पराजित बैंग्लोर शीर्ष चारमा सुरक्षित

युएइ । इरोयल च्यालेन्जर्स बैंग्लोरलाई हराउँदै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भए पनि बैंग्लोर शीर्ष चारमा पुगेको छ । जितसँगै १४ खेलबाट १६ अंक जोडेको दिल्लीले तालिकाको दोस्रो स्थान पक्का गरेको हो ।

पराजित टोली बैंग्लोरले पनि शिर्ष चारमा रहँदै प्ले अफ्मा आफ्नो स्थान सुरक्षित गरेको छ । बैंग्लोर र कोलकाताको समान १४–१४ अंक भएपनि नेट रनरेटमा बैंग्लोरले कोलकातालाई उछिनेको छ ।

समुह चरणका खेल आज सकिँदैछ । अन्तिम खेलमा आज शीर्ष स्थानको मुम्बई इन्डियन्स र पाँचौ स्थानको सनराइजर्स हैदरावादबीच हुनेछ । यो खेलपछि कोलकाता र हैदरावादमध्ये एक टोली प्ले–अफ्मा पुग्नेछ । हैदरावादले कोलकताभन्दा राम्रो रनरेटमा मुम्बाइले पराजित गर्नुपर्नेछ ।

आबुधावीमा हिजो भएको खेलमा दिल्लीले बैंग्लोरलाई ६ विकेटले हरायो । टस हारेपछि व्याटिङको निम्तो पाएको बैंग्लोरले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ५२ रन बनायो ।

उसका लागि देवदत्त पाडिक्कलले ५० रन जोडे । जवाफमा १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ४ विकेटको क्षतीमा पुरा गर्‍यो । दिल्लीका लागि अजिन्क्या रहानेले ६० रन तथा शिखर धवनले ५४ रनको योगदान गरे । बलिङतर्फ बैंग्लोरका शहबाज अहमदले २ विकेट लिए ।

तपाइको प्रतिक्रिया
(Visited 141 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजदूत अनुमोदन अन्योलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरको बेल्डाडी गाउँपालिकामा काङ्ग्रेस विजयी