घरै बस्छन् कोरोना संक्रमित, आइसोलेशन र क्वारेन्टाइन रित्तै

चुरे मकवानपुर । कोरोना संक्रमित दैनिक जसो बढेता पनि बागमती प्रदेशमा सरकारी क्वारेन्टाइन र आइसोलसन वार्डहरु भने खाली देखिएका छन् । घरैमा बसेर कोरोना जित्न सकिने र होम आइसोलेशनमा जस्तो केयर सरकारी आइसोलेशन र क्वारेन्टाइनमा नहुने भन्दै संक्रमितहरु घरै बस्न थालेका हुन् ।

कोरोना संक्रमितहरु सरकारी आइसोलेसन र क्वारेन्टाइनमा जान छोडेसँगै त्यहाँका वार्डहरु खालि हुँदै आएका छन् । सरकारी आइसोलेसन र क्वारेन्टीनमा भन्दा घरमै स्याहार पुग्ने र सामाजिक दृष्टिकोणले पनि उपयुक्त हुने भन्दै होम आईसोलेसनमा बढ्नेका संख्या बढेको हो । सरकारी तथ्याङ्क अनुसार बागमती प्रदेशका करिब ८० प्रतिशत संक्रमित घरमै बसेका छन् ।

आइसोलेसन वार्ड रित्तिदै गएपनि कोरोना पोजेटिभको संख्या भने घटेको छैन । बागमती प्रदेशमा कोरोना संक्रमितको संङ्ख्या १ लाख नाघेको छ । प्रदेश सरकारले सबै कारोना संक्रमितको उपचार गर्ने भनेपनि घरमै बस्नेहरुको संख्या बढेपछि सरकारलाई आर्थिक भार भने कम परेको मन्त्रालयले जनाएको छ । प्रदेश राजधानी हेटौंडाको सबैजसो टोलटोलमा कोरोना संक्रमित भएपनि उनीहरुमाथि निगरानी शुन्य जस्तै छ । स्वाब दिएर बजार डुल्ने र होम आइसोलेसनमा बसेकाहरुमाथि निगरानी नहुँदा संक्रमण बढ्ने जोखिम भने बढेको स्वास्थ्यकर्मीहरुको ठम्याइ छ ।

कोरोना संक्रमितहरुको पहिले जस्तो कन्ट्रयाक्ट ट्रेसिङ गरिन छाडेको छ । कोरोना संक्रमितहरु खुलेर हिँड्ने गरेकोले पनि कोरोना संक्रमण दर बढिरहेको छ । ‘म संक्रमित हुँदा घरैमा ठुलो ब्यानर टाँसियो, झण्डै डिप्रेसनको शिकार भइन, अहिले कुनै वास्तै हुन छाड्यो,’ २ महिना अगाडि कोरोना संक्रमण भएकी अधिकारकर्मी सर्मिला श्रेष्ठ भन्छिन् ‘उबेलाको हाउबुजि र अहिलेको बेवास्ता दुबै ठिक हैन ।’ पछिल्लो समय सरकारी व्यवस्था प्रति विश्वास नभएकोले संक्रमितहरु घरैमा बस्न थालेको उनको ठम्याइ छ ।

कोरोना संक्रमण भइ एकसाता अघि मात्रै निको भएकी माइति नेपाल मकवानपुरकी प्रमुख माया लामा आफू संक्रमित हुँदा घरैमा बसेको कारण राम्रो स्याहार पाएर चाँडै उठेको बताउँछिन् । ‘श्वास फेर्न साह्रै गाह्रो हुन्थ्यो, धेरै गाह्रो गरेर १४ दिनमा रिपोर्ट पोजेटिभ आयो, सरकारी आइसोलेशनमा गएको भए बिजोक हुन्थ्यो मेरो’, उनले भनिन्, ‘परिवारका माया र सद्भावसँगै हिम्मत बढाउँदा कोरोना जिते ।’
सरकारी सेवा सुविधा निशुल्क भएता पनि अहिले गुणस्तरमा प्रश्न उठ्न थालेको छ । सरकारी अधिकारीहरुको काममा इमान्दारिताको कमिले पनि सरकारी आइसोलेशनमा कोरोना संक्रमितको संख्या कम भएको बुझ्न सकिन्छ ।

हेटौंडा–६ गौरीटार आइसोलेसन वार्ड हेटौंडा इन्चार्ज सागर काफ्लेका अनुसार यहाँको आइसोलेसन वार्डमा उपचाररत कोरोना संक्रमितको संख्या हाल जम्मा ७ जना रहेको छ । १ सय २० बेड क्षमता रहेको आइसोलेसन वार्ड रित्तिदै गएपनि कोरोना पोजेटिभको संख्या भने घटेको छैन ।
जिल्लाभर सरकारी आइसोलेसनमा बस्नेको संख्या अहिले जम्मा १७ जना रहेको छ । आइसोलेसन वार्डहरु रित्तेपनि कोरोना संक्रमितले घरहरु भरिभराउ भएको छ । मकवानपुरमा मात्र होम आइसोलेसनमा बस्नेहरुको संख्या ८ सय ६१ जना रहेका छन् । बागमती प्रदेशमामा मात्रै १८ हजार भन्दा धेरै कोरोना संक्रमित होम आईसोलेसनमा बसेका छन् ।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार बागमती प्रदेशको १३ जिल्लामा शनिबारसम्म संस्थागत आइसोलेशनमा बसेकाहरुको संख्या ३ हजार ६ सय ३३ जना छन् । भने होम आइसोलेशनमा बसेकाहरुको संख्या १८ हजार ४ सय ६८ रहेका छन् । त्यस्तै होम क्वारेन्टिनमा बस्नेहरुको संख्या शनिबारसम्म १ हजार ३ सय रहेको छ भने सरकारी क्वारेन्टिनमा बस्नेहरुको संख्या जम्मा २ सय ८० जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले सबै कारोना संक्रमितको उपचार गर्ने भनेपनि घरमै बस्नेहरुको संख्या बढेपछि सरकारलाई आर्थिक भार भने कम परेको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी पुरुषोत्तम सेढाँईले बताए ।

होम आइसोलेसनमा बस्नेहरुमा सबैभन्दा धेरै काठमाडौंमा ११ हजार ३ सय ३० जना रहेको छ । यस्तै ललितपुरमा १ हजार ८ सय ३ र भक्तपुरमा १ हजार ७ सय ५० जना रहेका छन् । बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । यस प्रदेशमा शनिबार बिहानसम्म कोरोना संक्रमितको संख्या १ लाख ८ सय ९९ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रलयले जनाएको छ । जसमध्ये २१ हजार ९ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् भने ७८ हजार ४ सय २ जना निको भएर घर फर्केका छन् । हालसम्म नेपालमा १ हजार ७० जनाको कोरोनाको कारण मृत्यु भएकोमा ५ सय २६ जना बागमती प्रदेशका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सातै प्रदेशमा कांग्रेस पहिलो