काठमाडौं । हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको शशस्त्र प्रहरी अस्पतालले जनाएको छ ।
अस्पतालका प्रवक्ता डा. प्रवीण नेपालले कोरोनाका कारण गम्भीर बिरामी परेका गजुरेलको अवस्थामा सुधार आइरहेको जानकारी दिएका हुन् ।
अस्पतालमा रहेका गजुरेल आफै खाना खान्छन् भने चिकित्सकहरुसंग कुराकानी गरिरहेका छन् । कात्तिक १० मा कोरोना पुष्टि भएपछि गजुरेल घरमै आराम गरिरहेका थिए । तर कोरोनाले च्यापेर फोक्सोमा समस्या देखिएपछि उनी बिहीबार अस्पतालमा भर्ना भएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 419 times, 1 visits today)