Thursday, August 5, 2021
Homeबिचारअमेरिकी जनमतमा मध्यमवर्ग हावी

अमेरिकी जनमतमा मध्यमवर्ग हावी

,
sharethis

अमेरिकाको ४६औं राष्ट्रपतीय निर्वाचनमा डेमोक्य्राट पार्टीका जो बाइडनले विजय प्राप्त गरेसँगै अमेरिकामा मध्यम वर्गीय जनताको फेरि पनि हात माथि परेको छ । उच्च तथा अति धनाढ्य वर्गको प्रतिनिधिका रुपमा रहेका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक वर्गको हित र स्वार्थ सम्बोधनका हिसाबले अहिले असफल हुन पुगेका छन् । यसअघि निकै तामझाम र मतका साथ विजयी भएका उनी अहिले धेरै फरक रहेको इलेक्टोरल मतका साथ हार बेहोर्न पुगेका छन् । अमेरिकी समाज त्यसै त मध्यमवर्गको बाहुल्य रहेको छ, त्यसमा पनि यो वर्गको संख्या विशेष गरी दुई कारणले थपिइरहेको छ । एक हो, अमेरिकी जीवनस्तरमा क्रमिक वर्गोत्थान र अर्को हो, बढ्दो आप्रवासन आकर्षण । आप्रवासनको प्रक्रियामा अमेरिका भित्रिइरहेका जनसंख्या पनि मध्यमवर्गको रहेको छ । यही बढ्दो मध्यमवर्गको जीवनस्तर र स्वार्थमा धक्का लाग्ने काम ट्रम्पबाट हुन गएपछि उनी अमेरिकी जनमतद्वारा अस्वीकृत हुन गएका हुन् । चुनावकै मुखमा आएर पनि कतिपय सुधारका लागि अपेक्षित क्रियाकलाप ट्रम्पबाट नभएपछि निर्णायक मत उनको विरुद्धमा गएको हो । यो मत मध्यमवर्गीय नै हो ।

ट्रम्पको कार्यकालमा जेजति कुराहरू सर्वोच्च प्राथमिकतामा परे, ती सबै उच्च घरानियाँ र अति धनाढ्यका हित र स्वार्थ अनुकूल थिए । ट्रम्पले चीनसँग व्यापार युद्ध अघि बढाउनुका पछाडि अमेरिकी उच्च धनाढ्यका फ्याक्ट्री तथा फार्महरूको उत्पादन बिक्री गराउनु थियो । चिनियाँ सामानमा चर्को व्यापार कर लगाएर अमेरिकाभित्र चिनियाँ बजार साँघुरो बनाउने र अमेरिकी उत्पादन चर्को मूल्यमा बेचेर मुनाफा लिने उनको सोच र स्वार्थ निहित थियो । यो केही हदसम्म सफल हुन गयो पनि । तर यसको ठूलो मार मध्यम वर्गमा पर्न गयो । मध्यम तथा निम्नवर्गका मानिसले सस्तो मूल्यमा उपभोग गर्दै आएका चिनियाँ सामानको अभाव भयो । फलतः ट्रम्पप्रति आक्रोश र घृणा बढ्दै गयो । सर्वसाधरणका लागि अमेरिकी बजार छोइनसक्नुको हुन गयो । उनीहरुले ट्रम्पको संरक्षणवादी नीति धनाढ्यका लागि मात्र अनुकूल भएको अनुभूत गर्न थाले । उनको अमेरिकालाई फेरि महान् बनाउने भन्ने नारा मुठ्ठीभर धनाढ्का हितमा मात्र भएको महसुस गर्न थाले । जनमत क्रमशः उनको कित्ताबाट पर सर्न थाल्यो । यो कुरा उच्च धनाढ्यका प्रतिनिधि ट्रम्पलाई थाहा भएन । उनी ती मुठ्ठीभर धनाढ्यका चौघेरामा रमाउन र सन्तुष्टि लिन थाले ।

निर्वाचनसँगै ट्रम्पको अति उग्र र अति दक्षिणपन्थी क्रियाकलापले लोकप्रिय मतमा निकै ठूलो घाटा पु¥यायो । उनी जतिजति नश्लवादी र श्वेत प्रतिनिधि बन्दै गए, त्यतित्यति अमेरिकी समाजमा फाटो आउन थाल्यो । समाजमा हुँदै गएको यो विभाजन स्वयं श्वेत अमरिकीलाई समेत मन परेन । आफंै त निशानामा परिरहेको अमेरिका, त्यसमा पनि घरेलु रूपमै काटाकाट र मारामार हुन गएमा त्यो निकै भयावह हुन जाने र देश अराजकतामा फस्ने स्थितिको सिर्जना हुन थाल्यो । यसले पनि ठूलो सन्त्रास सिर्जना ग¥यो । अमेरिकाभित्रै श्वेत गार्डहरूको कालामाथिको बर्बर दमन कसैका लागि सैह्य थिएन । परम्परावादी रुढीवादी ट्रम्पले यस कुरामा हेक्का नै पु¥याएनन् । बरु काला र अन्य आप्रवासीमाथि निरन्तर हेय, घृणा, दमन र विभेदको नीति अख्तियार गरिरहे । यसले अमेरिकी जनताको विशाल पंक्तिमा असन्तुष्टि पैदा गरिदियो । परिणामतः ट्रम्प त्यसको सिकार हुन गए । उनी पराजय बेहोर्न बाध्य भए ।

(Visited 128 times, 1 visits today)

आजको समाचार

बँदेललाई पासाे थापेकाे करेन्ट लागेर दाजुभाइको मृत्यु

बैतडी । जङ्गली बँदेलका लागि पासाे थापेकाे ठाउँमा करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

साताका लोकप्रिय समाचार

‘दाचुुर्ला काण्ड’ को विरोधमा विप्लव माओवादीको विरोध

तुलसीपर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा विरोध प्रर्दशन गरेको छ । जयसिंह धामी हत्याको विरुद्ध ‘दार्चुला काण्ड’मा तुलसीपुर बजारमा विरोध प्रदर्शन...

भिडियो बनाउन नसकेर गीत थन्क्याएको रामकृष्णको गुनासो

काठमाडौं । गायक रामकृष्ण ढकालले आजकाल जति राम्रो गीत गाए पनि राम्रो भिडियो नबनाउँदा गीत नचल्ने बताएका छन् । मंगलबार काठमाडौंमा एक समारोहबीच आफ्नो...

राजधानीका सडक भ्वाङै भ्वाङ

काठमाडौं । वर्षा लागेसँगै काठमाडौं उपत्यकामा सडक खाल्डाखुल्डीले भरिन थालेका छन् । यहाँका सडक हिउँदमा धुलाम्मे, वर्षा लागेसँगै हिलाम्मे र खाल्डाखुल्डीले भरिन थाल्छन् ।...

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र...

भरिँदै आईसीयू र भेन्टिलेटर

काठमाडौं । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले...

ट्रेन्डिङ

मस्त निन्द्रामा रहेको बेला अमृतालाई गोली हानिएको थियो

रौतहट । रौतहटमा बुधबार राती फेरी एक युबतीको सुतिरहेको अबस्थामा हत्या भएको छ । जिल्लाको माधवनारायण नगरपालिका वाड नंं ७ लौकाहाकी १७ वर्षीया अमृत...

अभिनेता विवेक ओबेराय इति बनाउँदै

मुम्बई । गत वर्ष फिल्म नरेन्द्र मोदीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिका निर्वाह गरेका अभिनेतान विवेक ओबेराय यतिबेला नयाँ फिल्म ‘इति’को निर्माणमा जुटेका छन्...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)