खडक खोला किनारमा नवजात शिशु राेएकाे आवाज सुनेपछि‍‍‍‍‍‍‍‍‍

सप्तरी, राजविराज । नवजात शिशु ज्युदै फालेको २ साता नवित्दै सप्तरीमा फेरी अर्को उस्तै घटना भएको छ । बोदेबर्साइन नगरपालिका ५ जाजर स्थित खडक खोला किनारमा शुक्रबार जिउँदै फालेको नवजात शिशु फेला परेको हो । नवजात शिशुलाई स्थानियबासी तथा प्रहरी समेतको सहयोगमा उद्दार गरी स्वास्थ्य चौकी बोदेबर्साइनमा प्रारम्भिक उपचार पछि सदरमुकाम राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार शुक्रबार बिहान स्थानियहरुले रुदै गरेको अवस्थामा नवजात शिशुलाई फेला परेपछि ईलाका प्रहरी कार्यालय बोदेबर्साइनमा खबर गरेका थिए । खडक खोला किनारमा फयालिएका ति नवजात शिशु (छोरा)को अवस्था अहिले सामान्य रहेको डिएसपी भुवनेश्वर साहले जानकारी दिए । यसअघि गत कार्तिक १४ गते पनि जिल्लाको छिन्नमस्ता गाउँपालिका स्थित नहर किनारमा जिउँदै फालिएका एक नवजात शिशु फेला परेको थियो । ति शिशुको पनि सोही अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. रंजित झाले जानकारी दिएका छन् ।

२ साता भित्रै जिल्लाका दुई स्थानमा २ जना नवजात शिशु वेवारिसे अवस्थामा फेला परेपछि यो अपराधले स्थानिय समाजमा सनसनि फैलिएको छ । स्थानियले ति दुवै घटना अवैध सम्बन्धको परिमाण भएको र लोकलाजका कारण यसरी नवजात शिशुलाई फयालिएको बताएका छन् । प्रहरीले दुवै नवजात शिशु कसले र किन फयालेको विषयमा गहिरो अनुसन्धान भईरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
‘हेभिवेट’ नेताको भिडन्तले सिन्धुपाल्चोकमा राेचक प्रतिस्पर्धा