जनकपुर । धनुषामा एक व्यक्तिले आफ्नै श्रीमति र छोरीमाथि एसिड प्रहार गरेका छन् । जनकपुर उप-महानगरपालिका वडा नम्बर २० घर भई वडा नम्बर ७ जानकीनगरमा डेरा गरी बस्ने २१ बर्षीया आरती साह र उनकी छोरी तीन बर्षीया रिया साहमाथि सञ्जिव साहले शनिबार बिहान एसिड प्रहार गरेका हुन् ।
साह दम्पति पछिल्लो समय छुट्टाछुट्टै बस्दै आएका थिए । शनिबार बिहान पत्नीको कोठामा पुगेका २४ वर्षीय सञ्जिवले आमा छोरीमाथि एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए । आरतीको अनुहारसहित पेट र छाती लगायत शरीरको बिभिन्न ठाउँमा एसिड परेको छ । एसिडले उनको २० प्रतिशत शरीर जलेको र अवस्था गम्भीर रहेको छ । एसिड प्रहार गरी भागेका सञ्जिबलाई जनकपुर-४ संकटमोचन मावि नजिकबाट पक्राउ गरिएको प्रहरी निरीक्षक सिग्देलले बताए ।