कोरोना संक्रमणबाट गण्डकीमा थप ४ जनाकाे मृत्यु

फाइल तस्वीर

 

पोखरा । गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको छ । गएको २४ घण्टामा प्रदेशका थप ४ जनाको ज्यान गएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार विज्ञप्ति जारी गरी ३ पुरुष र १ जना महिलाको ज्यान गएको पुष्टि गरेको हो । पोखरा–८ का ६७ वर्षीय पुरुषको आइतबार गण्डकी मेडिकल कलेज पोखरामा उपचार क्रममा मृत्यु भएको छ । गत कात्तिक १३ मा कोभिड–१९ पुष्टि भएका ती पुरुषमा निमोनिया समेत समस्या थियो ।

यसैगरी, पोखरा ९ की ७५ वर्षीया महिलाको आइतबार गण्डकी मेडिकल कलेज, पोखरामा उपचारक्रममा मृत्यु भएको छ । गत कात्तिक १८ मा कोरोना पुष्टि भएकी ती महिलामा निमोनिया समेत देखिएको थियो ।

पोखरा–१३ का ९२ वर्षीय पुरुषको शनिबार होम आइसोलेसनमै मृत्यु भएको छ । उनमा गत कात्तिक १६ मा संक्रमण पुष्टि भएको थियो । उता, स्याङ्जाको गल्याङ नगरपालिका वडा ७ का ५० वर्षीय पुरुषको आइतबार लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारक्रममा मृत्यु भएको छ । मधुमेह लगायत रोगबाट ग्रसित ती पुरुषलाई कात्तिक १८ मा कोरोना देखिएको हो ।

कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता समेत रहेका स्वास्थ्य निर्देशक डा. विनोद बिन्दु शर्माका अनुसार गण्डकीमा हालसम्म कोरोना संक्रमितको संख्या ९ हजार ७१ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
विजयनगर गाउपालिका बन्यो एमालेको लालकिल्ला