दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकाले प्राकृतिक, धार्मिक र पुरातात्विक महत्व बोकेको ३४ स्थानको पहिचान गरी चैत्य, मठमन्दिर र गुम्बा निर्माण गरेको छ । भ्रमण बर्षलाई मध्येनजर गदै समुहिक रुपमा अवलोकन गरी गाउँपालिकाका आठै वडामा चैत्य,मठ मन्दिर निर्माण गरेको छ ।
बिभिन्न जातजातिको बसोबासलाई हेरी चैत्य,मठ मन्दिर र गुम्बा कुन बनाउने हो यसको पहिचान गर्दै निमार्ण गरेको छ । ७० प्रतिशत सम्पन्न भएको अन्य निमार्ण कार्य धमाधम भईरहेको छ । गतबर्ष ७० लाख र यस आब ४१ लाख बजेट गाउँपालिकाले बिनियोजन गरेकोमा काम तिब्ररुपमा अगाडि बढेको गाउँपालिकाका उपाध्यक्ष रबिचन्द्र आचार्यले बताए ।
पुरातात्वीक रुपमा बैत्यश्वर मन्दिरको निमार्ण गरेको छ । यही मन्दिरको नामबाट गाउँपालिकाको नामकरण समेत भएको छ । दोलखा सदरमुकाम चरिकोटबाट करिब २७ कलिोमिटरको दुरी पर्ने यो मन्दिरमा पर्यटकहरुको भिड लागेको छ ।
बैत्यश्वरको एकपट दर्शन गरेर मात्र पनि आँटेको काम पुरा हुने, निसन्तानलाई सन्तान दिने पूर्णरुपमा बिश्वास रही आएकोछ । यिनै कारण छिमेकी जिल्ला रामेछाप, सोलुखुम्बु, सिन्धुलाल्चोक, सिन्धुलीबाट दर्शनार्थीहरुको भीडलाग्ने गरेको छ ।