किसानका दुःख र पीडालाई आत्मसात गर

पानी प्रशस्त परे पनि समयमा मल नपाउँदा अपेक्षित उत्पादन गर्न नसकेका किसान फेरि पनि उत्पादित धानको बजारमा समर्थन मूल्य नपाउँदा अर्को मारमा परेका छन् । निकै दुःखको कुरा मान्नुपर्छ यस वर्ष किसानले आफ्नो लागतमूल्य पनि उठाउन धौधौ परिरहेको छ । हरेक वर्षझैं यस वर्ष पनि घरायसी ऋण छ । वैंकको किस्ता हरेक महिना तिर्नु परिरहेको छ । तर वर्षमा एकपटक उत्पादन हुने धानको बजार मूल्यमा भने निकै गिरावट आएको छ । किसानका लागि सरकारले तोकेको धानको समर्थन मूल्य आकाशको फलझैं हुन पुगेको छ । कात्तिक–मंसिर महिनाको आगमनसँगै गच्छेअनुसार घरघरमा धान भिœयाइरहेका किसान यस कुराले निकै दिक्दारीमा छन् । धान बोरामा उठाउना साथ खरिदकर्ता बिचौलियाले आफूखुसी मूल्य तोकेर गोदाम भण्डारण गरिरहेका छन् । घरमा खान पुग्नेबाहेक केही धान बेचेर ऋणतिर्ने जोहोमा लागेका किसान अब निराश भएका छन् । ऋण र तिरोभरोको हिसाब त कहाँ छ कहाँ, सरकारले तोकेको धानको समर्थन मूल्य मात्र पाए पनि उनीहरूका लागि सास फेर्न सजिलो हुने थियो । रातदिन औंला भाँचेर आफ्ना घरायसी समस्याको हिसाब र बेच्ने धानको अड्कल गरे पनि रातमा समेत किसान निदाउन सकेका छैनन् । यस्तो अवस्थामा सरकारले किसानका दुःखकष्टलाई आत्मसात गर्न सक्नुपर्छ ।

सरकारले समयमा मल उपलब्ध गराउन सकेको थिएन । किसान त्यसै पनि निराश थिए कि प्रतिफल राम्रो हुनेछैन । तर, देखाउनका लागि मात्र भए पनि सरकारले धानको वर्गीकरण र तदनुरूपको समर्थन मूल्य तोकेर लाज लुकाएको थियो । तर, आज खरिदकर्ता बिचौलियाले त्यही सरकारी मापदण्डलाई रद्दीको टोकरीमा मिल्काइदिएका छन् । उनीहरुले आफूखुसी बजार मूल्य तोक्दै किसानका घरघरबाट निकै सस्तोमा धान उठाइरहेका छन् । सरकारले तोकेको मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २७ सय ३५ रूपैयाँ र मध्यम खालको धान मूल्य प्रतिक्विन्टल २८ सय ८५ रुपैयाँ अहिले मापदण्डका रूपमा रहेको छैन । त्यही समर्थन मूल्य पनि अहिले खरिदकर्ता बिचौलियाले लत्याइदिएका छन् । सरकारले यसका ’boutमा मुख खोलिरहेको छैन । जनता भने सरकारी संरक्षणको आशामा रहेका पनि देखिन्छन् । उनीहरू खरिदकर्ता बिचौलियाको हर्कत रोक्न र केही राहत भए पनि दिन सरकारसमक्ष अव्यक्त धारणा र टिप्पणी राख्ने गरिरहेका छन् ।
धान रोपाइँ गर्दा रासायनिक मल प्रयोग गर्न नपाएकाले निकै कम धान उत्पादन हुने उनीहरूको चिन्ता अब कम मूल्यका कारण बढ्न गएको देखिन्छ । एकातिर जीविकोपार्जनको समस्या त छँदै छ, अर्कोतिर आर्थिक कठनाइ पनि उत्तिकै छ ।

जनताको खलियान र घरमा केही मात्रामा धान भए पनि मनभित्र भने चिन्ता र हैरानी मात्र देखिएको छ । नयाँ बाली भिœयाएका बखत खुसी हुनु पर्ने किसान उल्टै दुःखी हुन पुगेका छन् । किसानको यो मर्म र दुःख कसले बोध गर्ने ? यसका लागि कम्तीमा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यसम्ममा धान बिक्री गर्न पाए पनि किसानलाई ठूलो राहत मिल्ने थियो । समर्थन मूल्य तोकेपछि किसानको धान सहकारीले खरिद गरिदिने र त्यसवापत् प्रतिक्विन्टल ११२ रुपैयाँका दरले सरकारले खरिदकर्ता सहकारीलाई अनुदान उपलब्ध गराउने भन्ने निर्णय पनि गरिएको थियो । तर, इच्छुक सहकारी नै समर्थन मूल्यमा किनेको धान कसले बिक्री गरिदिने सरकारले यो कुरा स्पष्ट नपारेको भन्दै आश्चर्य व्यक्त गरिरहेका छन् । त्यसैले सरकारले छिटोभन्दा छिटो किसानको अनुहारमा खुसी छाउने गरी आवश्यक निर्णय गर्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी