आइसोलेशन सेन्टर : जुन बनेको छ आयुर्वेद, योगा र आत्मबल बढाउने स्थल

बुटवल । कोरोना संक्रमण भएर बुटवलको आइसोलेशन सेन्टरमा भर्ना हुन आएकाहरुमध्ये अधिकांशले कोरोना जितेका छन् । लक्षणसहित भर्ना हुन आएका देखि कन्ट्रयाक ट्रेसिङमा परेकाहरु सबैजसोले कोरोना जितेका हुन ।

योगा, आयुर्वेद र घरायशी वातावरणसहितको मुलुककै नमुना आइसोलेशनका रुपमा रहेको बुटवल–११, देविनगरस्थित बुटवल कोरोना विशेष आइसोलेशन सेन्टरमा आएकामध्ये अधिकांशले कोरोना जितेका हुन ।

बुटवल उपमहानगरपालिकामा रहेको तथ्यांक अनुसार हालसम्म एन्फा आईसोलेसन सेन्टरमा भर्ना भएका ३०० जना कोभिड संक्रमित मध्ये दुई ९० जनाले कोरोना जितेका छन् । यतिधेरै भर्ना भएका र कोरोना जितेको यो संख्या प्रदेशमै धेरै रहेको दाबी गरिएको छ । अहिले उक्त सेन्टरमा १० जना रहेका छन् । उनीहरुले पनि योगा, आयुर्वेद र स्वास्थ्यकर्मी एवम् जनप्रतिनिधिको निरन्तरको हौसलाले मनोबल बढाइरहेका छन् ।

योगा, आयुर्वेद र जनप्रतिनिधि नै होम आइसोलेशन र एन्फा आइसोलेशनमा हौसला बढाउन पुगेपछि कोरोना संक्रमितहरु निको हुने दर बढ्दै गइरहेको छ । एन्फामा कोरोना जित्नेहरुलाइ बिदाइ गर्दै बुटवल उपमहानगरका प्रमुख शिबराज सुवेदीले कोरोना जितेपछि समाजलाइ थप योगदान गर्न समेत सुझाब दिए ।

योगा, आयुर्वेद र घरायशी वातावरणसहितको मुलुककै नमुना आइसोलेशनका रुपमा रहेको बुटवल–११, देविनगरस्थित बुटवल कोरोना विशेष आइसोलेशन सेन्टरमा आएकामध्ये अधिकांशले कोरोना जितेका छन्

एन्फा आइसोलेशनमा संक्रमितको रेखदेमा खटिएका बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक मिनप्रसाद खनालले जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निरन्तरको निगरानीले संक्रमितलाई अलग्गै बसेको अनुभूति नै नहुने बताए ।

एन्फामा भर्ना भएर सात दिनमै कोरोना संक्रमण जितेका बुटवलका पत्रकार माधव पौडेलले बुटवलको आइसोलेशन सेन्टरमा घरायशी वातावरण रहेको बताए । उनले चाडपर्वका बेलामा हौसला बढाउन प्रमुख सुवेदी प्राय त्यहाँ जाने गरेको स्मरण गर्दै पत्रकार पौडेलले निरन्तर रेखदेख गर्नुका साथै मनोबल बढाउने काममा सबै केन्द्रित रहेको पाइएको बताए ।

टाेलटोलबाट सोधीखोजी गर्दै निशुल्क परीक्षण

बुटवलमा संक्रमित भएकामध्ये लक्षण देखिएकाहरुलाई पहिलो प्राथमिकतामा राखेर आइशोलेशनमा राख्ने र कन्ट्रयाक टेसिङ गरि निःशुल्क पीसीआर परीक्षण गरिएको छ । यो कामका लागि टोलटोलबाट सोधीखोजी गर्दै नामावली संकलन गरिएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

कन्ट्याक्ट् ट्रेसिङ र निशुल्क परीक्षणको कामलाई जारी राख्ने भन्दै हालै बसेको ६८ औं कार्यपालिका बैठक र कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले समेत निर्णय गरेको थियो । संघीय सरकारले नयाँ मापदण्ड बनाएको कुरा सार्वजनिक भईरहेका बेला बुटवलमा भने पहिलेकै जस्तै नियमित रुपमा निशुल्क परीक्षण जारी राखेको छ । कात्तिक ३ गतेदेखि हालसम्म करिब एक सय जनाको स्वाब संकलन गरी पीसीआर जाँच गर्न पठाइएको स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिए ।

आयुर्वेद बोकेर संक्रमितको घरदैलोमा जनप्रतिनिधि

कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरुका लागि उपमहानगरले भिटामिन बी,सी,डी र ई, अमला र गिलोयोको चूर्ण, जीङ्ग ट्याब्लेट, पेन्टाप्राजोल टेबलेट र सिटामोल सहितका औषधीसहितको पोको बोकेर जनप्रतिनिधिहरु संक्रमितको घरघरमा पुगेका छन् ।

उपमहानगरका प्रमुख सुवेदी, उपप्रमुख आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी तथा सम्बन्धित वडाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मासहितको टोलीले संक्रमितको घरघरमा पुगेर हौसला बढाउने काम गरेका छन् । आयुर्वेद ओखती र जडिबुटी सहित स्वास्थ्यलाभको पत्र बोकेर उनीहरू घरघरमा पुगेका हुन् ।

बुटवलले मुलुकमै पहिलोपटक कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकालाई घरमै गएर भेट्ने कार्यक्रम सुरु गरेको थियो । महामारी नियन्त्रणमा बुटवलमा भएका नमुना काम मध्येको यो पनि एउटा हो । करिब आठ सय जनालाई घरघरमा पुगेर रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद ओखती प्रदान गरिएको स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

होम आइसोलेशनमा बसेकालाई नाम टिपाउन अपील

कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरुले सम्बन्धित टोल विकास संस्था वा वडाका जनप्रतिनिधिलाई नाम टिपाउन उपमहानगरले अपील गरेको छ । संक्रमितका लागि घरदैलोमा पुग्नेदेखि अक्सिजन सिलिण्डरसहितका एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउन सहज हुने भएकाले नाम र अवस्था टिपाउन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरुले सम्बन्धित टोल विकास संस्था वा वडाका जनप्रतिनिधिलाई नाम टिपाउन उपमहानगरले अपील गरेको छ

बुटवलले यहाँ डायलासिस गराउने जुनसुकै विरामीका लागि पनि निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै, सहयोगापेक्षी सडकमानवलाई तत्कालै उद्दार गरेर आश्रममा राख्ने, परीक्षण गर्नेसम्मका उदाहरणीय काम गर्दै आएको छ । यस्तै समुदायस्तरमा कन्ट्रयाक्ट् ट्रेसिङदेखि डेंगू रोगका विरुद्धको समेत संगसंगै अभियान सञ्चालन गरिरहेको स्वास्थ्य, जनशंख्या तथा शिक्षा महाशाखा प्रमुख मित्रमणी खनालले बताए ।

सुत्केरीलाई घरमै पुगेर पोषण

यसैबीच बुटवलले गरेको अर्को नमुना काममध्ये सुत्केरीलाई घरमै पुगेर पोषण सामग्री प्रदान पनि रहेको छ । करिब तीन सय जना सुत्केरी महिलालाई महामारीकै बीचमा घरमा सुरक्षा मापदण्ड अपनाएर पोषण सामग्री वितरण गररिएको स्वस्थ्य शाखाका कर्मचारी गीता शर्मा पाण्डेले जानकारी दिइन ।

झण्डै पाँच हजार जना होम क्वारेन्टिन र आइसोलेशनमा

बुटवल उपमहानगरका १९ वटै वडालाई लक्षित गरेर होम क्वारेन्टाइन र आइसोलेशन निर्माण गरिएका छन् । त्यसका अतिरिक्त बुटवलमा घरमै मापदण्ड पुरा गरेर होम क्वारेन्टिन र आइसोलेशनमा बस्ने व्यवस्था पनि मिलाइएको छ । क्वारेन्टिन र आइसोलेशनमा गरि करिब पाँच हजार जना रहेका छन् भने दुई हजार चार सय ७४ जना र होम आइसोलेसनमा झण्डै दुई हजारजना रहेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 357 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन पठनपाठन बन्द !