हत्यापछि ७ महिने छोरीको बिचल्ली

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११, कलुवापुरमा ५० वर्षीय जयलाल भण्डारी र उनकी पत्नी २२ वर्षीय धनादेवीको धारिलो हतियार प्रयोग गरेर हत्या...

जनप्रिय मावि विजयी

मोरङ । विराटनगरमा जारी २१ वर्षमुनिको अन्तरकलेज लिगकम नकआउट फुटबल प्रतियोगिताको शनिबारको खेलमा जनप्रिय माध्यमिक विद्यालय विजयी भएको छ । विराट बुद्ध स्पोर्टस् क्लबको...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

महासचिवलाई केक खुवाएर सुरु भएको थियो नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको...

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

भर्खरै

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च

जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर...

फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन

बर्लिन । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने...

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

पैसा नदिए फेशबुकबाट अश्लिल तस्विर सार्वजनिक गरिदिन्छु भन्दै धम्कि दिने पक्राउ

काठमाडौं । फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी सितापुर...

धेरै पढिएका

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न १ः०० बजेदेखि बैठक शुरु भएको हो । बैठकमा...

त्रिशूलीमा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला

चितवन । इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका...

मकवानपुरमा दुई शव फेला

मकवानपुर । इन्द्रसरोवर गाउँपालिका– ३ पापीखोल्सामा आज बिहान एक शव फेला परेको छ । उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव...

अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन

काठमाडौं । उद्योगबाट प्रशोधित भएर उपभोक्ताको घरमा पुग्ने अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन हुने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)