फाइनल प्रवेशका लागि मुम्बइ र दिल्ली भिड्ने

युएइ । इन्डियन प्रिमियर लिग (आइपीएल) को लिग चरणको खेल सकिएको छ । फाइनल प्रवेशका लागि साविक विजेता मुम्बइ इन्डियन्स र दिल्ली भिड्ने छन् । यी दुई टोलीमध्ये पराजितसँग भिड्नका लागि बैंग्लोर र हैदरावादले प्रतिस्पर्धा गर्नेछन् । बैंग्लोर र हैदरावाद जत्ति नै अंक बटुलेको कोलकता भने कमजोर रनरेटले गर्दा प्रतियोगिताबाट बाहिरियो ।

शीर्ष टोली मुम्बइले खेलेको १४ खेलमध्ये ९ मा जीत र ५ मा पराजयसहित १८ अंक लिएर लिग अंक तालिकाको शीर्ष स्थानमा रह्यो । दोस्रो स्थानमा रहेको दिल्लीले ८ मा जीत र ६ मा पराजयसहित १६ अंकसहित दोस्रो स्थानमा रह्यो । यी दुईमध्ये एउटा टोली पहिलो चरणमै फाइनलमा पुग्नेछ । पराजित टोलीले प्लेअफका बैंग्लोर र हैदरावादमध्ये जसले जित्छ उससँग फाइनल प्रवेशका लागि खेल्न पाउने छ ।

गएराति सम्पन्न खेलमा मुम्बइलाई पराजित गर्दै हैदरावादले प्लेअफमा स्थान बनाएको हो । युएईको सारजाहमा हिजो भएको लिग चरणको अन्तिम खेलमा मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना कुनै विकेटको क्षतिमा पुरा गर्‍यो ।

हैदराबादका लागि डेभिड वार्नर ८५ रन तथा रिद्दिमान साहा ५८ रनमा अविजित रहे । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

उसका लागि काइरन पोलार्डले सर्वाधिक ४१ रन बनाए । बलिङतर्फ हैदराबादका सन्दीप शर्माले ३ विकेट लिए ।
पराजित भएको मुम्बई इण्डीयन्सले यसअघि नैं अंक तालिकामा शीर्ष स्थान सुरक्षित गरिसकेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 161 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एकीकृत समाजवादीबाट पोखरामा धनराज र हेटाैंडामा मीना मेयरका उम्मेदवार