पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमतिको निधन

काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी श्रीमति सीता महराको निधन भएको छ । उनको उपचारको क्रममा काठमाडौंमा निधन भएको उनको प्रेस सहयोगी डिल्ली मल्लले जानकारी दिए ।

रोल्पाको गजुल धौलेगाउँमा जन्मिएकी सीताको महरासंग २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी छन् । दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो ।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको सिताको १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा आज बिहान निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
विजयनगर गाउपालिका बन्यो एमालेको लालकिल्ला