Saturday, September 25, 2021
Your Ads Here
Homeअर्थबजार पूँजीकरण झण्डै २३ खर्ब पुग्यो, नेप्सेमा उच्च अङ्कको वृद्धि

बजार पूँजीकरण झण्डै २३ खर्ब पुग्यो, नेप्सेमा उच्च अङ्कको वृद्धि

,
sharethis

काठमाडाै‌ं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज पनि उच्च अङ्कले वृद्धि भएको छ । मङ्गलबार उच्च अङ्कले वृद्धि भएको नेप्से आज पनि झण्डै २९ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २८.८९ बिन्दुले उकालो लागेर एक हजार ७०७.६७ मा पुगेको छ ।

नेप्से लगातार उकालो लागेर आज नयाँ उचाई कायम गरेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ५.२३ बिन्दुले उकालो लागेर ३३५.६२ मा पुगेको छ । कूल १९५ कम्पनीको एक करोड २५ लाख २३ हजार ६५१ कित्ता शेयर रु चार अर्ब नौ करोड ९६ लाख चार हजार ७४२ मूल्यमा कारोबार भयो ।

नेप्से उकालो लाग्दै गएका कारण बजार पूँजीकरणमा सुधार आएको छ । आजको कारोबारका आधारमा बजार पूँजीकरण झण्डै रु २३ खर्ब बराबरको भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार पूँजीकरण रु २२ खर्ब ८८ अर्ब बराबरको भएको छ ।

कारोबार भएका कूल १२ उपसमूह मध्ये आज वित्त क्षेत्रको मात्रै शेयर ओरालो लागेको छ भने अन्य ११ उपसूहको शेयर उकालो लागेको छ । वित्त २.८६ बिन्दुले घट्दा बैंकिङ १४.८८, व्यापार १४९.८३, होटल ४७.३५, विकास बैंक २.९२, जलविद्युत् ४.३९, निर्जीबन बीमा ३३९.३२, उत्पादन २००ं.२१, अन्य ४९.६८, लघुवित्त ७.१४, जीवन बीमा ७.०३ र सामूहिक लगानी कोष ०.५५ बिन्दुले उकालो लागेको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   स्यानीटरी प्याडमा भन्सार महशुल बढाएको छैन : अर्थमन्त्रालय

कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २५ करोड ९० लाख २८ हजार ९३० बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु १८ करोड ८६ लाख ४० हजार ६९६, एनआइसि एशिया बैंक रु १५ करोड ६५ लाख ९० हजार ४२७, नागरिक लगानी कोष रु १५ करोड ४५ लाख १४ हजार , नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १५ करोड १५ लाख ७४ हजार २०२, नेपाल पुनरबीमा कम्पनी रु १५ करोड १० लाख ७१ ह्जार ४३२, शिवम् सिमेन्ट रु १४ करोड ८० लाख ८९ हजार ९८९, अपि पावर कम्पनी रु १२ करोड १५ लाख ३४ हजार २७८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा साल्ट टे«डिङ कर्पोरेशन १०, लक्ष्मी इक्विटी फण्ड ९.९९, नागरिक लगानी कोष ९.९८, विशाल बजार कम्पनी ९.९८, एनआइसि एशिया ग्रोथ फण्डका लगानीकर्ताले ९.९० प्रतिशतले कमाए । यस्तै, आइसिएफसी फाइनान्स ४.७८, सेन्ट्रल फाइनान्स २.८९, निर्धन उत्थान लघुवित्त २.४०, निर्धन उत्थान लघुवित्त २.४०, हिमालयन पावर पार्टनर २.१७ र कामना सेवा विकास बैंकका लगानीकर्ताले २.१५ प्रतिशतले गुमाए । रासस

तपाइको प्रतिक्रिया

(Visited 148 times, 1 visits today)

आजको समाचार

करिश्मादेखी शान्ता चाैधरी समेतले होम सेन्टरमै दिए कक्षा १२ को परीक्षा

काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ ।...

एमाले छाड्ने प्रभु साहकाे संकेत : क्रान्तिकारीहरुको ध्रुवीकरण हुँदैछ

  गौर । पूर्वमन्त्री प्रभु साहले देशलाई अग्रगामी निकास दिन क्रान्तिकारी ध्रुवीकरण भईरहेको बताएका छन् । आज रौतहटको ईशनाथ नगरपालिकाको औरैयामा स्थानीयसंग अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई...

विवादमा संगीत रोयल्टी संकलन समाजको नयाँ कार्यसमिति

काठमाडौं । संगीत क्षेत्रका १५ सय स्रष्टाहरूको रोयल्टी संकलन गरेर वितरण गर्ने जिम्मेवारी बोकेको संस्था ‘संगीत रोयल्टी संकलन समाज नेपाल’ यतिबेला आफैं विवादमा छ...

काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि...

कहिले पूरा होला सेती राजमार्ग ?

धनगढी । सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरेको राष्ट्रिय गौरव आयोजनाको सडक सेती राजमार्गले गति लिन सकेको छैन । दुईवटा कार्यालय स्थापना गरी...

साताका लोकप्रिय समाचार

‘देउन माया सुन्तला’

काठमाडौं । लोक शैलीको 'देउन माया सुन्तला' सार्वजनिक भएको छ। सार्वजनिक गीतमा चेतबहादुर बुढाथोकीको शब्द संगीत र सुनिता बुढा क्षेत्री र चेतबहादुर बुढाथोकीको स्वर...

बाजुरामा अनन्ते मेला सकियो, देउडा सकिएन

  बाजुरा । बाजुराबासीको मौलिक साँस्कृतिक पर्व अनन्ते मेला यहाँका स्थानीयले बडो महत्वका साथ मनाउने गरेका छन् । अनन्तेलाई दशै तिहार जस्तै उत्साह र उमंगका...

माओवादीलाई बास्कोटाको प्रश्न : हिजो बैंक लुटेको पैसा खै ?

  पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले माओवादीले यसअघि कमाएको अवैध सम्पत्तिलाई वैध बनाउन प्रतिस्थापन विधेयक ल्याएको आरोप लगाएका छन् । पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै...

विवादमा संगीत रोयल्टी संकलन समाजको नयाँ कार्यसमिति

काठमाडौं । संगीत क्षेत्रका १५ सय स्रष्टाहरूको रोयल्टी संकलन गरेर वितरण गर्ने जिम्मेवारी बोकेको संस्था ‘संगीत रोयल्टी संकलन समाज नेपाल’ यतिबेला आफैं विवादमा छ...

ट्रेन्डिङ

डक्टर र नर्स भगवान हुन् : अमिताभ बच्चन

मुम्बई । बलिउड अभिनेता अभिताभ बच्चन १९ दिनदेखी नानावटी अस्पतालमा छन् । कोरोना संक्रमण भएपछि १९ दिन अघि उनी अस्पताल भर्ना भएका हुन् ।...

सीमा नाकाको कडाइले तस्करलाई ऐंठन

वीरगन्ज । नेपाल भारत खुल्ला सीमाको फाइदा उठाउँदै बर्षौंदेखि अवैध कारोबारमा रमाउनेहरुलाई अहिले सीमामा कडाइ गरेपछि ऐंठन हुन थालेको छ । खुल्ला सीमाको फाइदा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)