Sunday, June 13, 2021
Home भर्खरै मन्त्रिपरिषदमै अड्कियो प्रहरी समायोजन प्रस्ताव

मन्त्रिपरिषदमै अड्कियो प्रहरी समायोजन प्रस्ताव

,

काठमाडौैं । प्रहरी समायोजनको खाकासहित गृह मन्त्रालयले तयार गरी पठाएको प्रहरी समायोजनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर अड्किएको छ । संघ र प्रदेशमा अधिकार बाँडफाँट, कुन प्रदेशमा कति प्रहरी रहने, प्रहरी संरचना प्रदेशमा कस्तो हुने, कहाँ कुन शाखा रहने र त्यहाँ कति प्रहरी रहने भन्नेसहित प्रहरी समायोजनबारे स्पष्ट खाका मन्त्रिपरिषद्बाट पास भएर आएपछि मात्र प्रस्ट हुनेछ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले गृहले समायोजन प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको र त्यहाँबाट पास भएर आएपछि कार्यान्वयनमा लगिने बताए ।

‘गृह मन्त्रालयले प्रहरी समायोजन प्रस्ताव मन्त्रिपरिषद्मा पठाइसकेको छ, पास भएर आएपछि कहाँ कसरी समायोजन हुने भन्ने स्पष्ट होला ? कहाँ कति प्रहरी रहने र कहाँ कुन शाखा हुने पास भएर आएपछि तय हुन्छ,’ गृह प्रवक्ता बुढाले राजधानीसँग भने ।

गृहले साउनमा तयार गरी भदौ पहिलो साता पठाएको प्रस्तावको खाकामा समायोजनका लागि ज्येष्ठता, गृहजिल्ला, इच्छुक संख्या र एक वर्षभन्दा बढी सो प्रदेशमा काम गरेकोसहित ६ आधारमा समायोजन हुने उल्लेख छ ।

गृहले तयार गरेको प्रहरी समायोजन खाकाअनुसार समायोजनमा जाँदा सबैभन्दा धेरै प्रहरी प्रदेश १ मा र सबैभन्दा कम संख्या कर्णालीमा प्रस्ताव छ ।

– सबैभन्दा बढी प्रहरी प्रदेश १ मा सिफारिस
– सबैभन्दा कम कर्णाली प्रदेशमा

यस्तै, केन्द्रमा २४ हजार ४ सय दरबन्दी रहनेछ । प्रदेश १ र कर्णाली प्रदेशमा भने समायोजन हुँदा हाल रहेका दरबन्दीसमेत कटौती हुने गृहको प्रस्ताव छ ।

स्रोतका अनुसार प्रदेश १ मा १० हजार ७ सय १७ प्रहरी रहने प्रस्ताव छ । हाल भने प्रदेश १ मा ११ हजार ६ सय ९९ प्रहरीको दरबन्दी छ । समायोजन हुँदा त्यहाँ संख्या घट्नेछ ।

यस्तै, प्रदेश २ मा ९ हजार १ सय ५२, बाग्मती प्रदेश (उपत्यकाबाहेक) मा ७ हजार ७ सय २७, गण्डकीमा ६ हजार ७ सय ४५, प्रदेश ५ मा ९ हजार ४ सय ४३, कर्णाली प्रदेशमा ५ हजार ४ सय ५८ प्रहरी संख्या रहनेछ । हाल कर्णाली प्रदेशमा ६ हजार १ सय ११ जनाको दरबन्दी छ । यस्तै, सुदूरपश्चिममा ५ हजार ९ सय १ प्रहरीको दरबन्दी प्रस्तावित छ । हाल नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५ सय ४२ छ ।

उपत्यका प्रहरी केन्द्र मातहतकी प्रदेश मातहत भन्ने विषय भने टुंगिसकेको छ । केही समयअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश प्रमाणीकरण गरेसँगै सो विवाद टुंगिएको थियो । सो अध्यादेशमा उपत्यका प्रहरीलाई संघ मातहत राख्ने व्यवस्था गरिएको छ ।

गत १४ साउनमा प्रधानमन्त्री केपी ओली र सातै प्रदेशका गृहमन्त्रीहरूबीच उपत्यका प्रहरीलाई केन्द्र मातहत राख्ने विषयमा सहमति जुटेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

राष्ट्रपतिद्वारा जारी अध्यादेशमा उपत्यका प्रहरी केन्द्र मातहत नै रहने व्यवस्था गरिएको हो । यस्तै अध्यादेश जारी भएपछि अब प्रदेशमा प्रहरीलाई समायोजन गर्ने बाटोसमेत खुलेको छ ।

संघ र प्रदेश प्रहरीबीचको अधिकार बाँडफाँट गर्ने सम्बन्धमा २०७६ मा बनेको ऐनमा भने उपत्यकालाई प्रदेश–३ अन्तर्गत राख्ने निर्णय भएपछि विवाद बढेको थियो ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको सुरक्षा व्यवस्था हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीले हेर्दै आइरहेको छ । अब सो प्रहरी कार्यालयको नाम ‘संघीय राजधानी प्रहरी कार्यालय’ हुनेछ । त्यसको नेतृत्व भने डीआईजीले नै गर्नेछन् ।

यसैगरी, उपत्यकामा ठूला अपराधजन्य घटना हेर्दै आइरहेको प्रहरीको एकाइ अपराध अनुसन्धान महाशाखा पनि केन्द्र मातहत नै हुनेछ । सो महाशाखाको नामसमेत अब ‘संघीय राजधानी अपराध महाशाखा’ हुनेछ ।

यस्तै, महानगरीय प्रहरी परिसरको अवधारणामा रहेको जिल्ला प्रहरी कार्यालयको नामसमेत परिवर्तन हुनेछ भने वृत्तहरूको पनि नयाँ स्वरूपमा नामकरण हुनेछन् ।

संशोधित अध्यादेशले प्रहरी उपरीक्षक (एसपी)सम्मको सरुवा अधिकार प्रदेश सरकारलाई दिएको छ । अहिले धेरैजसो जिल्लाको नेतृत्व जिल्लामा प्रहरी उपरीक्षकले नै गर्दै आइरहेका छन । यो अध्यादेशअनुसार अब जिल्लाको नेतृत्वको सरुवा प्रदेशकै निर्णयअनुसार प्रदेश क्षेत्रभित्र हुनेछ । यसअघि प्रदेशलाई डीआईजीसम्मको सरुवा अधिकार माग भएको थियो । प्रदेश प्रहरीको नेतृत्व भने डीआईजीले गर्नेछन् ।

गृहले मन्त्रिपरिषद्मा पठाएको समायोजन प्रतिवेदनअुनसार प्रदेशमा रहेका ट्राफिक प्रहरी कार्यालय पनि केन्द्र मातहत नै रहनेछन् । हाल प्रदेशमा एसपीको नेतृत्वमा ट्राफिक प्रहरी छ । जिल्लास्थित ट्राफिक कार्यालयहरू भने प्रदेश प्रहरीकै मातहत रहनेछन् ।

(Visited 149 times, 1 visits today)
Loading comments...

आजको समाचार

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

साताका लोकप्रिय समाचार

धरहराका कामदारसँग मनाए राजेशले जन्मदिन

काठमाडौं । हरेकपटक केहीकेही फरक काम गरेर आफ्नो जन्म दिन मनाउने अभिनेता राजश हमाल बिहीबार आफ्नो जन्मदिनको अवसर पारेर काठमाडौंको सुन्धारमा रहेको धरहरा चढे...

मुलुकको हितका लागि सत्तारूढ दलको एकता आवश्यक

सत्तारूढ दल नेकपा एमालेमा देखिँदै आएको विवाद र संकट मथ्थर भई पार्टी एकजुट हुन सकेमा त्यो समग्र मुलुककै हितमा हुनेछ । राजनीतिक दलहरू लोकतान्त्रिक...

मुख्यमन्त्रीलाई बधाई दिँदै भीम रावलले भने ‘विधि पद्दति मिच्नेहरुले शिक्षा लिने कि ?’

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेशमा विश्वासको मत लिन सफल भएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई दिएका छन्। ‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत...

भारतीय सिमा सुरक्षा बल ‘एसएसबी’को एकल दादागिरी

  महेन्द्रनगर । कञ्चनपुरमा झण्डै डेढ वर्षदेखि हुलाकी सडक निर्माणको काम भारतीय सिमा सुरक्षा बल (एसएसबी) को अवरोधका कारण प्रभावित भएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकाको...

‘ओलीकाे प्रस्तावमा इमानदारिता देखिएन’

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ट नेता माधवकुमार नेपाल समूहले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा ‘ इमानदारिता नदेखिएको’ आरोप लगाएको...

ट्रेन्डिङ

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् । यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ...

श्रेष्ठ पहिलो महिला महानिर्देशक नियुक्त

काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागले पहिलो महिला महानिर्देशक पाएको छ । करिब पाँच दशक लामो इतिहास बोकेको विभागमा खानेपानीमन्त्री बीना मगरले महिला...

निर्दयी आमा : तीन वर्षे छोरालाई झुण्ड्याएर मारेपछि भीरबाट हामफालिन्

दैलेख । दैलेखको डुङगेश्वर गाँउपालिकामा आमाले ३ बर्षिया छोराको हत्या गरेर आफुले आत्महत्या प्रयास गरेकी छन् । डुङगेश्वर गाँउपालिका–३ लेक्चा थिरबहादुर थापा मगरकी २९वर्षिय...

जग्गा कित्ताकाट सम्बन्धी निर्णय तत्काल बदर गर्न किसान महासंघको माग

काठमाडौं । सत्तारुढ दल नेकपा निकट अखिल नेपाल किसान महासंघले नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले गरेको जग्गा कित्ताकाट सम्वन्धी निर्णय...

५४ बर्षीय हजुरबुवाबाट ८ बर्षीया नातिनी बलात्कृत

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले नातिनी बलात्कार गर्ने हजुरबुवालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका– १३ का एक ५४ बर्षीय हजुरबालाई आफ्नै...

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

एकै थलोमा १० देशका लोकनृत्य

काठमाडौं । यतिबेला नेपालमा विभिन्न देशका कलाकार आफ्ना लोकनृत्य प्रस्तुत गर्न व्यस्त छन् । एभरेस्ट नेपाल कल्चरल गु्रपको अगुवाइमा शनिबारबाट सुरु भएको १०औं संस्करणको...

काठमाडौँ उपत्यकामा थपिए १०३८ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।...

अलिकति नैतिकता छ भने केपी ओलीले राजीनामा दिनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपाका दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन’ पर्ने बताएका छन् । ‘यदी तपाईंमा अलिकति पनि लाज...

गण्डकी प्रदेशमा २७ जना डेङ्गु सङ्क्रमित

कास्की । गण्डकी प्रदेशका छ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका बिरामी भेटिएका छन् । कोरोना भाइरसको जोखिमका बीच डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमणसमेत...

दुई पक्षको नक्कली फेसबुक बनाएर चरित्रहत्या

काठमाडौँ । एक व्यक्तिले अनलाइनको आडमा दुवै पक्षको नक्कली फेसबुक बनाएर आफैँले च्याट गरी त्यसको स्क्रिनसर्ट प्रयोग गरेर मानिसको चरित्र हत्या गर्ने गरेको खुल्न...

ग्रान्ड सिंगिङ आइडलमा सुमिका र मोनिका उत्कृष्ट

काठमाडौं । गायन प्रतियोगिता ‘ग्रान्ड सिंगिङ आइडल २०२० को विजेता घोषणा गरिएको छ । खुला गायन प्रतिस्पर्धामा सुमिका सदर विजेता भएकी छन् । यस्तै,...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)