काठमाडौं । देश रोइरहेको छ, बेथितीले सिमा नाघेको छ । राज्यसन्चालकलाई आफ्नै पार्टीको गुट उपगुट मिलाउदै ठिक्क छ । यहि परिबेशलाइ समेटेर एउटा गीत बजार मा आएको छ ‘लेउ खुकुरी लेउ’ यो गीतलाइ लोक गायक नवीन पौडेलले परिकल्पना गरेका छन् ।
बेथितिनै बेथिती छ सुध्रीने हो कहिले
पहिला बरु राम्रै थियो झन बिग्रीयो अहिले
कोहि भन्छन राजा आउ देश बचाउ
कोहि भन्छन दलहरुको मति सच्याउ
मत भन्छु यो देशलाइ कायापलट गरने धर्तीपुत्र आउ,
“लेउ खुकुरी लेउ जनता लेउ खुकुरी लेउ
भ्रष्टाचारि जतिलाइ पुर्याइदिउँ छेउ
गीतमा भनिए जस्तै देशमा कुशासन ब्यप्त छ । बालुवाटर स्थित ललिता निवास जग्गा प्रकरण, सत्तरीकरोड घुस काण्ड, ओम्नि काण्ड, सुन काण्ड, अपहरण, बलात्कार… यी र यस्तै काण्डै काण्डले जेलिएको शासन ब्यबस्था को बिरुद्द गायिएको गीत हो भन्छन् नवीन ।
यो गीतमा पौडेलकै शब्द सङ्गीत अनि स्वर रहेको छ । केशब बडुले एरेन्ज गरेको गीतको भिडियो बिष्णु भट्टराईले तयार गरेका छन् ।