काठमाडौं । बिभिन्न घोटालाका मूल दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन मानव अधिकार तथा शान्ति समाजले आइतवार दिउसो माइतिघरमा प्रदर्शन गरेको छ ।
संसदमा प्रस्तुत बिधेयकहरुमा निहित स्वतन्त्रता बिरोधि प्रावधान हटाउन आग्रह सहित वाईडबडी÷न्यारोबडी जहाज खरिद प्रकरण र बालुवाटार जग्गा घोटाला प्रकरणमा संलग्न मूल पात्रहरुलाई उन्मुक्ति दिन खोजिएको भन्दै समाजले एक घण्टा प्रदर्शन गरेको थियो ।
तत्कालिन मन्त्री एवं मन्त्रि परिषद्का प्रवक्ता गोकुल बाँस्कोटा मुछिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा गहिराईमा पुगेर छानवीन गरि कारवाही प्रकृया अघि बढाउन शान्ति समाजले आग्रह गरेको छ ।
संसदमा प्रस्तुत सुचना प्रबिधि लगायत संचारक्षेत्रसंग सम्बन्धित आधा दर्जनभन्दा बढी बिधेयकमा निहित स्वतन्त्रता विरोधी प्रावधान हटाउन ध्यानाकर्षण गराएको छ । प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक महासचिव सुवास ढकाल, सल्लाहकार होमकान्त चौलागाई, उपसभापति रेनुका पौडेललगायत सहभागी थिए ।
अहिंसावादी पदयात्रीहरुसँग छलफल
जय जगत भन्ने मूल नारासहित भारतदेखि जेनेभासम्म शुरु भएको पदयात्राका क्रममा नेपाल आइपुगेका पाँच जना पदयात्री र शान्ति समाजका सदस्यहरुबिच छलफल सम्पन्न भएको छ ।
शान्ति समाज केन्द्रिय कार्यालयमा सम्पन्न छलफलमा पदयात्रीहरुले पदयात्राको उद्देश्य र शान्ति समाजका सदस्यहरुले जगतमुखी जीवनमुखी सेवामुखी उद्देश्य अनुरुप सञ्चालित अभियानका अनुभव आदान प्रदान गरेका थिए ।
अहिंसालाई मूल मन्त्र मानि महात्मा गान्धीको विचार प्रवद्र्धन गर्ने उद्देश्यसहित शुरु भएको जय जगत अभियानले अहिंसा, जलवायु परिवर्तन र विश्वव्यापी उष्णता’bout सचेतना र सामाजिक न्यायका लागि एक वर्षे पदयात्रा प्रारम्भ गरेको जनाएको छ ।
५० जना पदयात्रीमध्ये नेपाल आएका ५ जना पदयात्रीमा सन्तोष सिंह, कैलाश भाई, कम्तुरी पट्टेल, सवनम शाह र सिताराम रहेका छन् ।