३११४ जनामा कोरोना पुष्टि, ३१४२ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालभर गत २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ३ हजार १४२ निको भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएका ११ हजार ११६ को पिसीआर परीक्षणमा ३११४ जनामा सङ्क्रमण पुष्टि भएको हो । देशभर हालसम्म सङ्क्रमितको सङ्ख्या एक लाख ७९ हजार ६१४ पुगेको छ ।

अहिलेसम्म निको हुनेको सङ्ख्या एक लाख ४१ हजार १३४ रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार ४७६ पुगेको मन्त्रालयले जनाएको छ । क्वारेन्टिनमा रहेकाको सङ्ख्या १ हजार २७७ छ ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार