नवौं बृहत् राष्ट्रिय खेलकुद समयमै नहुने

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सुनारले कोभिड–१९ का कारण नवौं बृहत् राष्ट्रिय खेलकुद निर्धारित समयमै नहुने बताएका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)को ११औं वार्षिक साधारणसभालाई भर्चुअलमार्फत बिहीबार सम्बोधन गर्दै मन्त्री विश्वकर्माले गण्डकी प्रदेशमा आगमी फागुनमा हुने नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमै नहुने बताएका हुन् । कोभिडले विश्व नै प्रभावित भइरहेको बेला नेपालमा पनि ठूलो असर गरेको छ । ‘कोभिड महामारी नभएको भए यतिबेला हामी पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदको तयारीमा हुने थियौं ।

तर त्यो अहिलेको अवस्थामा सम्भव हुन सकेको छैन,’ मन्त्री विश्वकर्माले भने, ‘सरकारले नेपाली खेलकुद जीवनलाई सामान्यीकरणतर्फ अघि बढाउन निर्णय गरेको छ । जोखिम तथा सबै चुनौतीका बाबजुद पनि खेलकुद अघि बढाउनु पर्नेछ । अब छिट्टै नै नेपाली खेलकुद गतिविधि बढ्दै जानेछ ।’

यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवालले टोकियो ओलम्पिकका लागि राखेपले आफ्नो तयारी सुरु गरिसकेको बताउँदै सातवटै प्रदेशमा खेलकुदलाई सूचारु गर्न राखेपले सोचसमेत बनाइसकेको जिकिर गरे ।

नेपाल ओलम्पिक कमिटीका मानार्थ अध्यक्ष रुक्म शमशेर राणा, मानार्थ अध्यक्ष धु्रवबहादुर प्रधान, पूर्व खेलकुदमन्त्री शरदसिंह भण्डारी, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी, ओलम्पियन दीपक विष्ट, एनओसीका उपाध्यक्ष चतुरानन्दराज वैद्य, महासचिव निलेन्द्रराज श्रेष्ठले नेपालको ओलम्पिक अभियानलाई अगाडि बढाउन एक जुट हुँदै अगाडि बढ्नुको विकल्प नरहेको धारणा राख्दै स्वास्थ्यका मापदण्ड अपनाउँदै खेलकुद क्षेत्रलाई सुचारु गर्नेमा अरू विकल्प नभएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 114 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी