Saturday, September 25, 2021
Your Ads Here
Homeभर्खरैप्रशासकीय अधिकृतलाई जिम्मेवारी र वित्तीय सुशासनमा बाँधिने

प्रशासकीय अधिकृतलाई जिम्मेवारी र वित्तीय सुशासनमा बाँधिने

स्थानीय तहलाई सुशासनयुक्त बनाउन अग्रगामी पहल

,
sharethis

काठमाडौं । देशभरका ७ सय ५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई सुशासनमा रही इमानदारितापूर्वक काम गर्नुपर्ने गरी जिम्मेवारी र वित्तीय सुशासनमा बाँधिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णयमार्फत ७ सय ५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले वित्तीय सुशासन कायम गर्ने, सेवाप्रवाह प्रभावकारी बनाउने, भ्रष्टाचार नगर्ने, सार्वजनिक जवाफदेहिता प्रवद्र्धन गर्नेलगायतका १८ बुँदे प्रतिबद्धता जनाएर मात्रै काम गर्नुपर्ने व्यवस्था गरेको छ । हाल कार्यरत रहेका सबै प्रशासकीय अधिकृत र नयाँ जाने प्रशासकीय अधिकृतले समेत १८ बुँदे प्रतिबद्धता जनाएर मात्रै स्थानीय तहमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने नयाँ व्यवस्था मन्त्रालयले गरेको हो ।

सुशासन कायम गर्ने र कर्मचारीलाई जिम्मेवार बनाउने उद्देश्यले मातहतका कर्मचारीलाई यस प्रकारको प्रतिबद्धता गराउने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक नयाँ मोडालिटी ल्याएको छ । मन्त्रालयका सचिव एकनारायण आर्यालले स्थानीय तहमा सुशासन कायम गरी सेवाप्रवाह प्रभावकारी बनाउने उद्देश्यका साथ यस प्रकारको व्यवस्था गरिएको जानकारी दिए । सचिव अर्यालले मन्त्रालयको यो अभियानले संघीयताको मर्मअनुसार कर्मचारीलाई थप जिम्मेवार र पारदर्शी बनाउन पनि उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा नियमावली २०६५, निजामती सेवा ऐन, २०४९ तथा नियमावली, २०५०, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ एवं नेपाल सरकारद्वारा समय समयमा जारी निर्देशन एवं परिपत्रमा उल्लिखित प्रावधानअनुसार यो व्यवस्था ल्याइएको मन्त्रालयले जनाएको छ ।

– अनिवार्य रूपमा वित्तीय सुशासन कायम राख्नुपर्ने
– आर्थिक कारोबार सूत्रमार्फत गर्नुपर्ने
– अन्तरसरकार समन्वय प्रभावकारी बनाउनुपर्ने
– भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न दिन नहुने
– कानुन तर्जुमाको कार्यलाई प्राथमिकता
– सार्वजनिक जवाफदेहिता प्रवद्र्धन गर्नुपर्ने
– राजनीतिप्रति तटस्थ र सेवाप्रति प्रतिबद्ध

मन्त्रायले ल्याएको नयाँ मोडालिटीअनुसारको सम्झौतामा प्रमुख प्रशासकीय अधिकृतले वित्तीय सुशासन कायम राख्न प्रचलित आर्थिक, वित्तीय एवं सार्वजनिक खरिद कानुन, नियम, निर्देशन परिपत्र र कार्यविधिहरूको पूर्ण पालना गर्नुका साथै प्राथमिकता साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुपर्ने भएको छ । यस्तै, अब प्रशासकीय अधिकृतले सबै आर्थिक कारोबार सूत्रमार्फत सञ्चालन गर्नुपर्नेछ । प्रमुख प्रशासकीय अधिकृतले राजनीतिप्रति तटस्थ र सेवाप्रति प्रतिबद्ध रहनुका साथै मन्त्रालय, स्थानीय जनप्रतिनिधि र स्थानीय नागरिकप्रति जिम्मेवार र जवाफदेही रही आफ्नो कार्यसम्पादन गर्नुपर्नेछ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   दरबारबाट श्रीपेच चोर्न खोज्ने सेनाको नियन्त्रणमा

सरकारले यस्तो किसिमको प्रावधान नेपालमा पहिलोपटक ल्याएको हो । यो प्रावधान प्रभावकारी रूपमा लागू भएमा जनताले सहज रूपमा गुणस्तरीय सेवा पाउन सक्ने र कर्मचारी स्वयंलाई पनि काम गर्न सहज हुने विश्वास गरिएको छ ।

सो प्रावधानअनुसार प्रमुख प्रशासकीय अधिकृतले विकास एवं सेवाप्रवाहका क्रियाकलापको समीक्ष सहितको चौमासिक र वार्षिक प्रतिवेदन नियमित रूपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयमा पेस गर्नुपर्नेछ । यसैगरी, कार्यालय व्यवस्थापनमा नयाँ प्रविधि, ज्ञान, सीपको उपयोग गरी अन्तरसरकार समन्वय र सहकार्यलाई प्रभावकारी र व्यवस्थित गर्नुपर्नेछ । सो प्रावधानअनुसार प्रमुख प्रशासकीय अधिकृतले वित्तीय सुशासन कायम राख्न प्रचलित आर्थिक, वित्तीय एवं सार्वजनिक खरिद कानुन, नियम, निर्देशन परिपत्र र कार्यविधिको पूर्ण पालना गर्नुका साथै प्राथमिकता साथ कार्यान्वयन गर्नुपर्नेछ ।

यसैगरी, प्रमुख प्रशासकीय अधिकृतले अब सम्पूर्ण आर्थिक कारोबार सूत्रमार्फत सञ्चालन गर्ने गरी प्रतिबद्धता जनाउनुपर्नेछ । उनीहरूले काम गर्दा भ्रष्टचार नगर्ने, अरूलाई पनि गर्न नदिने तथा शून्य बेरुजुको नारालाई अभियानका रूपमा कार्यान्वयन गर्नुपर्नेछ । यस्तै, प्रतिबद्धता पत्रअनुसार उनीहरूले स्थानीय तहमा आवश्यक कानुन तर्जुमाको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेछ ।

यस्तै, प्रमुख प्रशासकीय अधिकृतले स्थानीय तहका कर्मचारीलाई आधारभूत प्रशासकीय संस्कृति र कार्य प्रक्रिया सम्बन्धमा प्रशिक्षितसमेत गर्नुपर्नेछ । सार्वजनिक जवाफदेहिता प्रवर्धनका लागि सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण तथा सामाजिक परीक्षण जस्ता औजारहरू नियमित रूपमा उपयोगमा ल्याउनुपर्नेछ ।

यस्तै, प्रमुख प्रशासकीय अधिकृतले सुरक्षित र व्यवस्थित आवास विकासका लागि प्रचलित भवन संहिता तथा भवन निर्माण मापदण्डको पूर्ण पालना गराउनुपर्नेछ । प्रतिबद्धता पत्रअनुसार उनीहरूले सेवाप्रवाहलाई भरपर्दो, सुलभ, गुणस्तरीय र पहुँचयोग्य बनाई विकासका क्रियाकलापलाई प्रभावकारी रूपमा सञ्चालन गराउनुपर्नेछ । यसैगरी आम्दानी, खर्च, निर्माण भएका ऐन, नियम, कार्यविधि, लेखा परीक्षण प्रतिवेदन र वार्षिक प्रतिवेदन कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्नेछ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सरकार भन्छ : बजार अनुगमन सुरु भयो, उपभोक्ता भन्छन् ‘यो नौटंकी हो’

प्रतिबद्धताअनुसार बालमैत्री तथा वातावरणमैत्री स्थानीय शासनका प्रारूपलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने, स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधिका सूचकहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने, राजनीतिप्रति तटस्थ र सेवाप्रति प्रतिबद्ध रहनुपर्ने तथा स्थानीय नागरिकप्रति जिम्मेवार र जवाफदेही रही आफ्नो कार्यसम्पादन गर्नुपर्नेछ ।

तपाइको प्रतिक्रिया

(Visited 214 times, 1 visits today)

आजको समाचार

त्रिशूलीमा कार खस्याे, एकै परिवारका तीन बेपत्ता

  चितवन ।  इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका...

टेबलटेनिस टोली कतारतर्फ

काठमाडौं । २५ औं एसियन टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबल टेनिस टोली आज कतार प्रस्थान गर्दैछ । ६ खेलाडी, एक प्रशिक्षक र एक...

काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि...

गायिका इन्दिरा जाेशीकाे सुटुक्क इन्गेजमेन्ट

  काठमाडाैं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका...

साताका लोकप्रिय समाचार

सुदूरपहाडमा भूकम्पको धक्का

बैतडी ।  बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का...

पहिरो अवलोकनमा पुगेका बुटवलका मेयर स्थानियबाट कुटिए

बुटवल । बुटवलको ज्योतिनगरमा खसेको पहिरो अवलोकनका लागि पुगेका बुटवलका मेयर शिवराज सुवेदीमाथि सोमबार आक्रमण भएको छ । आक्रोशित स्थानीय गणेश पंगेनीले सुवेदीमाथि मुक्का हानेका...

कोलकातासँग मुम्बाई पराजित

आबुधावी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा मुम्बइले दिएको...

स्थायी समिति प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

  काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति...

काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि...

ट्रेन्डिङ

कोरोना अपडेटः विश्वभर ३ लाख २० हजारको मृत्यु, ४९ लाख संक्रमित

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४९ लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका...

अर्थमन्त्री र एमसीसी उपाध्यक्ष बीच भेटवार्ता

  काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको बिच भेटवार्ता भएको छ । शनिबार अर्थमन्त्री शर्मा र उपाध्यक्ष...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)