पोग्बाको रियल जाने रहर

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रान्सेली मिडफिल्डर पाउल पोग्बाले यो सिजन राम्रो सुरुवात गर्न सकेका छैनन् । त्यसो त टोलीले पनि प्रिमियर लिगमा सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । जसका कारण टोली अंक तालिकाको १४औं स्थानमा छ । पोग्बाले पनि पहिलो रोजाइ गुमाउने खतरा बढेको छ ।

युनाइटेडसँग पोग्बाको सम्झौता सन् २०२२ सम्म रहेको छ । तर २०१८ का विश्व कप विजेतालाई विक्री गर्ने सम्भावना पनि रहेको छ । यदि रियल म्याड्रिडले उनीमाथि चासो देखाएमा युनाइटेड विक्रीका लािग तयार हुन सक्ने अनुमान गरिएको छ । अब खुल्ने सरुवा बजारमा ६० मिलियन युरो दिनका लागि रियलले प्रस्ताव गरेमा युनाइटेड तयार हुन सक्ने बताइएको छ ।

पोग्बाका एजेन्ट मिन रेउलाले पनि त्यो चर्चालाई अस्वीकार गरेनन् । उनले भने, ‘पोग्बा जिनेदिन जिदानसँग खेल्न चाहन्छन् ।’ जिदान पनि पोग्बा प्रति सकारात्मक रहदै आएका छन् । तर रियलले भने मुख्यत फरवार्ड केलियन एमबाप्पले वा इर्लिङ हालान्डमध्ये एकलाई लिनेमा जोड दिइरहेको छ । पोग्बाले भने रियलबाट खेल्ने आफ्नो सपना रहेको पटक पटक बताइएका छन् ।

‘रियलबाट खेल्ने हरेक खेलाडीको सपना हुन्छ,’ पोग्बाले केही अघि भनेका थिए, ‘यदि जिदानेले चाहे भने हुन सनसक्छ । अन्य खेलाडीको जस्तो रियलबाट खेल्ने सपना मेरो पनि छ ।’ युनाइटेडका लागि १ सय ६७ खेल खेलेका पोग्बाले ३३ गोल गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गर्न जाँदा के गर्न पाइदैन ?