Friday, September 24, 2021
Your Ads Here
HomeExclusiveइलामको निर्माणधीन हाइड्रोमा स्थानीयको कालो झन्डा

इलामको निर्माणधीन हाइड्रोमा स्थानीयको कालो झन्डा

,
sharethis

इलाम । सन्दकपुर गाउँपालिका र माईजोगमाई गाउँपालिकाको माइखोलामा निर्माणाधिन सुपरमाई ‘ए’ सगरमाथा हाइड्रो प्रोजेक्टले समाह खोला र इङ्गला खोलाको पानी परियोजनामा मिसाउन संरचना निर्माण थालेपछि स्थानीयले अवरोध गरेका छन् । ९.६ मेघावाट क्षमताको आयोजनामा अन्य श्रोतको पानी मिसाउन लागिएको भन्दै स्थानीय संघर्ष समिति बनाएरै आन्दोलनमा उत्रिएका छन् । परियोजनाको मुुख्य पानीको श्रोत माइखोला मात्रै भएको भन्दै माइखोला आसपासबाट बग्ने इङला खोला र समाह खोलाको पानी प्रयोग गर्न नदिने भन्दै स्थानीयले आन्दोलन थालेका हुन् ।

स्थानीयको अवरोधपछि परियोजनामा समाह खोला र इङ्गला खोलाबाट पानी ल्याउनका बनाउन लागिएको संरचनाको काम रोकिएको छ । स्थानीयले कालो झाण्डा गाड्दै काम बन्द गराएका हुन्, भोलिपल्ट फेरि काम सुरु भएपछि भेला भएका स्थानीयले आयोजनाको काम बन्द गराएका हुन् ।

आन्दोलनमा उत्रिएका स्थानीयले सुपरमाई हाइड्रो प्रोजेक्टसंग वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन र विद्युत खरिद सम्झौता माग गर्दा नपाएको गुनासो गरेका छन् । संघर्ष समितिका सहसंयोजक कुशबहादुर थेवेले ‘हामीले परियोजनाका प्रवन्द निर्देशक कृष्ण न्यौपानेलाई निवेदननै दिएर प्रतिवेदनहरु मागेका थियौ, शुरुमा उहाँले दिन्छौ भनुभयो तर पछि फलो गर्दा बोडको बैठकले नदिने निर्णय ग-यो भन्ने जवाफ पाइयो ।’

इङला र समाह खोलाको पानी परियोजनामा मिसाउँदा सयौ रोपनी जमिन बाझो हुने स्थानीय बताउँछन् । ‘यी दुई खोलाको पानी सयवटा भन्दा धेरै कुलोहरुबाट पानी लगेर सिचाई हुने गरेको छ’,स्थानीय धनबहादुर तिवारीले भने,‘७० मुरि बिऊको धान खेती हुने ठाउँ बाझै पल्टिन्छ, अलैचिमा पनि पानी लगाउँन पाइदैन ।’ जलविद्युत आयोजनाले अन्य दुई खोलाको पानी माइखोलामा मिसाउने गरी संरचना बनाउन थालेपछि एउटा सिचाई आयोजनानै रद्ध भएको माइजोगमाई ६ का दिपेश सोङमीले बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कपनमा ढलमा खसेर बालक बेपत्ता

उनले भने ‘खोलामा पानीनै नहुने भएपछि यहाँ बन्न लागेको माइखोला रुल्लुक सिचाई आयोजनानै कोल्याप्स भयो । दुईवटा खोलाको पानी समेत आयोजनामा मिसाएपछि त्यस क्षेत्रमा रहेको घाट र धार्मिक स्थलपनि संकटमा पर्ने भएकाले माइखोलामा निर्माणाधिन आयोजनामा अरु खोलाको पानी मिसानउ नहुने स्थानीय बताउँछन् ।

स्थानीयले सुपरमाई हाइड्रो प्रोजेक्टका लागि बनाइएको क्यानलका कारणले धेरै ठाउँ पहिरो गएको र कतिपय मान्छेको बासै उठ्ने अवस्था भएको कारण संघर्ष समितिका हुकुमलाल थेवेले बताए । उनले भने ‘पाँच किलोलिमटर जति क्यालनको धेरै ठाउँमा पहिरो गएको छ, हामीले कुरा गर्दा आयोजनाले आलटालमात्रै गर्छ ।’ आन्दोलनरत स्थानीयले सुपरमाई हाइड्रो प्रोजेक्टले सामाजिक उत्तरदायित्वको रकम पारदर्शी रुपमा खर्च नगरेको भन्दै सामाजिक उत्तरदायित्वमा गरेको खर्च सार्वजनिक गर्न आग्रह गरेको थेवेले बताए ।

संघर्ष समितिका प्रकाश भट्टराईले ‘सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम कहाँ कसरी खर्च भयो त्यसलाई सार्वजनिक गर्नुपर्ने बताए ।’ उनले भने, ‘कति रकम कहाँ कसरी खर्च भयो भनेर हामीलाई छर्लङ्ग देखाउनुपर्छ, त्यो रकम अनियमित रुपमा खर्च भएको छ भन्ने हामीलाई लागेको छ ।’ अर्को खोलाको पानी मिसाउन नदिने भन्दै आन्दोलन थालेपछि आयोजनाले प्रहरी प्रशासन लगाएर थर्काउने प्रयत्न गरेको आन्दोलनरत स्थानीयले बताएका छन् ।

तपाइको प्रतिक्रिया

(Visited 157 times, 1 visits today)

आजको समाचार

सेनालाई राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्न प्रधानमन्त्रीको निर्देशन

  काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता...

राजनीति, डाह र डर

डाह वा इष्र्या मानिसको एक सामान्य भावना हो । यो भावना हरेक मानिसमा कुनै न कुनै रूपमा विद्यमान हुने गर्छ । फरक यति हो,...

रोजिनाको मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम भएन

  काठमाडौं । मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी (काफ्ले) को मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । आइतबार बिहान सात...

नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

  काठमाडाैं । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ । नेपालीको ठूलाे चाड बडादसैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर...

कपनमा ढलमा खसेर बालक बेपत्ता

काठमाडौं । संघीय राजधानी काठमाडौंकै ढल व्यवस्थापन व्यवस्थित नहुँदा ढलमा खसेर मानिसको मृत्यु हुने तथा बेपत्ता हुने घटना फेरि दोहोरिएको छ । काठमाडौंको कपनमा...

साताका लोकप्रिय समाचार

विश्वकर्मा बाबाको मन्दिर उद्घाटन सम्पन्न

  चितवन । भरतपुर महानगरपालिका वडा नं. १७ गोब्रेनीमा शनिवार आयोजित एक कार्यक्रममा विच विश्वकर्मा बाबाको मन्दिर उद्घाटन गरिएको छ । भरतपुर महानगर पालिका वडा अध्यक्ष...

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ, लगत्तै न्यूयोर्क जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा...

राजस्थानको रोमान्चक जित

दुबई । ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई दुई रनले हराएको छ । दुबईमा गएराति भएको रोमान्चक खेलमा राजस्थानले दिएको...

दसैंमा घर जाने हो ? यातायातको व्यवस्थापन यसरी हुँदै छ

काठमाडौं । नेपालीहरूको मुख्य पर्व दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ । त्यसका लागि आगामी...

किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?

काठमाडौं । कञ्चनपुरमा सोमबार साँझ भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी...

ट्रेन्डिङ

यो वर्षको बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित गर्न मिनि संसदको निर्देशन

काठमाडौँ । मिनि संसदले कोभिड १९ बाहेकका बिरामीलाई उपचारमा कुनै कञ्जुस्याँई नगर्न सरकारलाई निर्देशन दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितीले कोभिड १९...

कोस्टालाई ६ महिना जेल सजाय

मड्रिड । करछलीको आरोप दोषी ठहरिएपछि स्पेन अदालतले स्पेन तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड डिएगो कोस्टालाई ६ महिनाको जेल सजायको साथै ४ लाख...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)