sharethis
Monday, October 18, 2021
Your Ads Here

अमेरिकी निर्वाचन : बाइडेनको अग्रता, महत्वपूर्ण राज्यहरूको परिणाममा पर्खिइँदै

वासिङ्टन । केही प्रतिस्पर्धा रहने भनिएका स्थानहरूको मतगणना पूरा हुँदासम्ममा अमेरिकी राष्ट्रपतिको प्राथमिक निर्वाचनको नतीजा शुक्रबार बिहान सन्तुलित अवस्थामा आएको छ ।

अमेरिकी नेटवर्क प्रक्षेपणका अनुसार डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो वाइडेनले आफूलाई विजय हुन आवश्यक पर्ने २७० इलेक्ट्रोरल भोटमध्ये कम्तीमा २५३ भोट हाँसिल गरेका छन् । परिणाममा एरिजोना समावेश गर्दा वाइडेनलाई कम्तीमा २६४ मत प्राप्त हुने फक्स न्यूज र एसोसिएटेड प्रेस (एपी)ले उल्लेख गरेका छन् ।

राष्ट्रपति तथा रिपब्लिक पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अहिलेसम्म २१४ भोट प्राप्त गरिसकेका छन् भने अझै केही राज्यमा रिपब्लिकन पार्टीको पक्षमा मतदान भएको प्रक्षेपण गरिएको छ । जसका कारण रिपब्लिकन पार्टीले आफ्नो विजय दावी गरिरहेको छ ।

रिपब्लिकन पार्टीको मजबुत अवस्था रहेको भनिएका धेरै स्थानहरूमा अहिले निर्वाचनसम्बन्धी बिषयलाई लिएर विवाद भएको पनि बताइएको छ । बिहीबार रातभरको मत गणनापश्चात बाइडेनलाई दक्षिणपूर्वी जर्जियामा १६ भोट आएको छ साथै यसका कारण निर्वाचनमा वाइडेनको निर्वाचन थप बलियो बनेको विश्लेषकहरूले बताएका छन् ।

नाभाडा

बाइडेनलाई नाभाडामा छ मत प्राप्त भएमा उनलाई अमेरिकी नेतृत्वका लागि बाटो सहज हुनेछ तर यसका साथै उनले अरिजोनाबाट जित्नु आवश्यक छ । करिब ८९ प्रतिशत मत गन्दासम्ममा पश्चिमी राज्य मेक्का लस भेगासमा बाइडेनले ११ हजार ५०० मतसहित अग्रता कायम गरेका छन् ।

उत्तरी क्यारोलिना

उत्तरी क्यारोलिनामा रहेका १५ इलेक्ट्रोरल भोटका लागि भएको निर्वाचनमा ९५ प्रतिशत मत गणना हुँदासम्म ७७ हजार मतका साथ राष्ट्रपति ट्रम्पले अग्रता लिएका छन् । उनलाई करिब ५० प्रतिशतको हाराहारीमा मत परेको छ भने बाइडेनले ४८.६ प्रतिशत मत पाएका छन् ।

दक्षिणपूर्वी यो राज्यमा ट्रम्पको पक्षमा बहुमत देखिएको छ तर निर्वाचनको दिनभन्दा पहिल्यै मेलबाट गरिएको मतदानको नतिजा सार्वजनिक हुन नोभेम्बर १२ गतेसम्म पर्खिनुपर्ने हुन्छ ।

जर्जिया

जर्जियामा बाडेनमाथि ट्रम्पको प्रारम्भिक अग्रता द्रुत गतिमा खस्किएको देखिएको छ किनभने डेमोक्रेटिक पार्टीको प्रभाव क्षेत्रहरूको मतगणना जारी रहेको छ । पूर्व उप–राष्ट्रपति बाइडेन अहिले अलि अगाडि छन् । ९८ प्रतिशत मत गणना हुँदासम्म बाइडेनको पक्षमा ४९.४ प्रतिशत मत आएको छ भने एक हजार ९६ मतले बाइडेनको अग्रता कायम रहेको छ ।

जर्जियामा सन् १९९२ मा बिल क्लिन्टनलाई विजय गराएपछि अमेरिकी राष्ट्रपतिमा डेमोक्र्याटको पक्षमा मत परिणाम आउन सकेको छैन ।

१६ इलेक्ट्रोरल भोट भएको जर्जियाले बाइडेन लाई २७० भन्दा तल वा थोरै माथि पु-याउने छ तर यसका लागि पनि अरिजोनाको नतिजा बाइडेनको पक्षमा आउन आवश्यक छ ।

पेन्सिलभेनिया

पेन्सिल्भेनियाको सबैभन्दा ठूलो पुरस्कार अर्थात् २० निर्वाचन मतमा ट्रम्प हाल अग्रणी छन्, तर गणना गर्न बाँकी फिलाडेल्फियाजस्ता बहुमत क्षेत्रहरू डेमोक्रेटिकका झुकाव क्षेत्र मानिन्छन् । पेन्सिल्भेनियामा ९५ प्रतिशत मत गणना हुँदासम्म ट्रम्पको अग्रता मात्रै १८ हजार मतमा कायम भएको छ । बाँकी क्षेत्र बाइडेनको पक्षमा आउने अनुमान गरिएको छ यद्यपि प्रतिस्पर्धा निकै रोचक देखिएको छ ।

एरिजोनामा ९० प्रतिशत मत गणना हुँदासम्म ४७ हजार बढी मतको अग्रतासाथ बाइडेनलाई ५०.१ प्रतिशत मत प्राप्त भएको छ भने ट्रम्पलाई ४८.५ प्रतिशत मत प्राप्त भएको छ ।

निर्वाचनको मतगणना हेरेर अमेरिकी समाचार संस्थाहरू सीएनएन र एनबीसी निर्वाचन यसैको पोल्टामा पर्छ भन्ने अनुमान गरिहाल्न नमिल्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम
एनसेलले ल्यायो चाडपर्व लक्षित ‘कुरै कुरामा उपहार’ योजना
रुखबाट लडेर घाइते भएकी महिलामा कोरोना पुष्टि, उपचारका क्रममा मृत्यु
अस्पतालले फर्काएपछि कोरोना संक्रमित समुदायमा, डकाहा बजार शिल
उहाँको अडानमा सबैको हित समाहित हुन्थ्यो
विलियनको भविष्य अन्योलमा

आजको समाचार

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
गाेहल चाैधरी : दसैंप्रति उत्साह छैन
मिडियाकाे दवावपछि कांग्रेस मलाई मन्त्री बनाउन वाध्य भयाे : डोबाटे विश्वकर्मा

साताका लोकप्रिय समाचार

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
गाेहल चाैधरी : दसैंप्रति उत्साह छैन
चाडबाड नजिकिँदा आउँछ परदेशी सन्तानको याद
धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, चार जना घाइते

भर्खरै

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
Dhruba Lamsal || 12 October 2021
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । १८ जना घाइते भएका...

कुरी-कुरी