तुलसीपुर । दाङमा ३ लाख भन्दा बढी नगद सहित पाँच जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका छन् । उनिहरुलाई घोराही उपमहानगरपालिका वडा नम्वर १८ नवलपुर स्थित बसन्ता रावतको घरमा जुवा खेलिरहे अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट प्रहरीले ३ लाख २३ हजार ६० रुपैया नगद र तासका गड्डीहरु बरामद गरेको छ ।
पक्राउ पर्नेहरुमा घोराही १० बस्ने २६ बर्षीय अनिल कुमार थापा, सोहि ठाउँका २५ बर्षीय केशब डाँगी, २६ बर्षीय कमल रावत , घोराही– १५ का २७ बर्षीय बसन्त भण्डारी र घोराही १८ बस्ने ३६ बर्षीय धर्म ज्ञवाली रहेको प्रहरी उपरीक्षक चन्दले जानकारी दिए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)