सिटी मार्ट निर्माणको काम अन्तिम चरणमा

इलाम । इलाम बजारमा सुविधा सम्पन्न ‘सिटी मार्ट’ सपिङ कम्प्लेक्स निर्माणको काम अन्तिम चरणमा पुगेको छ । इलाम नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ बाट निर्माण शुरु गरेको कम्प्लेक्सको काम अन्तिम चरणमा पुगेको हो ।

९ करोड ३८ लाख रुपैयाँ लागत अनुमान गरिएपनि निर्माणको अन्तिम चरणमा १३ करोड लागत पुगेको इलाम नगरपालिकाका इन्जिनियर दीपक गुरागाईंले बताए ।

उनले भने ‘भवनको भित्रिकाम सबै सकियो अव फिनिसिङ र बाहिर इन्टर लकिङको काम मात्रै बाँकि रहेको बताए ।’ भवनमा ९२ सटर र २ वटा लिफ्टसहितको रहेको ‘व्यापारिक प्रयोजनका लागि भवन निर्माण गरिएको हो । सिटी मार्टका लागि पार्किङस्थलको पनि निर्माण गरेको छ ।

२०७६ चैत ३० सम्ममा भवन निर्माण सम्पन्न गर्ने योजनासहित विकोई भगवती जेभीले निर्माणको जिम्मा लिएको थियो । २०७६ सालको अन्तिमम सम्ममा काम सक्ने लक्षका साथ निर्माण शुरु गरेपनि लकडाउनका कारण सम्पन्न गर्ने सम्झौता मितिमा भन्दा केहि महिना पर धकेलीएको छ । लकडाउनले निमार्णको काममा केहि ढिला हुन पुगे पनि अव बाँकी काम धेरै नभएको र काम अन्तिम चरणमा पुगेको गुरागाँईले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 119 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी