यस वर्षको तिहारमा विदेशबाट फूल नआउने

काठमाडौं । यस वर्षको तिहारमा स्वदेशमै उत्पादित सयपत्री फूल प्रयोग हुने भएको छ । लामो समयदेखि भारतबाट आयातित सयपत्री फूलबाट तिहार मनाइँदै आएकामा यस वर्ष स्वदेशमै उत्पादित सयपत्रीले पुग्ने भएको छ । तिहारका लागि बर्सेनि सयपत्री खरिद गर्न लाखाै‌ रुपैयाँ बाहिरिने गरेको थियो ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठले पछिल्लो समय सयपत्रीको व्यवसाय बढेकाले स्वदेशमै उत्पादित पूmल पर्याप्त हुने बताए ।

बजारको मागअनुसार स्वदेशमा उत्पादित फूलले नै धान्न सक्ने उनले बताए । उनले यस वर्ष भारतबाट आयात नगरेर स्वदेशमै उत्पादित फूलले तिहारलाई पुग्ने बताए ।

विगतका वर्षमा तिहारका लागि मात्र भारतबाट करिब १२ लाखभन्दा बढी रुपैयाँबराबरको फूल आयात गरिन्थ्यो । एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष श्रेष्ठले यस वर्षको तिहारमा सयपत्री माला १२ लाख र मखमलीको ३ लाख गरी कुल १५ लाख माला आवश्यक पर्ने बताए ।

उनले माग कम रहेका कारण मालाको मूल्य पनि ६० देखि ७० रुपैयाँमा पाइने बताए । पछिल्लो समय सयपत्री फूलको खेती विस्तार हुँदै गएका कारण देश सयपत्रीमा आत्मनिर्भरता हुँदै गएको उनको भनाइ छ ।

श्रेष्ठका अनुसार भारतबाट कलकत्ते प्रजातिका सयपत्री ल्याइन्थ्यो । सो प्रजातिको खेती नेपालमै सुरु भइसकेको छ । पुष्प विकास केन्द्रका प्रमुख सुधीर श्रेष्ठले आयातलाई निरुत्साहित गर्न फूललाई पनि प्लान्ट क्वारेन्टिनमा समावेश गरिनुपर्ने र क्वारेन्टिनलाई प्रभावकारी बनाइनुपर्ने बताए । पुष्प क्षेत्रको प्रवद्र्धनका लागि केन्द्रले सम्बन्धित विद्यार्थी र संघ संस्थासँग सहकार्य गरी अध्ययन अनुसन्धान सुरु गरेको जानकारीसमेत गराए ।

बीउ बिजन प्रयोगशाला हेटौंडाका प्रमुख निर्मल गदालले कृषि ज्ञान केन्द्रमार्फत सयपत्री फूलको प्रवद्र्धनका लागि धेरै आधुनिक संरचना निर्माण भएकोले पनि सयपत्रीको उत्पादन बढेको बताए ।

यस वर्ष कोरोना महामारीका कारण ठूलो संख्यामा मानिस काठमाडौंबाट बाहिरिएका छन् । जसका कारण सयपत्री फूलमा आत्मनिर्भर जस्तो देखिए पनि अझै उत्पादन बढाउनुपर्ने उनको भनाइ छ ।

प्लान्ट क्वारेन्टिन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागार्इंले केन्द्रले आफ्नो तर्फबाट अनैतिक आयातलाई रोक्ने प्रयास गरिरहेको दाबी गरे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिको पालना गर्दै, अवैधानिक रूपमा भित्रिएको फूल रोक्ने, फिर्ता पठाउने तथा त्यसरी भित्रयाउन खोज्नेलाई कारबाही गरिएको हुमागार्इंले बताए । यही प्रयासअन्तर्गत यस वर्ष अवैधानिक रूपमा फूल भित्रिने क्रम केही हदसम्म कम भएको पनि उनले बताए । वैधानिक रूपमा ल्याइने वस्तुलाई भित्रिन दिनुपर्ने बाध्यता रहेको बताउँदै उनले पुष्प व्यवसायीलाई उत्पादनको दायरा बढाएर भारतीय पूmलको मूल्यसँग प्रतिस्पर्धा गर्न सकेमा पुष्प आयात घट्ने बताए ।

‘भन्सार मूल्य, कृषि सुधार मूल्य कम भएर मात्र आयात बढेको होइन, यसलाई बढाउँदैमा आयात घट्ने पनि होइन,’ उनले भने, ‘आयात कम गर्न हाम्रो उत्पादन क्षमता बढाएर आयातित फूलको मूल्य जतिकै सस्तो बनाउनुपर्छ ।’ खुला सिमानाका कारण अवैधानिक रूपमा पूmल भित्रिने समस्या विद्यमान रहेकाले यसलाई निरुत्साहन गर्न स्थानीय प्रशासन, प्रहरी र किसानले सहकार्य गर्नुपर्ने उनले बताए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले फूलको विषयमा फ्लोरिकल्चर एसोसिएसनका प्रतिनिधिसँग बसेर छलफल गरिरहेको बताए । उनले भारतबाट ल्याइने झिलिमिली आर्टिफिसिएल फूलले स्वदेशी फूललाई विस्थापित गर्ने गरेको विषयमा मन्त्रालयलाई जानकारी गराएको बताए । फूलको उत्पादनसँगै वितरण प्रणालीसमेत कमजोरी रहेकाले वितरण प्रणाली राम्रो बनाउन पर्ने उनको भनाइ छ ।

‘केही जिल्लामा पूmलको उत्पादन राम्रो हुने रहेछ । तर त्यसको वितरण र भण्डार प्रणाली भने अलि कमजोर पाइयो,’ उनले भने, ‘उत्पादन र वितरण दुवै प्रणालीलाई राम्रो बनाउन सक्यौं भने मात्र हामी फूलमा आत्मर्निभर हुन सक्छौं ।’ निकासी गर्न प्याकेजिङ र ब्रान्डिङमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, वस्तुगत परिषद्का उपसभापति लोकनाथ गैरेले फूल आयातलाई निरुत्साहित गर्न सक्दो पहल गरिरहेको बताए । ‘केही वर्षअघि नेपालको फूललाई भन्सार प्रणालीले असर गरेको थियो । अहिले केही सहज भएको छ,’ उनले भने, ‘तीन वर्षअघि भन्सारमा फूलको मूल्यांकन दर एकदमै कम थियो । हामीले भन्सारका मूल्यांकन समितिका प्रतिनिधिसँग छलफल गरेर अलि केही बढाएका छौं । यसले स्वदेशी फूलमा भन्सार दर लाग्दैन ।’

आयातित फूलमा पनि भन्सार दर बढाउन महासंघले छलफल गरेको उनले बताए । ‘कृषिजन्य वस्तु आयात गर्दा ५ प्रतिशत कृषि सुधार शुल्क लाग्ने गरेको छ । यसलाई घटाउन भारततर्फबाट धेरे बहस भए तर महासंघले घटाउन दिएको छैन,’ उनले भने ।

अहिले भारतलगायत तेस्रो मुलुकबाट फूल आयात गर्दा १० प्रतिशत शुल्क लाग्ने गरेकाले स्वदेशी फूललाई राहत भएको उनले बताए ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले कृषक, व्यवसायी, सरकारलगायत सबै सरोकारवाला निकायको प्रयासबाट नेपाल सत्रपत्रीमा आत्मनिर्भरोन्मुख अवस्थामा पुगेको दाबी गरे । सरकारले जारी गरेको पुष्प प्रवद्र्धन नीति, पुष्पमहोत्सवमा सहयोग, सयपत्री फूल खेती प्रवद्र्धन जस्ता कार्यक्रमका कारण टेवा पुगेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एक्लै चुनाव लड्न काँग्रेसलाई कार्यकर्ताको दबाब