भारतीय सेनाध्यक्ष नरवणे कार्तिक १९ गते नेपाल आउने

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल एमएम नरवणेले कार्तिक १९ गते नेपाल भ्रमण गर्ने भएका छन् । नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानसेनापति महारथि पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष नरवाणे कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलका साथ नेपाल आउँदै छन् ।

सेनाध्यक्ष नरवणेको तीन दिवसीय भ्रमणका बेला सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्षी महारथी थापासँग छलफललगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

नेपाली र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथि दर्जा प्रदान गर्ने छन् ।

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा गीरेन्द्रबहादुर राई बिजयी