रोकिएन गोर्खा ब्रुअरीको ठगी धन्दा

काठमाडौं । बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले विद्यमान ऐनमा उल्लिखित गुणस्तरलाई बेवास्ता गर्दै बियर भनेर गुणस्तरहीन लोकल रक्सी उत्पादन गरी बिक्री गर्दै आएको पाइएपछि आन्तरिक राजस्व विभागले गुणस्तरहीन बियरको अन्तःशुल्कको मूल्य बढाइदिएको छ ।

अनुसन्धानका क्रममा गोर्खा ब्रुअरीका उत्पादन (काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर)मा माल्ट (प्रशोधित जौ) को मात्राभन्दा कनिका धेरै भेटिएपछि वर्गीकरणमार्फत हाल यस्ता बियरलाई ‘लोकल रक्सी’ को सूचीमा राखेर अन्तःशुल्कको मूल्य बढाइएको विभागले जनाएको छ ।

खेतान समूहद्वारा सञ्चालित तथा गोर्खा ब्रुअरीद्वारा उत्पादित काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर विद्यमान ऐन र मापदण्डविपरीत उत्पादन गरी बिक्री गरेको भन्दै कारबाहीका लागि चौतर्फी दबाब आएपछि अहिले विभागले यस्ता बियर बजारमा पठाउन र बिक्री वितरण गर्नसमेत रोक लगाएको छ ।

यस्ता बियर मापदण्डविपरीत र मानव स्वास्थ्यमा गम्भीर असर पर्ने खालको भएपछि विभागले प्रशोधित जौको मात्रा बढी हुनुपर्नेमा लोकल रक्सी बनाउने शैलीमा कनिकाको मात्रा बढी प्रयोग गरेको भन्दै बियरको मान्यतासमेत दिएको छैन ।

गोर्खा ब्रुअरीको उत्पादनमा बियरको रेसिपीमा ५० प्रतिशतभन्दा बढी कनिका भेटिएपछि विभागले बियरको अन्तःशुल्क नभई अन्यसरहको अन्तःशुल्क तिर्नुपर्ने निर्देशन गोर्खा ब्रुअरीलाई दिएको छ । गोर्खा ब्रुअरीको बियरमा प्रतिलिटर अन्तःशुल्क १६५ रुपैयाँ छ । तर, कनिका बढी हालेका कारण विभागले हाल यस बियरको मान्यता नदिई अन्यसरहको अन्तःशुल्क बुझाउन सो कम्पनीलाई निर्देशन दिएको हो ।

अन्यसरह अन्तःशुल्कमा दररेट प्रतिलिटर ४३० रुपैयाँ कायम गरिएको विभागले जनाएको छ । यो २२०६.००.९० अनुसार मूल्य कायम गरिएको विभागले जनाएको छ । जौभन्दा कनिका सस्तो पर्ने भएकाले गोर्खा बु्रअरीले कनिकाको मात्रा बढी प्रयोग गरेको विभागको दाबी छ ।

हाल गोर्खा ब्रुअरीले विभागबाट कायम गरिएको अन्तःशुल्क तिर्न आनाकानी गरेपछि गत केही सातादेखि गोर्खा बु्रअरीको नयाँ उत्पादन बजारमा गएको छैन । तिहारको बेलामा आफ्नो उत्पादन बजारमा पठाउन नपाएपछि अहिले यस कम्पनीले अनेक बहाना बनाएर रोकिएका गुणस्तरहीन बियर पुनः बजारमा पठाउने प्रयास गरिरहेको छ ।

यस कम्पनीले हाल नयाँ अन्तःशुल्क नभई पुरानै अन्तःशुल्कमा गुणस्तरहीन बियर बजारमा पठाउन आन्तरिक राजस्व विभाग र भन्सार विभागलाई दबाब दिएको छ ।

– गुणस्तरहीन बियर बजारमा पठाउन र बिक्री वितरण गर्न रोक
– यसअघि बजारमा पठाइएको बियरको पनि नयाँ अन्तःशुल्क कायम गर्ने सरकारको तयारी
– सरकारलाई बुझाउनुपर्ने जरिमाना नतिरेसम्म यस्तो बियर बिक्री वितरणका लागि पठाउन नदिइने

आन्तरिक राजस्व विभागका एक अधिकारीले अब यस्तो कार्यमा संलग्न कम्पनीमाथि कडा कारबाही हुने बताए । भन्सार विभागको पनि राय लिनुपर्ने भएकाले उता पनि पत्राचार भएको जानकारी गराउँदै उनले भने, ‘विभागले यसअघि बजारमा पठाइसकेको बियरको पनि नयाँ अन्तःशुल्क कायम गर्न खोजिरहेको छ ।’

सोही विषयमा थप अनुसन्धान गर्न दुवै विभागले छलफल समेत गरेका छन् । विभागले गोर्खा ब्रुअरीको उत्पादनमा बियरमा आवश्यक पर्ने प्रशोधित जौको मात्र थोरै राखी नाफा कमाउने उद्देश्यले कनिकाको मात्रा बढी प्रयोग भएको बताएको छ ।

सरकारी निकायकै उच्च कर्मचारीको मिलेमतोमा गोर्खा ब्रुअरीले सर्वसाधारणमाथि ठगी धन्दा सञ्चालन गर्दै आएको र सो कम्पनीमाथि व्यापक अनुसन्धान हुनुपर्ने सम्बन्धित सरोकारवालाको माग छ । यस्ता बियरमा जौको मात्रा ५० प्रतिशत हुनैपर्ने प्रावधान छ । तर, गोर्खा ब्रुअरीले बियरमा जौको सट्टा कमसल खालको कनिका प्रयोग गरी महँगोमा बिक्री गर्दै उपभोक्ता ठगिरहेको पाइएको छ । गोर्खा ब्रुअरीले उत्पादन गरेको बियर गुणस्तरहीन भएकाले त्यस्ता बियरको प्रयोगले मावन स्वास्थमा गम्भीर असर पार्न सक्ने उपभोक्ता अधिकारकर्मी एवं सरोकारवालाको दाबी छ ।

आन्तरिक राजस्व विभागले प्रशोधित जौको मात्र बढी हुनुपर्नेमा सो नभई अत्यधिक मात्रामा गुणस्तरहीन कनिकाको मात्रा बढी प्रयोग गरेको भेटिएको जनाएको छ

गोर्खा ब्रुअरीले गुणस्तरहीन बियर उत्पादन गरेर सर्वसाधारणलाई झुक्याउने काम गरेको छ । यो उसको ठूलो बदमासी भएको भन्दै अहिले आम उपभोक्ताले सरकारी निकाय यस सम्बन्धमा कडा रूपले प्रस्तुत हुनुपर्ने दबाब दिइरहेका छन् । गोर्खा ब्रुअरीमाथि लागेको आरोपका सम्बन्धमा धेरै पटक सो कम्पनीसँग सम्पर्क हुन सकेन ।

उसले अहिले कानुनी रूपमा बच्न अनेक बहानाबाजी गरिरहेको छ । लकडाउनका बेला अनुुगमन नहुने र दसैं–तिहार र छठ पर्वको समयमा अकुुत नाफा कमाउन कम्पनीले मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै आएको उपभोक्ता अधिकारकर्मीको दाबी छ ।

अन्तःशुल्क लाग्ने मदिरा, चुरोट एवं सुुर्तीजन्य वस्तुको उत्पादन गर्ने इजाजतपत्रवालाले उत्पादन गरेको त्यस्तो वस्तुमा आवश्यक कच्चा पदार्थको अभिलेख नदेखाई उत्पादन र भण्डारण गरी अन्तःशुल्क छलेमा इजाजतपत्र ३ महिनासम्म निलम्बन गर्न सक्ने प्रावधान अन्तःशुुल्क ऐनमा छ । गोर्खा ब्रुअरीको बदमासी पछि आन्तरिक राजस्व विभागले एक साता कम्पनी नै बन्द गराएर अध्ययन गरे पनि अझै कारबाही नभएको आम उपभोक्ता अधिकारकर्मी एवं सरोकारवालाको भनाइ छ ।

अनुसन्धानको क्रममा मापदण्डविपरीत उत्पादन भएको भेटिएपछि विभागले कमसल खालको दर्जामा पर्ने गरी नयाँ अन्तःशुल्क निर्धारण गरिदिएको हो । आन्तरिक राजस्व ऐनले जौबाट बनेको बियरमा अहिले प्रतिलिटर अन्तःशुल्क १ सय ६५ रुपैयाँ निर्धारण गरेको छ । गोर्खा ब्रअरीले जौबाट बनेको बियर भन्दै प्रतिलिटर १६५ रुपैयाँ नै तिर्न खोजेपछि आन्तरिक राजस्व विभाग कडा कारबाहीमा उत्रेको हो ।

अहिले यस कम्पनीबाट मापदण्डविपरीत उत्पादन भएको पाइएपछि कारबाही स्वरूप प्रतिलिटर ४ सय ३० रुपैयाँ अन्तःशुल्क कायम गरिएको विभागले जनाएको छ । अनुसन्धानको क्रममा माल्ट ५० प्रतिशतभन्दा कम भेट्टिएपछि ऐनअनुसार अब यस कम्पनीले प्रतिलिटर बियरको अन्तःशुल्क ४ सय ३० रुपैयाँ तिर्नुुपर्ने विभागले जनाएको छ ।

विभागले अहिले गोर्खा ब्रुअरीका केही ब्रान्डमा देखिएको गुणस्तरसम्बन्धी कमजोरीका ’boutमा कडा कारबाही हुने बताएको छ । अहिले अनुसन्धान कार्य जारी रहेको विभागको भनाइ छ ।

बियरको रेसिपीमा ५० प्रतिशतभन्दा बढी कनिका भेटिएपछि विभागले बियरको अन्तःशुल्क नभई अन्यसरहको अन्तःशुल्क तिर्न गोर्खा ब्रुअरीलाई निर्देशनसमेत दिएको छ । विभागले प्रशोधित जौको मात्र बढी हुनुपर्नेमा लोकल रक्सी बनाउने शैलीमा कनिकाको मात्रा बढी प्रयोग गरेको भन्दै यसलाई बियरको मान्यतासमेत नदिएको दाबी गरेको छ ।

अनुसन्धानको क्रममा यस कम्पनीले उत्पादन गरेको काल्र्सबर्ग बियरबाहेक अन्य बियरहरू (टुबोर्ग, गोर्खा, सानमिगल बियर)मा माल्ट (प्रशोधित जौ) को मात्राभन्दा कनिकाको मात्रा धेरै भेटिएसँगै जतिसक्दो छिटो कारबाही गर्न चौतर्फी दबाब आएको विभाग स्रोतले जनाएको छ । आन्तरिक राजस्व विभागले प्रशोधित जौको मात्र बढी हुनुपर्नेमा सो नभई अत्यधिक मात्रामा गुणस्तरहीन कनिकाको मात्रा बढी प्रयोग गरेको भेटिएको जनाएको छ ।

गोर्खा ब्रुअरीको उत्पादनमा बियरको रेसिपीमा ५० प्रतिशतभन्दा बढी कनिका भेटिएपछि विभागले बियरको अन्तःशुल्क नभई अन्य सरहको अन्तःशुल्क तिराउनु भन्दै सम्बन्धित निकायलाई निर्देशनसमेत दिइसकेको छ । केही समय पहिले चितवनस्थित आन्तरिक राजस्व कार्यालयले हेर्ने गरेको नवलपुरमा अवस्थित गोरखा ब्रुअरीको कारखाना अहिले भने आन्तरिक राजस्व कार्यालय नवलपुरले हेर्दै आइरहेको छ ।

यसरी बियरमा चाहिने माल्टको मात्राभन्दा कम माल्ट एवं जौ प्रयोग गरी कम गुणस्तरीय बियर उत्पादन गर्ने र राज्यलाई बुझाउनुपर्ने राजस्वसमेत छल्न खोजेको पाइएपछि यस कम्पनीमाथि विभाग कडा रूपले प्रस्तुत भएको विभाग स्रोतले जनाएको छ ।

खेतान ग्रुपद्वारा उत्पादन हँुदै आएको यस बियरको मुख्य मालिक राजेन्द्र खेतान हुन् । यसअघि खेतान ठगी आरोपमा प्रहरीको ‘मोस्ट वान्टेड’को सूचीमा समेत परेका थिए । आन्तरिक राजस्व विभागले गोर्खा ब्रुअरीको उत्पादनमा कनिकाको मात्रा बढी भएको विषयमा अहिले भन्सार विभागसँग मिलेर अनुसन्धान गरी कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

जसका कारण हाल यस कम्पनीबाट उत्पादित करिब ४ लाख ३७ हजार बक्स बियर कम्पनीकै गोदाममा थन्किएका छन् । आन्तरिक राजस्व विभागले कुनै पनि हालतमा गोरखा ब्रुअरीले सरकारलाई बुझाउनुपर्ने जरिमाना नतिरेसम्म सो बियर बिक्री वितरणका लागि पठाउन नदिने बताउँदै आएको छ ।

गोरखा ब्रुअरीले प्रतिलिटर थप २ सय ६५ रुपैयाँ अन्तःशुल्क सरकारलाई बुझाउनुपर्ने हुन्छ । हाल कम्पनीमा सिज भएको बियरको अन्तःशुल्क आन्तरिक राजस्व कार्यालयले तोकेबमोजिम बुझाउने हो भने अब गोरखा ब्रुअरीले २४ लाख ८ हजार ६ सय लिटरको थप अन्तःशुल्क ९० करोड ३२ लाख ७९ हजार बुझाउनुपर्ने देखिन्छ । अब यस्तो अन्तःशुल्क जसरी पनि लिने विभागको दाबी छ ।

कोरोना संक्रमण नियन्त्रणमा सरकार लागेको मौका छोपी दसैं तिहारलगायत चाडपर्वमा खाद्यान्न तथा अन्य उपभोग्य सामग्रीहरू मिसावट हुँदै आइरहेको थियो । तर, अन्तर्राष्ट्रिय ब्रान्डलाई लिएर अघि बढिरहेको गोरखा ब्रुअरीले पनि अहिले आफ्ना उत्पादनमा जौको मात्रा घटाएर कनिकाको मात्रा बढाई गुणस्तरहीन बियर बजारमा पठाउने तयारी गर्नु एकदमै दुर्भाग्य भएको विभाग स्रोतले जनाएको छ ।

यसरी मानव स्वास्थ्यसँग गम्भीर खेलबाड गरिरहेको गोरखा ब्रुअरी अझै पनि सत्ता, शक्ति र पैसाको आडमा आफ्ना कमसल उत्पादन बजारमा ल्याउने तयारी छ । तर, बियरहरू गोदाममा थन्केपछि विभिन्न बहाना बनाएर पुरानै अन्तःशुल्क तिरी उम्कन खोजिरहेको छ ।

आन्तरिक राजस्व विभागको लगाम लागेसँगै गोर्खा ब्रुअरीले उत्पादन गरेको गुणस्तरहीन बियरलाई के कसरी व्यवस्थापन गर्ने भन्ने अभियानमै लागिपर्नेुले गलत काम गर्नेलाई कारबाही गर्नैपर्छ र कानूनी कठघरामा ल्याउनैपर्छ भन्नेमा कसैको दुईमत नहुने सम्बन्धित सरोकारवालाको अपेक्षा छ । आन्तरिक राजस्व कार्यालयले निर्धारण गरेको अन्तःशुल्कविरुद्घ ६ वर्षयता फरक÷फरक अदालतमा मुद्दा दायर गरेर अन्तःशुल्क बुझाउन अटेर गर्दै आएको गोर्खा ब्रुअरीको नियतमाथि पनि अहिले थप प्रश्न उठेको छ ।

गोर्खा ब्रुअरीले पछिल्ला पाँच आर्थिक वर्षमा आन्तरिक राजस्व कार्यालयले निर्धारण गरेको जरिमाना र विलम्ब शुल्कसहितको अन्तःशुल्कमध्ये कुल १ अर्ब ४४ करोड रुपैयाँ अझै बुझाएको छैन ।

अझै झुक्याएर उपभोक्ता ठग्ने दाउ
सरकारले नयाँ अन्तःशुल्क दर कायम गरिदिएपछि पनि गोर्खा ब्रुअरीले आफ्ना केही उत्पादन थन्क्याएर अन्यलाई भने बजारमा पठाएर झुक्याउन खोजिरहेको छ । गोर्खा ब्रुअरीले सर्वसाधारणलाई ठगी गर्नकै लागि यसरी झुक्याउने प्रयास गरेपछि आन्तरिक राजस्व विभागका अधिकारी थप सक्रिय भएका छन् ।

अहिले यस कम्पनीले इन्ग्रिडेन्ट्स परिवर्तन गरेर उत्पादन सुरु गरेको जानकारी कर कार्यालयलाई गराएको छ । आन्तरिक राजस्व विभागले कर कार्यालयलाई कम्पनीले यसअघि प्रयोग गरेको इन्ग्रिडेन्ट्सको विवरण, उत्पादनको मौज्दात र बजार पठाउन बाँकी बियरको सम्पूर्ण विवरण लिन निर्देशन दिइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 645 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदानको विषयमा झडपदेखि मतपेटिका आगजनीसम्म