नेपाली टोली आज ढाका जाने

काठमाडौं । बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बिहीबार ढाका प्रस्थान गर्ने भएका छन् । ढाका जाने ३४ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले बिदाई गरे । टोलीलाई बिदाई गर्दै नेपालको राष्ट्रिय झन्डा सदस्यसचिव सिलवालले गोलरक्षक किरण चेम्जोङ र फरवार्ड भरत खवासलाई संयुक्त रूपमा हस्तान्तरण गरे ।

बंगलादेश जाने टोलीमा २५ खेलाडी र ९ जना अफिसियल तथा पदाधिकारी छन् । टोलीका मुख्य सदस्य रोहित चन्द चोटका कारण टोलीमा समावेश छैनन् । यस्तै, अन्य ७ खेलाडी कोरोनाका कारण टोलीमा रहनेछैनन् । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले १२ कात्तिकबाट प्रशिक्षण थालेको थियो । ३५ जनालाई बन्द प्रशिक्षणमा राख्दा दुई चरणमा सात जनामा कोरोना पोजेटिभ देखिएको थियो । नेपाली टोली

ढाका पुगेर होटेलमा नै क्वारेन्टिन बस्नेछ । कोरोना परीक्षणपछि मात्रै टोलीको प्रशिक्षणको मौका पाउनेछ । नेपालले १३ र १७ नोभेम्बरमा ढाकाको बंगबन्धु रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा टोलीको प्रशिक्षणको जिम्मेवारी बालगोपाल महर्जनले सम्हालेका छन् । प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपिङ प्रशिक्षकमा बिकास मल्ल रहेका छन् । टिम व्यवस्थापकमा कृष्णभक्त मानन्धर छन् । फिजियोमा आविस्कार पुडासैनी र सहायक फिजियोमा रोशन पुडासैनी छन् । टिम डक्टरमा प्रविन श्रेष्ठ र एन्फा मिडिया अफिसरमा विवेक सुवेदी र अर्का एक पत्रकार मुक्तिबाबु रेग्मी पनि टोलीसँगै रहनेछन् ।

नेपाली टोलीः अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, बिकास खवास, विक्रम लामा, बिमल राना, बिशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपकोटी, रञ्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्वे, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ छन् ।

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
कर्णालीमा चार महिलाले दिए मेयरमा उम्मेदवारी