तिहारमा सीमा नखोलिए छठपछि आन्दोलन

जनकपुरधाम । तिहारको बेलापनि सीमा नखोलिएकोमा नेपाल भारत खुल्ला सीमा संवाद समूहले कडा विरोध गरेको छ । समूहका संयोजक राजीब झाले एक प्रेस विज्ञपित प्रकाशित गरी नेपाल भारतको सम्बन्ध खराब गर्न सीमामा यत्रो दिनदेखि रोक लगाएको आरोप लगाएका छन् ।

समूहले केही दिन अघि जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीमा खोल्न ज्ञापनपत्र पठाएका थिए । सीमा बन्द हुँदा पनि नेपाल भारतका हजारौं व्यक्ति ओहोर दोहोर गरिरहेका छन् । भन्सार नजिक मात्रै सीमा रोकिएको छ अन्य ठाउँ भएर मानिसहरु ओहोर दोहोर गरिरहेका छन् । तस्कारीजन्य कार्य युद्धस्तरमा भइरहेको छ । ‘गलत कार्य रोक्न पनि सीमा खोल्नु पर्छ ।’ संयोजक झाले वताए । सीमामा अबरोधका कारण प्रदेश २ को पर्यटन क्षेत्र निकै प्रभावित भएको छ ।

छठ पछि यसै विषयलाई लिएर आन्दोलन गर्ने समूहले विज्ञप्ति मार्फत चेतावनी दिएका छन् । ‘सीमा क्षेत्रमा स्वास्थ्यकर्मी राखेर चेकजाँच बढाउनुस तर सीमा बन्द नगर्नुस्’ संयोजक झाको सल्लाह रहेको छ । चेकजाँच नहुने गरेका कारण कोरोनाको खतरा रहेको स्वास्थ्यकर्मीहरु बताउँछन ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पहिले जसलाई पराजित गरे, अहिले उसैबाट सपथ खाए