उज्यालो पर्व अर्थात् तिहार आजबाट सुरु

काठमाडौं । उज्यालो पर्व अर्थात् तिहार आजबाट सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यम पञ्चक अर्थात् तिहार नेपालीको दोस्रो ठूलो चाड हो । बिहीबार बेलुकी यम दीपदान सुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।

साँझ त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको समितिले जनाएको छ । यस अवसरमा यमदीप दान गरे यम यातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । यसैगरी धन्वन्तरि जयन्ती र धनतेरस पर्व पनि शुक्रबार नै परेको छ । कात्तिक २९ गते शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । गाई, गोरु र म्ह पूजा कात्तिक ३० गते आइतबार गर्नुपर्ने शास्त्रीय वचन छ ।

मङ्सिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११ बजेर ३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ । मङ्सिर १ गते भाइटीकाकै दिन नेपाल संवत् ११४१ शुरु हुन्छ । नेवार समुदायका केही संस्थाले मङ्सिर २ गते किजा मनाउने निर्णय गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 468 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै, मेयरमा २८४५ अन्तर