Sunday, June 13, 2021
Home Not-to-be-missed बलिउड प्रस्ताव छाडेर नेपालमै रमेकी ज्ञानु राणा

बलिउड प्रस्ताव छाडेर नेपालमै रमेकी ज्ञानु राणा

,

काठमाडौं । उमेरले ७० वर्ष नाघिसकेकी छन्, गायिका ज्ञानु राणा । तर, अहिले पनि गायनमा उत्तिकै जोस र जाँगर छ । यसै साता मात्र कृष्ण भजन रेकर्ड गराएकी उनी चाँडै नयाँ भजन संग्रह निकाल्दै छिन् । कैयौं भजन गायकी उनी आजकल भजन गायनमा निकै रमाउँछिन् । गायनबारे भन्छिन्, ‘मलाई गीत गाउन पाए पुग्छ । अरू केही चाहिँदैन ।’

गायनमा जीवन समर्पण गरेकी ज्ञानुलाई आजकल मायाप्रेमको गीत गाउन मन लाग्दैन । कारणबारे उनले खुलाइन्, ‘मेरा अग्रज गायिका दिदीहरू र समकालीन साथीहरू परोलक भइसकेका छन् । जीवनमा मायाप्रेमका गीत धेरै गाइसकेकाले अब बाँकी जीवन कृष्ण र शिवको भजन गाएरै बिताउन चाहन्छु ।’

यी अग्रज गायिकालाई अहिले पनि विभिन्न प्रकारका गीतको प्रस्ताव आइरहन्छ । राष्ट्रिय भावका गीत, जीवनपरक गीत, भक्तिभावका गीत गाउन भनेपछि अहिले पनि यी गायिकालाई उत्तिकै जोस आउँदो रहेछ ।

जीवनको ६ दशक गायनमा बिताएकी ज्ञानुले जानेको एक मात्र काम गीत गाउनु हो । यहाँसम्म कि गायनमा बाधा पुग्ला भनेर उनले विवाहसमेत नगर्ने निधो त्यतिबेला गरेकी थिइन् । तर, बुबा जनकवि केशरी लोकगायक धर्मराज थापाले नै विवाह गर्नुपर्छ भनेपछि आफूले त्यतिबेला विवाह गरेको यी गायिकाले बताइन् । बुबाको हात समातेर बाल्यकालमै गायनमा लागेकी यी गायिका परिवारको प्रेरणाले नै आज गायनको यो उचाइमा पुग्न सफल भएको हुँ भन्छिन् ।

गायिका ज्ञानुलाई विवाह गरेको केही वर्षमै बलिउडका फिल्मी संगीतकार रवीन्द्र जैनले फिल्ममा गीत गाउन प्रस्ताव गरे । यी गायिकालाई रवीन्द्रले मुम्बई जान प्लेन टिकटदेखि बस्ने व्यवस्थासमेत मिलाएका थिए । काठमाडौंमा एउटै कार्यक्रममा भारतीय गायिका हेमलतासँग ज्ञानु राणाले गीत गाउँदा रवीन्द्र उनको स्वरको प्रशंसक भएका थिए । ती दिनको स्मरण गर्दै ज्ञानुले भनिन्, ‘त्यतिबेला म बलिउड छिरेको भए त्यहाँको स्थापित गायिका पक्कै हुन्थें । तर, नेपाल प्रज्ञा प्रतिष्ठानको संगीत उपनिर्देशक जागिर छाडेर सानो छोरा च्यापेर मुम्बई छिर्ने हिम्मत गर्न सकिनन् ।’

ज्ञानुले मुम्बई नजाने निर्णय लिएको केही वर्षपछि मुम्बई छिरेका उदितनारायण बलिउडमा स्थापित भए । यसै प्रसंगमा उनले अगाडि थपिन्, ‘बलिउड फिल्ममा गीत गाउन मुम्बई नगएकोमा पछुतो छैन । नेपालमै बसेर जे जति गर्न सकें, त्यसैमा अहिले सन्तुष्ट छु ।’

नेपाली संगीतको स्वर्णिम युगमा गायनमा प्रवेश गरेकी ज्ञानु राणाले पहिलो गीत सिरीमा सिरी नि कान्छा बतासै चल्यो… नारायण गोपालसँग रेकर्ड गर्ने अवसर पाइन् । त्यो कालखण्डका शिवशंकर, नातिकाजी, पुष्प नेपाली, गोपाल योञ्जन, सीके रसाइली, शम्भुजीत बासकोटासहित अधिकांश संगीतकर्मीको संगीतमा उनले गीत गाइसकेकी छन् । संगीतका यी हस्तीहरूको साथले पनि गायिका ज्ञानु राणाको गायन यात्रा निरन्तर शिखरतर्फ चुलियो ।

यी गायिकाको अनुभवमा त्यो समय राम्रा गीत सिर्जनामै यी स्रष्टाहरू तल्लीन हुन्थे । एउटा गीत तयार गर्न महिनौ लाग्थ्यो । त्यो गीतलाई एक महिनासम्म स्वर अभ्यास गराएर मात्र संगीतकारहरूले प्रत्यक्ष रेकर्ड गराउँथे । यसरी महिनामा तीन वटा गीत निरन्तर अभ्यास गरेर एकै दिनमा तीन वटा गीत लाइभ रेकर्ड गरेको धेरै अनुभव ज्ञानु राणासँग छ ।

यी गायिकाको नजरमा अहिलेको गीतसंगीत पूर्ण व्यावसायिक भएको छ । आजकलका गायक गायिकाहरूले गायनमा मिहिनेत गर्न छाडेका छन् । पूर्वअभ्यास नै नगरी स्टुडियोमा गएर एक घन्टामा गीत रेकर्ड गर्ने क्रमले आजकलको गीतमा पहिलाको जस्तो मिहिनेत, लगाव, मेलोडी र गुणस्तर नहुने यी गायिकाको कथन छ, ‘आजकल गीत बनाउँदा स्वर, शब्द र संगीतमा भन्दा पनि भिडियोमा बढी खर्च र मिहिनेत गरिन्छ ।

त्यसैले, दैनिक दर्जनांै गीतका भिडियो रिलिज हुन्छन् र १५ दिनपछि ती गीत ओझेलमा पर्दै गएर थन्किन्छन् ।’ यसरी पछिल्लो समयका गीतसंगीतको आयु खस्किँदै गाएको गायिका ज्ञानुले गम्भीर चिन्ता व्यक्त गरिन्, ‘गीत कालजयी हुनका लागि शब्द संगीत र स्वरमा दम हुनुपर्छ । हाम्रा पालाका गीतहरू अहिले पनि त्यत्तिकै रुचाइनुको कारण त्यतिबेलाको गीतमा हामी महिनौ मिहिनेत गथ्र्यौं ।’

(Visited 183 times, 1 visits today)
Loading comments...

आजको समाचार

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

साताका लोकप्रिय समाचार

मनसुन मङ्गलबारसम्म देशव्यापी हुने, सतर्क रहन आग्रह

  काठमाडाैं । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन...

कांग्रेस महाधिवेशन भदौ १६ देखि

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास...

प्रदेश २ का ४ मन्त्री बर्खास्त

जनकपुर । प्रदेश २ सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास...

डेढ अर्ब फाइदामा नेपाल वायुसेवा निगम

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटेसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डेढ अर्ब फाइदा हुने भएको छ । निगमले गरेको हवाई इन्धन मूल्य...

ट्रेन्डिङ

११ वर्षदेखि अलपत्र पुलको मुख्यमन्त्रीद्वारा अनुगमन

कालिकोट । ११ वर्षदेखी अलपत्र अवस्थामा रहेको कर्णाली करिडोरको खुलालु पक्किपुलको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ७ वर्षपछि अनुगमन गरेका छन् । लामो समयदेखि...

सूचना–प्रविधि पार्क ‘सेक्युरिटी प्रेस’मा परिणत हुँदै

काभ्रेपलाञ्चोक । दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (आइटी पार्क) सेक्यूरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्रम) मा परिणत हुँदैछ । यसका...

काठमाडौँ उपत्यकामा एकैदिन ९३४ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा मात्रै ७४७ जनामा सङ्क्रमण...

कृषि विकास बैंक ह्याकिङ प्रकरण : फरार भारतीय व्यापारी पक्राउ

काठमाडाैं ।  कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणका फरार एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय व्यापारी सुशील गर्ग रहेको जिल्ला प्रहरी कार्यालय...

अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा...

हुम्लाको पीडा बोक्दै फेरि आयो रेलको बाटो

रेलको बाटो पुग्दै छ रे तिमी बस्ने सहरमा हुम्ला कहिले मोटर आउला बसेकै छु रहरैमा काठमाडौं र तराईबासीले भारत र चीनबाट रेल आउने कल्पना गरिरहेका बेला...

नागढुंगा सडकखण्डको स्तरोन्नति धमाधम

काठमाडौं । सरकारले काठमाडौं भित्रने र बाहिरिने प्रमुख नाकाको रूपमा रहेको नागढुंगा सडक खण्डको स्तरोन्नतिको काम सुरु गरेको छ । डिभिजन सडक...

उपचारपछि ६ जना कोरोना संक्रमित कोशी अञ्चल अस्पतालबाट डिस्चार्ज

विराटनगर । कोशी अञ्चल कोरोना विशेष अस्पतालमा उपचारार्थ भर्ना भएका छ जना आज बुधबार डिस्चार्ज भएका छन । लगातार दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ...

पहिला माछा पाले पाखरीमा विष, बाख्रा पाले खोरमै आगो लगाइयो

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर २ हर्राचौरका सौभाग्य शाहको बाख्रा फर्ममा गत पुस २३ गते आगलागि भयो । आगलागिमा परि २८ वटा...

अझै मिलनबिन्दुको खोजी गर

नेकपाका शीर्ष नेताहरूको शक्ति संघर्षका कारण प्रतिनिधिसभाको असामयिक अवसान हुन पुगेपछि आम जनतामा एक किसिमको निराशा छाएको छ । जनतामा देखिएको यस्तो निराशालाई समयमा...

पाल्पामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । बुधबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै पाल्पामा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा...

के फोटोग्राफिक मेमोरी सम्भव छ ?

फोटोग्राफिक मेमोरी । एकपटक हेरेको, पढेको तथा सुनेको भरमा हुबहु जस्ताको तस्तै स्मरण गर्ने क्षमता । यस क्षमताका बारेमा अहिले मात्र होइन, उहिलेदेखि नै...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)