विहारमा मतगणना सुरु : मुख्यमन्त्री को बन्ला, नितिश कुमार वा तेजस्वी ?

नयाँ दिल्ली ।  विहारमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ । कोरोना महामारीका बीचमा तीन चरणमा मतदान सम्पन्न भएको थियो ।

बिहार निर्वाचन आयोगकाअनुसार करिब ५८ प्रतशित मत खसेको छ जुन २०१५ मा भएको मतदानभन्दा बढी हो । नोभेम्बर २९ मा त्यहाँको विधानसभाको कार्यकाल समाप्त हुनेछ । २४३ सिटका लागि भएको मतदानमा जितका लागि कुनै पनि पार्टी या गठबन्धनले कम्तिमा १२२ सिट जित्नुपर्ने छ ।

नीतिशकुमार पछिल्लो १५ वर्षदेखि मुख्यमन्त्री छन् । उनी लगातार चौथो कार्यकालका लागि चुनावी मैदानमा छन् । मुख्य प्रतिष्पर्धा नितीश कुमार नेतृत्वमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन अर्थात एनडीए र तेजस्वी यादवको नेतृत्वमा रहेको महागठबन्धनबीच हुँदैछ ।

एनडीएमा जनता दल युनाइटेड (जेडीयू), भारतीय जनता पार्टी (बीजेपी), हिन्दुस्तानी अवाम मोर्चा (हम), विकाससिल इन्सान पार्टी (वीआईपी) रहेका छन् ।

महागठबन्धनमा राष्ट्रिय जनता दल (आरजेडी), कांग्रेससहित तीन वामपन्थी पार्टी कम्युनिष्ट पार्टी अफ इन्डिया (सीपीआई), कम्युनिष्ट पार्टी अफ इन्डिया (माक्र्सवादी) सीपीएम र कम्युनिष्ट पार्टी अफ इन्डिया माक्र्सवादी लेनिनवादी (लिबरेशन) छन् । एनडीएको तर्फबाट नितीश कुमार रहेका छन् भने महागठबन्धनका तर्फबाट ३१ वर्षका तेजस्वी यादव रहेका छन् ।

२०१५ मा नितीश कुमार आरजेडीसँग मिलेर चुनाव लडेका थिए भने तेजस्वी यादव उपमुख्यमन्त्री बनेका थिए । तेजस्वी पूर्वमुख्यमन्त्री लालु यादवका छोरा हुन् । उनलाई चुनावदेखि नै बधाई तथा शुभकामना आइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 251 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरामा एकीकृत समाजवादी ७ सय मतान्तरले अगाडी