लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबल गएराति सम्पन्न खेलमा स्पेनिस क्लब बार्सिलोना, इग्लिस क्लब चेल्सी र इटालियन क्लब युभेन्टस विजयी भएका छन् ।
समुह इ को खेलमा इग्लिस क्लब चेल्सीले फ्रान्सको रेनेजलाई ३–० ले पराजित गर्यो । चेल्सीका लागि टिमो वेरनर र टमी अब्राहिमले गोल गरेका थिए । यही समुहको अर्को खेलमा स्पेनको सेभियाले रुसको क्रास्नोडारमाथि ३–२ को जित निकाल्यो ।
समुह ‘एफ’ को खेलमा जर्मनीको बोरुसिया डर्टमण्डले बेल्जियमको क्लब ब्रुजलाई ३–० ले हराउँदा इटालीको लाजियो र रुसको जेनिथले १–१ गोलको बराबरीमा चित्त बुझाउनुपर्यो ।
यसैगरी समुह ‘जी’ को खेलमा स्पेनको बार्सिलोनाले युक्रेनको डाइनामो किभलाई २–१ ले पराजित गर्यो । यो समूहमा बार्सिलोनाले सतप्रतिशत नतिजा निकालेका छ । तीनमध्ये दुई खेल जितेको इटालीको युभेन्टसले हंगेरीको फेरेन्कभारोसलाई ४–१ ले पराजित गर्यो ।
च्याम्पियन्स लिगकै समुह ‘एच’ को खेलमा टर्कीको इस्तानबुल बसाक्सेरले इंग्ल्याण्डको म्यान्चेस्टर युनाईटेडलाई २–१ ले हराउँदा जर्मनीको आरबी लेप्जीगले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २–१ ले पराजित ग¥यो ।