Friday, January 15, 2021
Home बिचार नेपालीपनको समाजवाद !

नेपालीपनको समाजवाद !

सबै मिलेर परिश्रम गर्ने तथा उपभोग्य वस्तुमा साझा अधिकार स्थापित हुने मान्यतालाई सरल अर्थमा समाजवाद भनिन्छ । उत्पादनका साधनमा सामूहिक स्वामित्व स्थापना गर्दै ‘सबैलाई क्षमता र योग्यताअनुसारको काम र कामअनुसारको दाम दिनुपर्छ’ भन्ने नीतिमा माक्र्सवादी सिद्धान्तले पुँजीवादको अन्त्य चाहन्छ । अर्थात्, यसमा नेपाली बाम राजनीतिको एउटा प्रमुख नारा ‘जनताको बहुदलीय जनवाद’ को अर्थ गाँसिन पुग्छ । ‘जनवाद’ शब्दको अर्थ सामन्ती शासनको अन्त्य भएपछि स्थापित हुने जनतान्त्रिक राजनीतिक विचारमा आधारित दर्शन भन्ने हुन्छ ।

जनवादले श्रमजीवी वर्गको हितमा समानतावाद
(आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक आदि कुनै पनि क्षेत्रमा भेदभाव नभई समानता हुनुपर्ने मान्यता) को धारलाई प्रश्रय दिन्छ । यो एउटा राजनीतिक–सामाजिक सिद्धान्त हो । यसको अर्थ पुँजीवाद, सामन्तवादलगायतको एकाधिकारको अन्त्य गर्नु हो अनि भूमि सुधारका आधारमा जनताको स्तरोन्नति पनि गर्नु हो । तर, व्यक्तिलाई समूहमा स्थापित तुल्याएर राज्यको दायित्व नै साझा अर्थमा हुनुपर्छ भन्ने समाजवादी सिद्धान्तलाई हामी कति स्वीकार गर्न सक्छौं !

अब पुँजीवाद भनेको के हो त भन्ने प्रश्न उब्जिन्छ । नेपालको सन्दर्भमा पुँजीवादको अर्थ राजा र राणालाई विलासी, एकतन्त्री भनेर गाली गर्ने सिद्धान्तजस्तो मात्रै देखिन्छ । श्रम गरेर सम्पत्ति जोडेकालाई पनि पुँजीवादी भन्ने शैलीतिर हामी मोडिँदा हामीले हाम्रै परिवेश अनुकूल व्याख्या गर्नु आवश्यक छ । माथिल्लो जातले तल्लो जातलाई हेपिरहेको कुरा गरिरहँदा माथिल्लो जातका विपन्नका दशालाई छोड्नु पनि सन्तुलित व्याख्या हुँदैन किनकि जातकै आधारमा शोषक र शोषितको व्याख्या गर्ने हो भने धेरै क्षेत्री-बाहुनले पनि बनिबुतो गरेर दुःखले परिवार पाल्नु परिरहेको यथार्थ छ नै । नेपालमा यो भन्दा अलिक मास्तिर उक्लेर आजको तहमा रहेर व्याख्या गरिनु अपरिहार्य छ । यो विषय समाज–राजनीतिमा अलिक बढी ढल्कँदा धर्म राजनीति र अर्थ राजनीतिसँग मिसिएर देखा पर्छ । किनकि, हरेक इतिहासलाई सोही समयको परिवेश, परिस्थिति र बाध्यतामा आधारित भएर व्याख्या गरिनुपर्छ ।

विगतलाई दोषै मात्र देखाएर गाली गर्ने अनि आज पटक्कै सुध्रिन नसक्ने पद्धतिमा हामी सर्वहारा वर्गका सिद्धान्तलाई बोकेर नबुझ्नेका अघि ठूला कुरा गरिरहेका छौं । त्यागको अर्थ जेल, नेल र हिंसाको राजनीति मात्रै हो त † हुँदाहुँदा नेपाली प्रगतिवादी चिन्तक पनि समालोचनाभन्दा बढी समर्थनको एक किस्सामा लहसिनु पनि कतै पूर्वाग्रही र अल्पव्याख्या पद्धति पनि पटक्कै होइन !

समाजवाद र हामी
उत्पादनका लागि पुँजीको लगानीलाई प्रोत्साहन गर्ने तथा स्वतन्त्र बजार र प्रतिस्पर्धात्मक आर्थिक प्रणालीलाई पुँजीवादी मान्यताले प्रश्रय दिन्छ । दार्शनिक माक्र्सको विचारलाई हेर्ने हो भने आर्थिक कारोबार र उत्पादनका प्रमुख साधन तथा उत्पादित वस्तुमा पुँजीपतिको व्यक्तिगत स्वामित्व हुन्छ । यो मान्यताले श्रमभन्दा पनि पुँजीलाई सर्वाधिक महŒव दिन्छ । नेपाली समाज त्यो भन्दा फरक आदर्श समाजमा बाँचिरहेको सकारात्मक पक्षलाई भुल्न मिल्दैन । तथापि, नकारात्मक धारमा आपसी विभेदलाई प्रश्रय दिएर हुर्किएका वर्गीय असमानताको जडलाई उखेल्न त हिंसाभन्दा पनि प्रेमको ओखती दर्बिलो हुने देखिन्छ ।

विभेद वा असमान वितरणका कमजोरीका बीचमा पनि मानवतावाद (मानिसले मानिसप्रति गर्ने समताभाव, दया–करुणा तथा कल्याणकारी कार्य) को एक ठूलो हिस्सा राम्रोसँग हुर्केको थियो, जुन कुरालाई माक्र्सवादी व्याख्याभित्र मात्रै समेट्न सकिँदैन । विभेद, छुवाछुत, सती प्रथा, दास प्रथालगायतका कुसंस्कारको अन्त्यसँगै यदि नेपालमा शिक्षा र चेतनास्तरलाई बढावा दिने हो भने त्यहाँ नेपालीपनको विकास सम्भव हुन्छ । विकृतिले भिन्न तरिकाले प्रभुत्व जमाएर पुस्तान्तरण हुँदा नेपाली समाजको आदर्श भावसमेत विकृतिकै कित्तामा पर्न गयो । अतः निकै मै हुँ भन्नेले नेपाली समाजलाई व्याख्या गर्दै जाँदा उदारवाद (पुँजीवादी राजनीति र आफन्तप्रति अनुरागी), नस्लवाद (मानिसलाई फरकफरक नस्ल (समूह) मानेर हेरिने अर्थात्, नश्लमा उँच र नीचको घेरो बनाएर नीच भनिएकालाई सताइने एक नाजीवादी भन्ने सिद्धान्त), फासीवाद (व्यक्तिगत सम्पत्तिको प्रभुत्ववाद वा सर्वसत्तावाद) आदिको पश्चिमी सोचकै तहमा मात्र रहेर हेर्ने गरेको देखिन्छ । नेपाली समाजको मिहिन अर्थ–संस्कृति र बन्धुत्वमैत्री सामाजिकीकरणलाई भुल्न मिल्दैन । परिणामतः नेपाली समाजवादभित्रको ‘आदर्श मानवतावादी समतावाद’ लाई बिर्सेर गरिएको पश्चिमी पद्धतिको व्याख्यामा आज हामीले आफ्नोपनको अस्तित्वलाई कुल्चिरहेका त होइनौं ?

बहुजाति, बहुभाषी र बहुसांस्कृतिक समाजभित्रको एकतालाई बिर्सेर झुन्ड–झुन्डको राज्य प्रदान गर्ने नीतिचाहिँ भोटका लागि फालिएको कूटनीतिक अस्त्र मात्रै हो ।

पुँजीवादको अन्त्य समाजवाद हो भने समाजवादको पूर्ण विकसित अवस्थालाई साम्यवाद भनिन्छ । माक्र्सवादी सिद्धान्तमा पूर्ण मानवीय समानतायुक्त वर्गविहीन, शोषणविहीन र राज्यविहीन स्थितिको परिकल्पनालाई साम्यवादले समाजलाई चलाउन चाहन्छ । साम्यवादी मान्यतामा लोकतन्त्र, प्रजातन्त्र, पार्टी, नेताविहीन मान्यताले व्यक्तिवादको अन्त्य हुँदा वर्ग संघर्षको समेत अन्त्य हुन्छ भन्ने मान्यता छ । हाम्रो समाज र मुलुकले यो धारलाई कसरी ग्रहण गर्ला ? हाम्रा प्राज्ञिक अनुसन्धेय, व्यावहारिक नैतिक, मानवतावादी, सुरम्य शान्तिमय पद्धतिलाई समेत बिर्सिन खोजेर गल्ती गर्दै त छैनौं † के आजका सभ्य र शिक्षितका व्याख्याभित्र नेपालीपन पनि समावेश भएको छ त ? यो एउटा अहं सवाल हो †

यो पनि पढ्नुहोस   रेमिटेन्स वृद्धिले पलाएको आशा

‘हामीभित्रको हाम्रो’ कि ‘राम्रोभित्रको राम्रो’
माक्र्सवादी मान्यतालाई प्रश्रय दिएर नेपालमा कम्युनिस्ट शासन (कम्युनिज्मका अनुयायी) को जग बसाल्ने काम वि.सं. २००६ मा पुष्पलालद्वारा भयो । पार्टी उदाएको ६८ वर्षपछि बल्ल नेकपाले स्पष्ट बहुमत प्राप्त गर्ने सौभाग्य पाएको हो । अहिले भइरहेको विवादास्पद अवस्थालाई हेर्ने हो भने यो गरिमा जोगाउने आस्थाको धरोहरमा नराम्ररी खिया लागेको छ । यसमा सत्ताको बागडोर सम्हाल्नेको दोष हुनेछ किनकि अहिले पनि स्वार्थका लागि शक्ति र सत्ताको सिँगौरीमा होमिएको प्रस्ट छ । मौकामा चौका मार्न लम्कने उमेदवारको लामै लर्को देखिन्छ । अहिलेको सरकारले प्रदर्शन गरिरहेको व्यवहार अनि अर्कोतिरको जनआक्रोस र वितृष्णाको बाढी दुवै कुरालाई सल्टाउन सत्ताधारी नै जिम्मेवार हुनुपर्छ ।

माक्र्सको युरोपमुखी घोषणापत्रभित्र नेपालको माटो नमिल्नु अचम्म हुँदै होइन । वर्ग संघर्षद्वारा समानताका लागि रक्तपातलाई समेत स्वीकार गर्नुपर्छ भन्ने माक्र्सको विचार नेपाली भूमिका लागि कदापि स्वीकार्य होइन । हामी त क्रान्तिले भन्दा शान्तिले समानता र साम्यवादभन्दा मास्तिरको मानवतावादमा रम्न चाहने माटोमा हुर्केका छौं । सबाल्टर्नको अवधारणासम्मका लागि पनि हाम्रो समाजले शान्तिपूर्ण चैतन्यलाई अघि सारेर चाहेको परिवर्तन गराउन सक्छ । यस अवधारणाले मात्रै आवाजविहीनका आवाज बोल्न सक्छ, सदियौंदेखि पिछडिएकाहरूको दशालाई बोलिदिने बाटो खुला हुन सक्छ । आर्थिक, सामाजिक, भाषिक, राजनीतिक तहमा समेट्ने भन्दै गर्दा फेरि छोडिरहिएका भुइँमान्छेको आवाजलाई बुलन्द गर्न सक्छ ।

हाम्रा लागि त बुद्धको सिद्धान्तविपरीत रक्तपातपूर्ण क्रान्ति अफापसिद्ध हुनेछ र त्यो दिगो हुनेछैन । हो, जनताको मनमा शोषक र शोषितको व्याख्या गर्ने र सोच्ने बुद्धि माओवादी द्वन्द्वदेखि अलिक बढी नै अगाडि आयो । यो हत्या, हिंसा, विनाशले निम्त्याएको त्रास, वेदना, संवेदनहीनताको जर्जर अवस्थाभित्र पनि विकसित भएको एउटा सकारात्मक पाटो हो । यो एक हदमा चेतना स्तर वृद्धि गराउने झिनो इतिहासचाहिँ हो तर चेतनास्तर बढाउने मूल धार भनेको सूचना र सञ्चारलाई प्रविधिले बढावा दिने परिवेश नै बढी हो । अर्को तहसम्ममा पुगेपछि बहुजाति, बहुभाषी र बहुसांस्कृतिक समाजभित्रको एकतालाई बिर्सेर झुन्ड–झुन्डको राज्य प्रदान गर्ने नीतिचाहिँ भोटका लागि फालिएको कूटनीतिक अस्त्र मात्रै हो । यो सोचले नेपाली समाज अनुरूपको समाजवादी मान्यताभित्र विकसित हुनुपर्ने अपनत्वको स्तरलाई स्वार्थको झुन्डमा लगेर धकेलिदियो । तब ‘मानवतावादी समतावाद’ भन्दा तल झरेर एक किसिमको आन्तरिक कलह र दलदलभित्र ‘साम्प्रदायिक खेमा’ को जालो बुनियो । एक हदमा यो कूटनीति तत्कालीन माओवादीका महारथीलाई नै भारी हुन पुगेको देखिन्छ । यही जालोमा लगेर अल्झाइएका विचारमाथि विश्लेषण हुँदा संघीयताको अवधारणामा नै शंका उब्जन थालेको हो तर संघीयता राम्रो हुँदै गर्दा व्यवहार गलत भएको हो ।

नेपालका लागि समतावाद र समाजवादी मानवतावादको सिद्धान्तको प्रयोग मात्रै बढी सान्दर्भिक हुने देखिन्छ ।

अलिकति नेपाली राजनीतिको कोणबाट हेर्ने हो भने क्रान्तिको व्याख्यालाई व्यावहारिक रूप दिनुपर्ने व्यक्तित्वमा नै आन्तरिक खिचातानी प्रस्ट देखियो । आज त्यो सबल पार्टी नै धुजाधुजा भएर तितरवितर भएको छ । यो पदीय बाँडफाँटमा सत्ताको महत्तालाई बिर्सेको कारुणिक इतिहास हो । हालको राजनीतिक माहोलमा वाम संयोजनको विषय प्रस्ट छ । यसमा क्षमता र भविष्य हेरिएन बरु ६०–४० को भागबन्डा मिलनविन्दु बन्न पुग्यो । तन मिलेको देखिए पनि मन नमिलिइरहेकाले बाम राजनीतिको ध्रुवीकरण उही पूर्वमाओवादी र पूर्वएमालेकै कोणबाट, टाउके नेताको खातिरदारी गर्नेकै धारमा गएर ठोक्किएको छ । यसले न माओत्सेतुङको विचारलाई बुझ्छ न त एंगेल्सको मान्यतालाई नै । सिद्धान्त र व्यवहारमा देखिने फासलाले पारदर्शिता र गुणस्तरलाई क्षीण तुल्याइदिएको छ । अहिले न त माक्र्सको समाजवाद प्रस्ट छ न त जननेता मदन भण्डारीको जबजको सिद्धान्त नै । फलतः क्षमतावान्लाई पाखा लगाइयो र ‘हाम्रोभित्रको हाम्रो’ खोज्दा ‘राम्रोभित्रको राम्रो’ लाई गलहत्याएर पाखा लगाएको कुरा छर्लंग देखिन्छ ।

आखिर रक्तपातमुखी हतियारको क्रान्तिले देशको ठूलो जनधनको क्षति गराएपछि परिणाममा बाध्यकारी सहमति गराउने रहेछ । माओले त आफ्नो देश सुहाउँदो क्रान्ति गरे । कार्ल माक्र्सले युरोपेलीहरूको जागरणको एउटा क्रमलाई बोल्दै गर्दा अर्थात् फ्रान्सेली राज्य क्रान्तिको प्रभावले कमाउ धन्दामा लहसिएका मानिसका लागि भनेर आफ्नो विचार राखे । तथापि, क्रान्तिको निष्कर्ष पनि केवल शान्ति बाहेक अरू केही हुँदै होइन । क्रान्तिको बाटोबाट कदापि नेपालीपनको समाजवादमा झाँगिन सक्ने अमूल्य मानवतावाद सम्भव हुँदैन । ‘मानवतावाद’ नेपालीको आफ्नोपना हो जुन साम्यवादभन्दा निकै बलियो हुन्छ । अतः नेपालका लागि समतावाद र समाजवादी मानवतावादको सिद्धान्त मात्रै बढी प्रयोग सान्दर्भिक हुने देखिन्छ ।

(Visited 179 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजनीतिक आबद्धताको आरोपभित्रको राजनीति

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा उठेका प्रश्नका कारण माननीय न्यायाधीशले इजलास छाड्नुपर्ने अवस्था आयो । यो घटनाले अर्को गम्भीर प्रश्न खडा गरेको छ ।...

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

नयाँदिल्ली । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्ली पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुब्रह्मण्यम जयशङ्करबीच हैदरावाद हाउसमा आज...

शैक्षिक सत्र जेठसम्म लैजाने प्रस्ताव

काठमाडौं । कोभिड–१९ का कारण चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पु-याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत मसान्तभित्र पाठ्यक्रम पूरा...

रेमिटेन्स वृद्धिले पलाएको आशा

कोरोना महामारीले विश्व आक्रान्त हुँदा पनि चालू आर्थिक वर्षको मंसिरसम्म देशमा भित्रने रेमिट्यान्समा वृद्धि भइरहेको छ । यस वर्ष मात्र ४ खर्ब १६ अर्ब...

रोगको चपेटामा इलामका सुन्तला बगान

इलाम । इलाम नगरपालिका आठ महभिरका किसान उमेश महत आम्दानीको मुख्य स्रोत रहेको सुन्तलामा रोगले आक्रमण गरेपछि आउँदा वर्षमा वैकल्पिक खेती गर्ने कि भन्ने...

साताका लोकप्रिय समाचार

दाहाल-नेपाल समुह अखिलको जिल्ला कमिटी गठन

दाङ । नेकपा दाहाल -नेपाल समुह निकट अनेरास्ववियूले दाङमा जिल्ला कमिटी गठन गरेको छ । जंग रोकाको संयोजकत्वमा ६१ सदस्यीय जिल्ला कमिटी गठन गरेको...

सुजाताकाे प्रश्न : देउवा किन ओलीको पछि लाग्नु भाे ?

काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संसद पुनःस्थापना विना चुनाव गर्न खोजे रक्तपात हुने बताएकी छिन् । रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले...

राउटेको माघि : केटाकेटीलाई भूत प्रेत नलागोस् भन्दै चल्लाको बली

दैलेख । राउटे समुदायले माघे संक्रान्तिलाई महत्वका साथ मनाउने गरेका छन् । दक्षिण एशियाको एकमात्र घुमेन्त जाति राउटे समुदायले गैरराउटे झै चाडपर्व नमनाए पनि...

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन आज ( बिहीबार) परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत जाने भएका छन् । बिहीबार र शुक्रबार (१...

वीरगन्जबाट दुई बालक वेपत्ता

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ४ विर्ताबाट करिब २५ घण्टादेखि २ जना बालकहरु बेपत्ता भएका छन् । शनिबार बिहान करिब ११ बजे...

ट्रेन्डिङ

दुई हाकिमलाई भ्रष्टाचार अभियोग लागेपछि कटहरिया नगरपालिका हाकिम बिहिन

रौतहट । असारको अन्त्यमा बिकास निमार्ण तथा सेवाग्राहस्को भुक्तानीको चटारो परिरहेको बेलामा रौतहटको एक नगरपालिका हाकिम बिहिन बनेको छ । रौतहटको कटहरिया नगरपालिकाका प्रमुख...

तातोपानी नाका हुँदै स्वास्थ्य सामाग्री नेपाल आउँदै

सिन्धुपाल्चोक । चीनको बुहानबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभीड–१९) भाइरसपछि बन्द रहेको नेपाल–चीन बीचको प्रमुख व्यापारीक नाका तातोपानी भन्सार सञ्चालन गर्न दुवै...

चुनाब जितेपछि दोस्रो पटक गाउँ पुगेका मन्त्रीलाई सडकमै मागपत्र

जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई पश्चिम जाजरकोटका स्थानीयवासीले स्वागतसँगै सडकमै मागपत्र बुझाएका छन् । ...

विवादबीच जसपा कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक कात्तिक पहिलो हप्ता बस्ने भएको छ । विवादबीच बस्न लागेको कार्यकारिणी समितिको बैठकले महŒवपूर्ण...

घर–घरमै बसेर बनाइयो लघुचलचित्र बुहारी

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लकडाउन लागू गरेको एक महिना बित्यो । यसैबीच लकडाउनका समयमा सबै जनाले आआफ्नै घरबाट...

कालीकोटमा वडा अध्यक्ष रंगेहात पक्राउ

कालिकोट । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ का वडाध्यक्ष दलबहादुर विश्वकर्मालाई (प्रकाश) आपत्तीजनक अवस्थामा स्थानियले रंगेहात पक्राउ गरेका छन् । अत्याधिक मदिरा सेवन गरेका अध्यक्ष...

सांसद जयपुरी घर्तीले पठाइन् गृह जिल्लामा स्वास्थ्य सामाग्री

काठमाडौँ । सांसद जयपुरी घर्तीले स्वास्थ्यजन्य सामाग्रिीगृह जिल्ला रोल्पा पठाएकी छिन् । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति समेत रहेकी घर्तीले रोल्पाका लागि २...

हिजोबाट नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखियो : मणि थापा

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले हिजोबाट नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखिएको स्पष्ट पारेका छन्...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

गाेरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज गाेरखामा आकस्मिक अवतरण गरिएको छ । काठमाडाैँबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण...

भर्खरै

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

इतिहासकै ठूलो आइपीओमा पहिलो दिनमै पर्यो ३ करोड ७० लाख कित्ता आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा पहिलो दिनमै ३ करोड ७० लाख ६२ हजार ६७० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एक्ड क्लियरिङ...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

वृहत पूर्ण इजलासकाे माग अस्वीकृत, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै

काठमाडाैं ।  प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको शुक्रबार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग...

धेरै पढिएका

निर्वाचन प्रक्रिया रोकौं भन्दै आयोग पुगे दाहाल-नेपाल

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । सर्वोच्चमा मुद्धा विचाराधीन रहेकाले निर्वाचनको प्रक्रिया रोक्न माग गर्दै अध्यक्ष पुष्पकमल...

सेयरधनीलाई २ अर्ब २० करोड लाभांश बाँड्दै निगम

काठमाडौँ । नेपाल आयल निगम आफ्ना सेयरधनीलाई २ अर्ब २० करोड रुपैयाँ लाभांश बाँड्ने भएको छ । सेयरधनीलाई निगमको खुद नाफा रकमबाट चुक्ता पुँजीको...

दाहाल आज स्वदेश फर्कँदै

काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि मुम्बइ पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल आज स्वदेश फर्कँदै छन् । उनी गत सोमबार...

संसद पुनर्स्थापनाको कुरा गर्नेहरू भित्रभित्रै चुनावको तयारी गरिरहेका छन् : प्रभु साह

मलङ्वा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले संसद पुनर्स्थापनाको माग राखी आन्दोलन गरिरहेकाहरु पनि भित्रभित्रै चुनावको तयारीमा...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)