दाङ र कर्णाली अलग हुन सक्दैन : मुख्यमन्त्री शाही

तुलसीपुर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेश र दाङको सम्बन्ध पारिवारीक जस्तै भएको बताएका छन् । भौगोलिक, सांस्कृतिक र भावनात्मक रुपमा कर्णाली र दाङ एउटै भएकाले एक–अर्कासंग अलग हुन नसक्ने बताए ।

तुलसीपुर उपमहानगरपालिकामा भएको छलफलमा मुख्यमन्त्री शाहीले कर्णालीे प्रदेशको बजार दाङ भएकाले दुई प्रदेशलाई सडक संजालले जोड्न अत्यावश्यक रहेको बताए । केन्द्रकै राजधानी बनाउनका लागि उपयुक्त मानिएको दाङ उपत्यकामा छेउँमा भएपनि प्रदेश राजधानी आएको बताउँदै विकासका लागि संगै मिलेर बढ्नु पर्ने बताए ।

रोड कनेक्टीभिटीलाई उच्च प्रथामिकता दिएर तुलसीपुरदेखि कालीमाटी हुँदै सुर्खेत जोड्ने सडक खण्डलाई विस्तार गर्नुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले कर्णालीमा उत्पादन भएका कृषीउपज दाङ र दाङमा उत्पादन भएका कर्णालीमा पु¥याएर आर्थिक समृद्धिको ढोका खोल्न सकिने बताए ।

‘भारतबाट आउने फलफुल र तरकारीलाई बलग गर्नुपर्छ, ’मुख्यमन्त्री शाहीले भने–‘दाङमा उत्पादन भएका कृषी उपजलाई कर्णाली र कर्णालीमा उत्पादन भएका फलफुल तरकारीलाई दाङमा ल्याउन सकियो भने गाउँ–गाउँमा आर्थिक क्रान्ति हुन्छ ।’

त्यसैगरी कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक मेरुदण्डको रुपमा रहेको राप्ती राजमार्गको सडक स्तर उन्नतिका लागि आफूहरु लागि परेको बताए । कोरोनाका कारण गत बर्ष ९९ करोड रुपैयाँको बजेट काम नभएर फ्रिज भएको बताउँदै मन्त्री ज्वालाले यस बर्ष तुलसीपुर सल्यान सडकका लागि १२ करोड बजेट विनियोजन भएको बताए ।

‘अमिलीया–तुलसीपुर सडकको केहि काम भइसकेको छ ,’ मन्त्री ज्वालाले भने –‘त्यैपनि राप्ती राजमार्ग अन्तर्गत रहेको अमिलीया–तुलसीपुर र सल्यान– रुकुम सडक स्तर उन्नतिका लागि बहुबर्षीय योजनाका लागि केन्द्रमा पहल भइरहेको छ ।’

त्यसैगरी राष्ट्रिय सभा दस्य कोमल वलीले सल्यानको ढोकाको रुपमा रहेको तुलसीपुरको टरिगाउँ एयरपोर्टमा ४२ सिटे जहाजको नियमित उडानका लागि समन्वय गरिदिन आग्रह गरिन् । हाल कायम रहेको हवाई मैदानलाई ५ सय थप चौडाई गराउन आफुहरु पनि लागि परेको बताउँदै राष्ट्रिय सभा सदस्य ओलीले कर्णाली प्रदेशले पनि पहल गर्न आवश्यक रहेको बताइन् ।

सो अवसरमा तुलसीपुर उपमहागनरपालिका–३ का वडाध्यक्ष बिजय विकले तुलसीपुर–सल्यान सडकको बैकल्पिक व्यवस्था नभएकाले त्यसका लागि दोघरे नाउला प्रतापकोट–लुहाम सडकलाई विस्तार गर्नु पर्ने बताए । ‘तुलसीपुरबाट कपुरकोट पुग्दा, यता दोघरे नाउला प्रतापकोट सडकबाट लुहाम पुग्न सकिन्छ,’ अध्यक्ष विकले भने– ‘तुलसीपुर सल्यान सडक विस्तार गर्दा बैकल्पिक बाटो नहुँदा घन्टौ सवारी साधन जाममा पर्ने भएकाले यो सडकको विस्तार गर्न आवश्यक छ ।’

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कास्कीमा निर्वाचन सामग्री बुझेर कर्मचारी मतदानस्थलतर्फ