Friday, June 18, 2021
Home Exclusive जीटुजीमार्फत मल खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव

जीटुजीमार्फत मल खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव

बंगलादेशले पैँचोमा मल नदिने भएपछि

,

काठमाडौं । बंगलादेशले पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन रासायनिक मल नदिने भएपछि जीटुजीमार्फत मल खरिदका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको छ । बंगलादेशले पैँचोमा मल नदिने पक्का भएपछि सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजीमार्फत मल खरिद गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको हो ।

धान रोपाइँ गर्ने समयमा मल आयातको ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले मल आयात अलपत्र पारेपछि देशभर रासायनिक मलको चरम अभाव भएको थियो । मुख्य धानबाली लगाउने बेलामै देशभर मलको चरम अभाव भएपछि कृषि तथा पशुपन्छी विकासमन्त्रीले घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत बंगलादेशसँग पैँचोमा मल माग्न अनुरोध गरेका थिए ।

कृषिमन्त्री भुसालको अनुरोधमा प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका समकक्षी शेख हसिनाबीच पैँचोमा मल उपलब्ध गराउनबारे टेलिफोनमा कुराकानी भएको थियो । भदौ दोस्रो सातामा प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका समकक्षी शेख हसिनाबीच भएको कुरामा पैँचोमा मल उपलब्ध गराउने मौखिक सहमति भएको थियो ।

मौखिक सहमतिमा ५० हजार मेट्रिक टन मल बंगलादेशबाट ल्याउने र सोही परिमाणमा पछि फिर्ता गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार बंगलादेशले अहिले मल नदिने भएपछि सोही मललाई जीटुजीमार्फत खरिद गर्न मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए ।

प्रवक्ता केसीले बंगलादेशले पैँचोमा नभई खरिद गरेर लैजान भनेर नेपालसँग प्रस्ताव गरेपछि मन्त्रालयले जीटुजीबाट मल खरिदका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको बताए । प्रवक्ता केसीले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यमा तलमाथि भइरहने हुँदा बंगलादेशले पैँचोमा नभई खरिद गरेर नै लैजान नेपाललाई प्रस्ताव गरेको जानकारी दिए ।

उनले बंगलादेशबाट सो प्रस्ताव केही दिनअघि मात्र आएको बताए । बंगलादेशको सोही प्रस्ताव आएको हुँदा मन्त्रालयले खरिद प्रक्रिया अघि बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको बताए । उनले मन्त्रिपरिषद्को निर्णय आउनासाथ बंगलादेशबाट पैँचो ल्याउने भनिएको ५० हजार मेट्रिक टन युरिया मल जीटुजीमार्फत खरिद गरेर ल्याउने बताए ।

सो मल ढुवानीका लागि टेन्डरसमेत गरिएको प्रवक्ता केसीले बताए । उनले बंगलादेशबाट मल ढुवानी गर्न जेनड्रो कम्पनीसँग सम्झौता भएको बताए । प्रवक्ता केसीले भने, ‘सो कम्पनीसँग प्रतिटन ८३ अमेरिकी डलरमा मल ढुवानी गर्ने सम्झौता भएको छ । मल ढुवानीका लागि कम्पनीसँग सम्झौता भइसकेको हुँदा मन्त्रिपरिषद्को निर्णय भएको दुई महिनाभित्र मल नेपाल आइपुग्नेछ ।’

उनका अनुसार १० हजार मेट्रिक टन डीएपी मौज्दात छ । ४० हजार मेट्रिक टन मंसिरभित्र सबै आइपुग्छ । बाटोमा मल आइरहेको हुँदा गहुँ र आलु बालीलाई मलको समस्या नहुने प्रवक्ता केसीले बताए ।

(Visited 190 times, 1 visits today)
Loading comments...

आजको समाचार

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त...

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकीमा लामो समयको राजनीतिक खिचातानी शुक्रबार उनको पक्षमा विश्वासको मतसँगै अन्त्य...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

साताका लोकप्रिय समाचार

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

अन्तिम खेलमा अष्ट्रेलियासँग नेपाल पराजित

काठमाडौं । विश्वकप फुटबल एवं एसियन कप फुटबलको छनौट चरणको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित भएको छ । कुवेतको कुवेत सिटीमा गएराति...

चालू खाता २ खर्ब ४७ अर्बले घाटामा

काठमाडौं । आर्थिक वर्ष २०७७-७८ को १० महिनामा कुल आन्तरिक कर्जा वढ्नुका साथै निक्षेप संकलन र कर्जा परिचालन बढेको पाइएको छ । बैंक तथा...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

  पोखरा ।  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अन्ततः काँगे्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५)बमोजिम शनिबार उनलाई...

ट्रेन्डिङ

अलमलमा रुमल्लिएको निजामती प्रशासन

सार्वजनिक प्रशासन जनमुखी, जनउत्तरदायी, नतिजामुखी र विकासमैत्री हुन जरुरी छ । ‘सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भष्टाचारमुक्त जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त...

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दी र...

ओडेगार्डको म्याड्रिड भविष्य

म्याड्रिड । स्पेनिस क्लब रियल म्याड्रिड लोनमा रियल सोसीडाड पुगेका मिडफिल्डर मार्टिन ओडेगार्डले निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी अर्को सिजन म्याड्रिडमै खेल्ने...

प्रमुख कार्यकारी अधिकृत बज्राचार्यद्वारा पदभार ग्रहण

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सोमबारदेखि पदभार ग्रहण गरेका छन् । हिजो सोमबार बिहान बैंकमा आयोजित एक...

असारे धान सार्वजनिक

काठमाडौं । असार महिना विशेष गरी धान रोप्ने महिना भनेर चिनिन्छ । यसै महिनालाई लक्षित गर्दै विशाल मुभिज प्रालिले बजारमा लोकगीत असारे धान सार्वजनिक...

सदस्य श्रेष्ठलाई बधाई

काठमाडौं । नेपाल ब्याडमिन्टन संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सुवास श्रेष्ठलाई सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गरेका छन् । श्रेष्ठ नेपाल...

कर्मचारीको तलब धान्न मुस्किल पर्दै, राजस्वको तुलनामा खर्च अत्यधिक

काठमाडौं । लामो समयदेखि जारी बन्दाबन्दी (लकडाउन)ले राजस्व संकलनमा आएको संकुचन र साधारण खर्चमा भएको उच्च वृद्धिका बाबजुद पनि सरकारले चालु आर्थिक वर्ष २०७६÷७७...

नेपाल पर्यटन बोर्डद्वारा उत्कृष्ट पाँच तस्बिर घोषित

काठमाडौं । नेपाल पर्यटन बोर्डले आयोजना गरेको झयालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगितामा सहभागी ७ सय भन्दा बढी फोटामध्ये उत्कृष्ट पाँच छनोट गरिएको छ...

विश्व बजारमा तेलको मूल्य २५ प्रतिशतले गिरावट

न्यूयोर्क । कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण खनिज तेलको मूल्यमा भारी गिरावट भएको छ ।अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रति ब्यारेल ११.४४...

२ नम्बरीको छायांकन स्थगित

काठमाडौं । १० दिनदेखि छायांकनमा व्यस्त रहेको चलचित्र ‘२ नम्बरी’ को टिमले सोमबारबाट छायांकन स्थागित गरेको छ । सुटिङका लागि कास्कीको घाचोक पुगेको यो...

रौतहटमा डिजे साउन्ड प्रतिबन्ध

गौर । जिल्ला प्रशासन कार्यालय रौतहटले चर्को स्वरमा संचालन गरिने डिजे साउन्ड सिस्टममाथि प्रतिबन्ध लगाएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले आदेश जारी...

विवाह गर्ने आश्वासन दिएर युवती बलात्कार गर्ने पक्राउ

काठमाडाैं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भिरकोट नगरपालिका-५ घर भई सोही नगरपालिका-६ एक्वार बस्ने १९ वर्षीय आशिष थापालाई बुधबार बिहान प्रहरीले...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)