अब नियमित अन्तर्राष्ट्रिय हवाई उडान

काठमाडौं । सरकारले अब नियमित रूपमा अन्तराष्ट्रिय उडान सुरु गर्ने तयारी गरेको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण चैतयता बन्द शैक्षिक संस्थाहरू खुलाउने विषयमा छलफलसमेत थालेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको हिजो आइतबार बसेको बैठकले नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

सीसीएमसी बैठकले दक्षिण एसियालगायतका उपयुक्त गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको हो । सीसीएमसी बैठकले लकडाउनयता बन्द शैक्षिक संस्थाहरू खुला गर्ने विषयमा पनि छलफल गरेको छ ।

सीसीएमसी सदस्य सचिव महेन्द्र गुरागाईंका अनुसार संक्रमणको पछिल्लो अवस्था’bout विश्लेषण गरेर शैक्षिक संस्थाहरू खुला गर्ने वा नगर्ने निर्णयमा पुग्ने सहमति भएको छ ।

सीसीएमसीले केबलकार सञ्चालन, जंगल सफारी, साहसिक पर्यटनलगायतका पर्यटन गतिविधि खुला गर्ने प्रस्ताव पनि गरेको छ । बैठकले कोरोना महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेकाहरूको उद्धार अन्त्य गर्ने निर्णयसमेत गरेको छ । सरकारले हालसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार भएको जनाएको छ । कूटनीतिक नियोगका कर्मचारीका परिवारलाई नेपाल आउन दिने निर्णय भएको छ ।

सीसीएमसीले विदेशबाट आउन खुला रहने अन्तर्राष्ट्रिय सीमा नाकामा बैतडीको झुलाघाटलाई पनि थप्न सिफारिस गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार