रोनाल्डो अर्का कीर्तिमानतर्फ

लिस्वन । जति उमेर ढल्कँदो छ, त्यति नै आधुनिक फुटबलका हस्ती क्रिस्टियानो रोनाल्डोको गोल गर्ने क्रम बढ्दो छ । यसको अर्थ ‘एज इज जस्ट अ नम्बर’ जस्तै भएको छ । इटालियन क्लब युभेन्ट्सका ३५ वर्षे फरवार्ड रोनाल्डोले गत शनिबार लाजियोविरुद्धको खेलमा चोट बोक्दै मैदान छाडेका थिए । त्यसैले यो साता हुने एक मैत्रीपूर्ण खेल र नेसन्स लिगका दुई खेलका लागि टोलीमा नसमेटिने हुन् कि भन्ने चासोको विषय बनेको थियो ।

तर, रोनाल्डोलाई राम्ररी बुझेका प्रशिक्षक फर्नान्डो सान्तोषले उनकै कप्तानीमा टोलीको घोषणा गरे । रोनाल्डोले खेल्नैमा शंका नै थियो । तर, एन्डोराविरुद्धको मैत्रीपूर्ण खेलमा रोनाल्डो दोस्रो हाफमा मैदान उत्रिए । गोल गर्न सफल भए । रोनाल्डो मैदान बाहिर रहँदासम्म पोर्चुगलले २–० को अग्रता लिएको थियो । रोनाल्डोको आगमनसँगै पोर्चुगलले खेल ७–० ले आफ्नो पक्षमा पार्न सफल भए । खेलको अन्त्यतिर गोल गर्दै उनी अन्तर्राष्ट्रिय गोलमा अर्काे कीर्तिमान नजिक पुगेका छन् ।

अन्तर्राष्ट्रिय गोल गर्नेमा दोस्रो स्थानमा रहेको रोनाल्डोले सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्नेको सूचीमा शीर्ष स्थानमा रहेका इरानका अली दाइलाई गोल नजिक पुगेका छन् । रोनाल्डोको १०२ तथा अली दाइको १०९ अन्तर्राष्ट्रिय गोल रहेको छ । यसको अर्थ रोनाल्डो अली दाइको कीर्तिमान बराबरी गर्नबाट ७ गोलले मात्रै पछि छ । रोनाल्डोको गत मसहना स्विडेनविरुद्ध २ गोल गर्दै १ सय गोलको आँकडा पार गरेका थिए ।

कोरोना पोजेटिभ र घुडाको समस्याको कारण रोनाल्डो झन्डै एक महिना मैदान बाहिर रहेका थिए । सोही कारण एन्डोराविरुद्ध बेन्चबाट खेल सुरुवात गरेको रोनाल्डोले ८५औं मिनेटमा टोलीका लागि छैटांै गोल गरेका थिए । यसै साता पोर्चुगलले नेसन्स लिगको पाँचौं र अन्तिम राउन्डमा फ्रान्स र क्रोएसियासँग प्रतिस्पर्धा गर्दै छ । लिग ‘ए’ ३ मा पोर्चुगल शीर्ष स्थानमा रहेको छ । समान १० अंक नै रहे पनि फ्रान्स दोस्रो तथा ३ अंक जोडेर क्रोएसिया तेस्रो स्थानमा छ । स्विडेनले अंकको खाता खोल्न सकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 610 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शिक्षक आन्दोलनले शिक्षालाई ठुलो क्षति पुर्‍याउँछ: कांग्रेस महामन्त्री थापा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
१२ स्थानीय तहको मतपरिणाम सार्वजनिक (सूचीसहित)