Friday, June 18, 2021
Home अर्थ गण्डकी प्रदेश ढकाल प्यानलको पक्षमा

गण्डकी प्रदेश ढकाल प्यानलको पक्षमा

,

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा गण्डकी प्रदेशअन्तर्गतका सम्पूर्ण जिल्ला नगर अध्यक्षले वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलको पक्षमा देखिएको छ ।

चुनावी प्रचारप्रसारको दौरानमा रहेको ढकाल प्यानललाई आइतबारसाँझ पोखरामा स्वागत गर्दै गण्डकी प्रदेशका अध्यक्ष सञ्जिवबहादुर कोइरालाले गण्डकी प्रदेशका १६ वटै जिल्ला नगरका अध्यक्षले ढकाल प्यानललाई मतदान गर्नेे निर्णय कार्यसमितिबाटै सर्वसम्मत रूपमा गरेको जानकारी दिए ।

कार्यक्रममा उपस्थित गण्डकी प्रदेशका १३ जिल्ला तथा नगरका अध्यक्षले अहिलेको अवस्थामा वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र जिल्ला नगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारीलाई जिताइने बताए ।

‘बाग्लुङ जिल्लामा जन्मिएर सानो व्यवसायबाट सुरु गरी ठूलो व्यवसायसम्म सफलतापूर्वक सञ्चालन गरिसकेका ढकाल र डेढ दशकदेखि जिल्ला नगरकै समस्यासँग जुध्दै आएका गुणनिधि तिवारीलाई नेतृत्वमा पाएको छौं,’ कार्यक्रममा उपस्थित जिल्ला नगरका केही अध्यक्षले भने, ‘हामी उद्योगी व्यवसायीका समस्यालाई सरकारसँग राख्दै समस्या समाधानका लागि पनि ढकाल प्यानललाई जिताउनु जरुरी छ ।’

सो कार्यक्रममा गण्डकी प्रदेशअन्तर्गत लमजुङ जिल्लाका अध्यक्ष राजेश थापा, बाग्लुङका अध्यक्ष युवराज राजभण्डारी, पर्वतका अध्यक्ष केदारनाथ शर्मा, स्याङजाका अध्यक्ष विक्रान्त श्रेष्ठ, पोखराका कार्यवाहक अध्यक्ष नारायण पराजुली, लेखनाथका अध्यक्ष बलराम ढकाल, देवचुलीका अध्यक्ष रेशमराज सापकोटा, नवलपुरका अध्यक्ष डासुराम पोखरेल, शुक्लागण्डकीका अध्यक्ष हरिकुमार श्रेष्ठ, गल्याङका अध्यक्ष यज्ञप्रसाद अर्याल, गंैडाकोटका अध्यक्ष अमृत भट्टचन, वालिङका अध्यक्ष शोभाकान्त पौडेल र म्याग्दीको प्रतिनिधित्व गर्दै पूर्वअध्यक्ष कुविरकुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।
साथै सो कार्यक्रममा अन्य प्रदेशका पनि २० भन्दा बढी जिल्ला तथा नगरका अध्यक्षको उपस्थिति रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले जिल्ला नगरका अध्यक्षको गुनासोलाई सम्बोधन गर्दै आफू नेतृत्वमा पुगेपछि यसअघि देखिएका जिल्ला नगरका साथीको गुनासो आगामी दिनमा आउन नदिने वचनबद्धता व्यक्त गरे ।

‘सुदूरपश्चिमको धनगढीदेखि गण्डकी प्रदेशसम्म आइपुग्दा सबैजसो जिल्ला नगरका साथीले नेतृत्वमा रहेका व्यक्तिले फोन नउठाएको, महासंघको साख खस्कियो भन्ने गुनासो गर्नुभएको छ,’ उनले भने, ‘म महासंघमा पुगेसँगै यी दुवै समस्या तत्काल सम्बोधन हुनेछन् ।’

यस्तै,कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधि तिवारीले महासंघको विधानमा रहेको जिल्ला नगरको ५० प्रतिशत अधिकारको लागि पनि सो पदमा जिल्ला नगरकै प्रतिनिधित्व गर्ने व्यक्तिलाई जिताउनुपर्ने बताए ।

‘अहिले पनि महासंघको विधानमा जिल्ला नगरको मतभार ५० प्रतिशत रहेको छ तर त्यसअनुरूप अधिकार दिइएको छैन,’ उनले भने, ‘अबका दिनमा जिल्ला नगर परिषद्लाई सशक्त बनाएर महासंघभित्र हामी जिल्ला नगरका उद्योगी व्यवसायीको अधिकार स्थापित गराउन पनि यसपटकको निर्वाचनमा मैले उम्मेदवारी दिएको हुँ ।’
कार्यक्रममा महासंघका कोषाध्यक्ष निरक केसी, केन्द्रीय सदस्य डीबी बस्नेतलगायले अहिलेको अवस्थामा महासंघ नेतृत्वमा रहेर व्यवसायीका समस्या समाधानका लागि चन्द्र ढकाल जत्तिको व्यक्ति अरू नभएकाले आफूले पनि समर्थन गर्दै अघि बढेको बताए ।

(Visited 163 times, 1 visits today)
Loading comments...

आजको समाचार

महर्जन एरोविक टिटिको ब्रान्ड एम्बेसडर

काठमाडौं । पूर्व अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । एरोविकले महर्जनलाई ३...

वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

  इटहरी । झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना...

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन् । आजको प्रदेशसभा बैठकमा उनले विश्वासको मत पाएको सभामुख नेत्रनाथ अधिकारीले...

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

साताका लोकप्रिय समाचार

कविता : मेच नछोड्नुस्

मेच नछोड्नुस् चाँडो गर्नुस् यो आसन सधैँ खाली रहँदैन अरु पनि बस्न सक्छन् एक पटक बस्नुस् बसेपछि नछोड्नुस् जनता र देशलाई बिर्सनुस् मेच भाचिए भाँचिन दिनुस् आदर्श च्यातिए च्यातिन दिनुस् प्यान्ट च्यातिएर भ्वाङ्ग...

अब सहकारी संस्थाका सदस्यहरुले अनलाईनबाटै घरमै बसी बसी नया खाता खोल्न सक्ने

  काठमाडाैं । अब सहकारी संस्थाका सदस्यहरुले अनलाईनबाटै घरमै बसी बसी नया खाता खोल्ने तथा आफ्नो केवाइएम अपडेट गर्न सक्ने भएका छन् | प्रविधिको प्रयोग...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

पलेसाले पाराओलम्पिक खेल्ने पक्का

काठमाडौं । नेपाली पारातेक्वान्दो खेलाडी पलेसा गोवर्धनले टोकियो पाराओलम्पिक गेम्स २०२० खेल्ने पक्का भएको छ । नेपाल तेक्वान्दो संघले विज्ञप्ति जारी गर्दै पलेसाले वाइल्डकार्डमार्फत...

ट्रेन्डिङ

२ खर्ब ४ अर्ब रेमिट्यान्स बाहिरियो

काठमाडौं । नेपालीले मलेसिया र खाडी राष्ट्रमा ठूलो जोखिम मोलेर पठाएको रेमिट्यान्सको अनुपातमा नेपालमा रहेका अन्य मुलुकका कामदारले लैजाने रेमिट्यान्स परिमाणसमेत भयावह रहेको पाइएको...

न्याय नपाएको भन्दै रौतहटका दलितले बुझाए ज्ञापनपत्र

रौतहट । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा मृत्यु भएका १९ वर्षिय विजय रामको घटनाका सम्बन्धमा हाल सम्म पनि कारवाहि नभएको भन्दै रौतहटका...

प्रदेश १ मा गठन भयो नेपाल चलचित्र कलाकार संघ

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको प्रदेश १ मा प्रदेश शाखा गठन भएको छ । नेपाल चलचित्र कलाकार संघका केन्द्रीय अध्यक्ष रवीन्द्र खड्काको प्रमुख...

पशुपतिनाथ मन्दिर खुलाउन राष्ट्रपतिद्वारा क्षमासहित विशेष पूजा

काठमाडौँ । भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेकी छन् । प्राचीनकालदेखि नियमितरुपमा...

मन्त्रिपरिषद्को बैठकपछि संवैधानिक परिषद् बस्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक मन्त्रिपरिषद्को बैठक डाकेका छन् । उनले आजै संवैधानिक परिषद्को बैठक पनि आजै बोलाएका छन् । मन्त्रिपरिषद्को...

कालिकोटेलाई १५ र २८ गते विशेष दिन

कालिकोट । कालिकोटमा रहेको स्वास्थ्य सेवा कार्यालयबाट स्थानीयले दुई दिन मात्र विशेषज्ञ सेवा पाउने गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चिकित्सकले...

मकवानपुरमा नेकपा र जसपाले बहिष्कार गरे निर्वाचन कार्यालयको बैठक

हेटौंडा । वर्तमान सरकारले घोषणा गरेको निर्वाचनका लागि मकवानपुरमा आज आयोजना गरिएको बैठक नेकपा र जनता समाजवादी पार्टी (जसपा) बहिष्कार गरेका छन् । जिल्ला...

वामदेवको आँखामा तीन गुट सक्रिय

काठमाडौं । नेकपामा देखिएको विग्रह रोक्न भन्दै ६ बँुदे प्रस्ताव सार्वजनिक गरी चर्चामा आएका उपाध्यक्ष वामदेव गौतमले गुटै गुटको भेलाले पार्टी कमजोर भएको विश्लेषण...

टेलिकमको प्रतिदिन एक जीबी डाटा प्याक अफर

काठमाडौं । नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफरअन्तर्गतको प्रतिदिन एक जीबी डाटा प्याकलाई थप सुविधासहित केही परिमार्जन गरेको छ । परिमार्जित अफर शुक्रबार...

एकवर्षमा ४ अर्ब २२ करोड ४७ लाखको प्याज आयात

काठमाडौं । आर्थिक वर्ष २०७६-७७ मा ४ अर्ब २२ करोड ४७ लाख रुपैयाँभन्दा बढीको विदेशी प्याज आयात भएको छ । भन्सार विभागअनुसार सो अवधिमा...

सङ्घीयताले जनतालाई क्रमश सार्वभौम बनाउदैछ

पोखरा । नेपालमा संघीयता लागू हुनुअघिदेखि यसका अवसर र चुनौतीबारे छलफल हुँदै आएको छ । पछिल्लो प्रतिनिधिसभा विघटनपछि संघीयताकै भविष्यबारे पनि चिन्ता पोख्नेहरू बढेका...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)