माइकलको निर्देशनमा सरोज–आश्माको छमछमी

काठमाडौं । प्रताप दास र अस्मिता अधिकारीको स्वरमा नयाँ गीत ‘आऊ माया साथैमा…’को भिडियो रिलिज भएको छ ।
डान्सिङ शैलीमा तयार भएको यो गीतमा गंगा दुलालको शब्द तथा दर्जनांै म्युजिक भिडियो निर्देशन गरिसकेका माइकल चन्दले यस भिडियोको निर्देशन गरेका हुन् ।

माइकल यस गीतको भिडियोबाट केही आशावादी पनि देखिन्छन् । उनी भन्छन्, ‘गीत आफैंमा राम्रो थियो नै । सोहीअनुसार हामीले भिडियोमा निकै मिहिनेत गरेका छौं । आशा छ, भिडियोलाई दर्शकले मन पराउनुहुनेछ ।’

गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ । भिडियोमा सरोज र आश्माले धमकेदार नृत्य प्रस्तुत गरेका छन् । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पदान तथा कलर सिलन लम्सालले गरेका छन् । भिडियोमा माइकल सेट अप एन्ड डान्स एकेडेमीको करियोग्राफी रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरको २७ वटा वडाको मतगणना सकियो, माओवादी निल