Friday, June 18, 2021
Home Breaking News धमाधम लागु औषध कारोबारी र सेवनकर्ता पक्राउ

धमाधम लागु औषध कारोबारी र सेवनकर्ता पक्राउ

एक महिनाको अवधीमा ११ जना प्रहरी फन्दामा

,

सप्तरी, राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले लागु औषध नियन्त्रण अभियान कडाईका साथ संचालनमा ल्याएपछि धमाधम सेवनकर्ता र कारोबारी पक्राउ पर्न थालेका छन् ।

यसैक्रममा आइतबार साँझ ७० हजार नगदसहित दुई जना लागु औषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरीको सप्तकोशी नगरपालिका २ फत्तेपुर निवासी ३५ वर्षिय ब्रिटिस थापा मगर र सोही नगरपालिका वडा नं. १ निवासी ३० वर्षिय भूमिराज थापा छन् । साँझ ५ बजेतिर भारतीय सीमासँग जोडिएको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित रम्पुरा बेरियाघाट सडकमा सहायक प्रहरी निरिक्षक रामनजी यादवको कमाण्डमा खटेको टोलीले चेकजाँच गर्दा थापाद्वय पक्राउ परेका हुन् ।

स.८प. ९०९५ नम्बरको मोटरसाइकल चढेर आँउदै गरेका थापाद्वयको साथबाट ७० हजार नगद तथा प्रतिबन्धित लागु औषध बरामद भएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बताए । ७० हजार नगदका साथै उनीहरुको साथबाट प्लाष्टिकको झोलामा लुकाई राखिएको डाईजिल्याब ५० एम्पुल, फेनारगन ५० एम्पुल, लुपिजेसिक ५० एम्पुल बरामद भएको जानकारी दिएका प्रहरी उपरिक्षक धमलाले थापाद्वयलाई सोमबार सप्तरी जिल्लन अदालतबाट म्याद थप गराई लागु औषध ऐन अन्तरगत आवश्यक कारवाही प्रकृया अघि बढाइएको बताए ।

उनीहरु भारतीय बजारबाट प्रतिबन्धित लागु औषध खरिद गरि ल्याउने र नेपालको विभिन्न सहरमा लुकिछिपी बिक्रि बितरण गर्दै आएको अनुसन्धानको क्रममा खुलेको उनको भनाई छ ।

जिल्ला प्रहरीले लागु औषध नियन्त्रण अभियान थालेको एक महिना नबित्दै ११ जना लागु औषध कारोबारी र सेवनकर्ता पक्राउ गरिसकेका छन् । त्यस्तै यस अवधीमा पक्राउ परेकाहरुबाट २ हजार २० पिस नाइट्रोजन ट्याब्लेट, ६७ सि डाइजील्याब, १ सय ४४ पिस स्पास्मोप्रोभेल ट्याब्लेट, ५० एम्पुल लुपिजेसिक, ६४ बोतल कोरेक्स, ५० एम्पुल फेनारगन र ५० ग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।

(Visited 152 times, 1 visits today)
Loading comments...

आजको समाचार

वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

  इटहरी । झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकीमा लामो समयको राजनीतिक खिचातानी शुक्रबार उनको पक्षमा विश्वासको मतसँगै अन्त्य...

साताका लोकप्रिय समाचार

वालिकालाई खेलाउछु भन्दै आँप बगैचामा लगेर बलात्कार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीकी ४ वर्षीया बालिका आफ्नै छिमेकीद्वारा बलात्कृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बालिकालाई सोही वडाका ५० वर्षीय छेदु...

२९१८ जनामा काेराेना संक्रमण पुष्टि, ५१४७ संक्रमणमुक्त

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५३ जनाको...

मेलम्ची खानेपानी आयोजनाका ८ जना सम्पर्कविहीन

काठमाडौं । वर्षाका कारण आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् ।तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार...

कांग्रेस महाधिवेशन भदौ १६ देखि

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

ट्रेन्डिङ

सार्वजनिक सेवामा निर्णय निर्धारण

व्यक्तिगत तथा संस्थागत जीवनमा निर्णय लिनु अपरिहार्यता हो । निर्णय निर्धारण प्रत्येक जीवात्माको अनिवार्यता हो भन्दा पनि हुन्छ । निर्णय नलिएसम्म गतिशीलता, परिवर्तन र...

प्रहरीको यातनाले दलित युवकको मृत्यु भएको भन्दै प्रहरी कार्यालय घेराउ

गौर । रौतहटमा प्रहरी हिरासतमा रहेका एक दलित युवकको मृत्यु भएपछि स्थानीयले आन्दोलन सुरु गरेका छन् । प्रहरीको ज्यादती बढेको भन्दै आज (बिहीबार) हजारौंको संख्यामा...

हत्या, हिंसा र आतंकले विकास अघि बढ्दैन : मुख्यमन्त्री राई

इलाम । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले हत्या, हिंसा, आतंकले विकास अघि नबढ्ने बताएका छन् । इलामको माङसेबुङ गाउँपालिकाको माङमालुङमा महाप्रभु ज्योतिनन्द...

दुई अर्बको कर छली : १६ आरोपीविरुद्ध मुद्दा

काठमाडाैं । दुई अर्ब बढी राजश्व छली गरेको अभियोग लागेका १६ जनाविरुद्ध आज राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि...

नेपालको पहिलो जीत, एसिया कप खेल्ने नेपालको सम्भावना जीवितै

काठमाडौं । थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । बैंककको...

कोरोना संक्रमितको गुनासो–‘आइसोलेसनमा भेडा बाख्रा थुने जस्तो छ’

इटहरी । इटहरी ४ का प्रकाश नेपाललाई गत असोज ८ गते कोरोना भाइरस संक्रमणको पुष्टि भयो । ५ गते स्वाब दिएका उनलाई ८ गते...

ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेकपा केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ । बैठक बिहान साढे ८ बजे भनिएको थियो...

२५ जनाको ज्यान लिने चितुवालाई चितवन लगियो

बैतडी । बैतडीको मेलौली नगरपालिका ९ असुरमा खोरमा फसेको चितुवालाई उद्धार शनिबार गरिएको छ । बिहीबार राती चितुवा खोरमा फसेको थियो ।...

रामचन्द्र पौडेललाई गिरफ्तारी गरेकाेमा देउवाकाे आपत्ति

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको भनी आपत्ति प्रकट व्यक्त गरेका छन् । कांग्रेसले तनहुँको व्यास...

गुणस्तरहिन खाना खुवाएको भन्दै कोरोना संक्रमितद्धारा खाना बहिस्कार

सप्तरी, राजविराज । प्रदेश २ सरकारले संचालनमा ल्याएको साईकृष्णा मेडिकल कलेजभित्र रहेको आइसोलेशन सेन्टरमा बसेका संक्रमितले खाना बहिष्कार गरेका छन् । मुलुककै सबभन्दा बढी एक...

जसपा कार्यकारिणी समिति बैठक परिचयमै दिनभर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठक हिजो बुधबारदेखि सुरु भएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल र समाजवादी पार्टीबीच गत...

नेपालले किन र केका लागि खेल्ने ?

नेपाली खेलकुद बजार र लगानी पश्चिमी मुलुकहरुमा जस्तो नेपाली खेलकुद क्षेत्रमा कति खर्च भैरहेको छ भन्ने वारेमा तथ्याङ्क खोज्ने काम निक्कै गाह्रो हुन्छ । नेपाल...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)