Monday, July 26, 2021
HomeNot-to-be-missedबंगलदेशसँग पाँच वर्षपछि हार

बंगलदेशसँग पाँच वर्षपछि हार

,
sharethis

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग हार बेहोरेको छ । नेपाली टोली बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा २–० ले पराजित भएको हो । बंगलादेशसँग नेपालले ५ वर्षपछि हार बेहोरेको हो । नेपाल यसअघि २०१५ को डिसेम्बरमा भएको मैत्रीपूर्ण खेलमा बंगलादेशसँग पराजित भएको थियो । बंगबन्धु रंगशालामा नै भएको उक्त खेलमा नेपाल १–० ले हारेको थियो । त्यसयता नेपालले सन् २०१६ गोलरहित बराबरी तथा २०१८ को साफ च्याम्पियनसिपमा २–० को जित दर्ता गरेको थियो ।

बंगबन्धु रंगशालामा शुक्रबार साँझ धएको खेलको पहिलो हाफमा फितलो प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा प्रदर्शन सुधारिएको प्रदर्शन गरे पनि हार टार्न सकेन । पहिलो हाफमा १–० ले पछि परेको नेपाल दोस्रो हाफको सुरुवातमा खेलमा फर्कने सम्भावना देखाए पनि काउन्टर अट्याकमा गोल खाँदै हार बेहोर्न पुग्यो । झन्डै ८ महिनापछि मैदान फर्केका खेलाडीमा फिटनेसको समस्या पनि देखिएको थियो । एक वर्षपछि राष्ट्रिय टोली खेलमा फर्कंदा हारको नतिजा निस्कियो ।

खेलको सातौं मिनेटमा सुजल श्रेष्ठको कर्नरलाई नेपालले सदुपयोग गर्न सकेन । लगत्तै अर्कोतर्फ विश्वनाथ घोषको लामो थ्रो विकास खवासद्वारा क्लियर भएपनि रिबाउन्डमा आएको बललाई गोलरक्षक तथा कप्तान किरण चेम्जोङले बचाए । नवौं मिनेटमा नै बंगलादेशले अग्रता लियो । नविद जीवनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । बायाँ विङ्समा सादले दुई डिफेन्डरलाई छक्याउँदै दिएको लो क्रसलाई जीवनले पहिलो टचमा नै गोल गर्न सफल भए ।

१४औं मिनेटमा सुजलकै फ्रिकिकमा बंगलादेशी डिफेन्डरले हेडरमार्फत बल क्लियर गरे । १८औं मिनेटमा अन्जन विष्टले खोसेको बलमा नवयुगले पेनाल्टी क्षेत्रको ठीक बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । २१औं मिनेटमा विकास खवासले गोलको अवसरलाई क्लियर गरे । २३औं मिनेटमा विश्वनाथको लामो थ्रोमा टोपु बर्मनको फ्रिहेडर बाहिरिँदा बंगलादेश अग्रता दोब्बर पार्नबाट चुक्यो । २७औं मिनेटमा माणिक मोल्लाहले गरेको लामो दूरीको प्रहार गोलरक्षक किरणको हातमा लाग्दै क्रसबारमा ठोक्किन पुग्यो ।

३९औं मिनेटमा रविको क्रसमा नवयुगको प्रयास सफल हुन नसक्दा फुस्केको बलमा अन्जनको प्रहार पनि फितलो बन्यो । पहिलो हाफमा १–० ले पछि रहेको नेपालले दोस्रो हाफमा नवयुग श्रेष्ठको स्थानमा जर्जप्रिन्स कार्कीलाई मैदान प्रवेश गराएको थियो । दोस्रो हाफको सुरुवातमा नेपालले बलमा पकड जमाउँदै आक्रमणको केही प्रयास गरे पनि गोलरक्षकमाथि दबाब बढाउन सकेन । ५५औं मिनेटमा नेपालले खेल बराबरीमा ल्याउने अवसर सदुपयोग गर्न सकेन । जर्जप्रिन्सको क्रसमा रवि पासवानले नियन्त्रणमा लिएर गरेको डिफेन्डरलाई डिफ्लेक्ट हुँदै बाहिरियो । ७१औं मिनेटमा भरत खवासको प्रयास बाहिरिँदा नेपाल बराबरीबाट चुक्यो ।

७८ औं मिनेटमा विकास खवासको लामो थ्रोमा अनन्त तामाङको फ्लिक हेडर गोलरक्षक अनिसुर रहमानले मुस्किलले बचाए । ८०औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर बनायो । काउन्टर अट्याकमा महबुबुर रहमानले बल अघि बढाउँदै वान भर्सेस वान अवस्थामा गोल गर्न सफल रहे । मैत्रीपूर्ण सिरिजअन्तर्गत नेपालले अब दोस्रो खेल २ मंसिरमा हुनेछ ।

तीन खेलाडीको ‘डेब्यु’
बंगलादेशसँगको मैत्रीपूर्ण खेलबाट तीन खेलाडीले ‘डेब्यु’ गरेका छन् । डिफेन्डर विकास खवासले पहिलो रोजाइमा तथा मिडफिल्डर एरिक विष्ट र दर्शन गुरुङले सब्सिच्युट खेलाडीको रूपमा खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् ।
प्रशिक्षक बालगोपाल महर्जनले उमेर समूहको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका २० वर्षीय बिकासलाई बंगलादेशविरुद्ध आफ्नो पहिलो रोजाइमा समेट्दै सिनियर टोलीबाट डेब्यु दिएका हुन् ।

एन्फा एकेडेमीको उत्पादन बिकास २०७५ को ‘ए’ डिभिजन लिगमा उदियमान खेलाडी घोषित हँुदा गत सिजन पनि आर्मीका लागि लिग अवधिभर उत्कृष्ट प्रदर्शन गरेका थिए । बिकास आर्मीको यू–१८ टोली हुँदै आर्मीको सिनियर टोलीसम्म पुगेका विकास गत वर्ष नेपालले १३औं सागमा स्वर्णपदक जित्दा टोलीका सदस्य थिए । यस्तै एन्फा एकेडेमीकै उत्पादन मिडफिल्डर एरिक विष्टले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि बंगलादेशविरुद्ध खेलमा बेन्चबाट मैदान प्रवेश गर्दै डेब्यु गरेका छन् ।

बंगलादेशविरुद्ध खेलको ४२औं मिनेटमा विक्रम लामाको स्थान लिँदै एरिकले डेब्यु गरेका हुन् । एरिक राष्ट्रिय टोलीमा पहिलोपटकमै डेब्यु गर्न सफल रहे । एरिकले गत वर्ष न्युरोड टिमबाट ‘ए’ डिभिजन लिग खेलेका थिए । यस्तै युवा मिडफिल्डर दर्शन गुरुङले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् । ६८औं मिनेटमा रवि पासवानको स्थानमा मैदान प्रवेश गर्दै दर्शनले डेब्यु गरेका हुन् ।

उनी राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमै डेब्यु गर्न सफल भए । एन्फा एकेडेमीका उत्पादन दर्शनले गत सिजन न्युरोड टिम (एनआरटी) बाट ‘ए’ डिभिजन लिग खेल्दै उदीयमान खेलाडी घोषित भएका थिए ।

(Visited 125 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

साताका लोकप्रिय समाचार

सिंगापुर र जापान छाडेर चितवनमा ड्रागन खेती

  चितवन । एक भाई सिंगापुरको लाहुरे, अर्को भाई व्यवसायको क्रममा जापन । विदेशमै रामाउदै शुखसयलको जिन्दगी विताउन कुनै कुराको कमी थिएन । तर आफ्नै...

अध्यादेश मार्फत नियुक्त भएका पदाधिकारीलाई पदमुक्त गर्न माग

काठमाडाैं ।  पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको पालामा अध्यादेश जारी गरी संवैधानिक परिषद्को सिफारिसबाट नियुक्त भएका विभिन्न संवैधानिक निकायका पदाधिकारीलाई पदमुक्त गर्न माग गर्दै...

वरिष्ठ नेता नेपालसँग अध्यक्ष दाहाल र यादवको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसदमा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको छ । यसै...

रेलमा झेलैझेल

काठमाडौं । भारतबाट करीब वर्ष दिनअघि ल्याइएको रेल सञ्चालन टुंगो अझै लागेको छैन । सरकारी पक्षबाट रेल सञ्चालनका लागि पटक–पटक समय तोके पनि तयारीमा...

दुईहजार ९७७ सङ्क्रमित थपिए, १८ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २,९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १३ हजार ६९८ लाई...

ट्रेन्डिङ

थप ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको सङ्ख्या १३ हजार ५६४ पुग्यो

काठमाडौँ । नेपालमा थप ३१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा...

ओलीसँग मिलेर अघि बढ्न प्रचण्डलाई दबाब

काठमाडौं । नेकपामा पूर्वमाओवादीतर्फका आधा जति स्थायी कमिटी सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्न...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)